ठेकेदारकाे लापरवाहीले छ लेन सडक निर्माण सुस्त, उपमहानगरले लियो कम्पनीको गाडी नियन्त्रणमा
०८ वैशाख २०८०
•
३ मिनेट पाठ
ठेकेदारकाे लापरवाहीले छ लेन सडक निर्माण सुस्त, उपमहानगरले लियो कम्पनीको गाडी नियन्त्रणमा
छ लेन सडक विस्तार अन्तर्गत इटहरीको पानीपियादेखि धरानको तीनकुनेसम्म सुस्त सडक निर्माण भएपछि ठेकेकदार कम्पनीको कार्यालयमा पुगेको इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्व टोली। तस्बिर: अमर/नागरिक
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ। 




इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ।

यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम दिएको छ।  

विराटनगर–धरान सडक खण्ड अन्तर्गतको अब निर्माण बाँकी हुन तरहरादेखि धरानको सेउतीसम्म बाँकी छ। हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण सुस्त हुँदा इटहरी उपमहागनरपालिको ध्यानाकर्षण गराउँदा पनि चाँसो नदिएपछि मेयर हेमकर्ण पौडेल नेतृत्व टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएको हो। मेयर पौडेलका अनुसार छ लेन सडक विस्तार आयोजनाका प्रमुख र ठेकेदार कम्पनीलाईं पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा अब तीन दिन भित्र लिखित प्रतिबद्दता नआए थप प्रक्रिया अगाडि बढाइनेछ।

‘संघीय सरकार माताहातको काम भइरहेको हो। तर, इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारले तर्फबाट हदैसम्म लचकता अप्नाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि अब ठेकेदार कम्पनीलाईं लिखित प्रतिबद्दता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्दता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ।’

तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएकोको ५.३ मिटर सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पु¥याएको छ। जब कि दुईवटा सडक खण्ड एकैपटक ठेक्का लागेको थियो।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। ‘अब थपिएको समयमा पनि यही गतिमा काम नहुने निश्चित छ,’ मेयर पौडेलले भने, ‘छ लेन सडक विस्तार आयोजनाका निर्देशक दानकुमार शाक्यको भूमिका समेत प्रभावकारी नभएकाले गर्दा सडक विस्तार सुस्त भएको हो।’ मेयर पौडेलले छ लेन सडक विस्तारका आयोजना प्रमुख शाक्य ठेकेदार कम्पनीको कारिन्दाजस्तो भएकाले पनि समस्या भएको टिप्पणी गरे। ‘यदि काम प्रभावकारी ढंगले गर्न नसक्ने हो भने उहाँ (शाक्य) को सट्टा नयाँ आयोजना प्रमुख सरकारले सरुवा गर्नुपर्छ,’ उनले भने।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक  विस्तार हुन बाँकी छ। बाँकी रहेको दुहवी बजारमा पनि नगरपाकिाले नगरपालिकाको जग्गा ओगटेर बनाएका चालीसवटा घर भत्काएको छ। घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहवी बजार क्षेत्रमा पनि सहज भएको छ। इटहरीको चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिकाकै अगुवाईमा घर भत्काइएको थियो।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ। अहिलेकै गतिमा काम हुँदा तरहराको पानीपियादेखि धरानको सेउतीसम्म थपिएको समयमा सडक निर्माण पूरा नहुने निश्चित छ।  

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।
अर्को समाचार
इटहरीमा खोला मिचेर बनाएका संरचना भत्काउन सुरु
१३ चैत्र २०८०
•
२ मिनेट पाठ
इटहरीमा खोला मिचेर बनाएका संरचना भत्काउन सुरु
टेङ्ग्राखोला मिचेर बनाएका संरचना भत्काउँदै। तस्बिर: नागरिक
इटहरी उपमहानगरपालिकाले खाेला मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। उपमहानगरपालिकाले खोला मिचेर बनाइएका भौतिक संरचनाहरू भत्काउन सुरु गरेको हो।




उपमहानगरपालिकाले टेङ्ग्राखोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। खोलाको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न भौतिक संरचना भत्काउन थालिएको हो। मेयर पौडेलले पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको बताए।

टेङ्ग्राखोला, खेतीखोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनका आधारमा संरचना हटाउन सुरु गरिएको हो।

टेङ्ग्राले २०४४–०४५ सालताका वडा नं. २ र ३ का पूर्व र पश्चिम दुवै मानव बस्तीमा प्रवेश गर्दा बस्ती पुरै डुबाउँथ्यो। २०४४ सालतिर टेङ्ग्राले वडा नं. २ र ३ का बस्तीमा विनास गरेको थियो। टेङ्ग्राले २०५० सालमा अहिलेको इटहरी बजार डुबाएको थियो।

पछिल्लो समय इटहरी बजारभन्दा दक्षिणतर्फ खोला साँघुरो हुदैं गएकाले गर्दा त्यस खोलाको पानीओभरफ्लो हुँदा बजारसँगै बजारभन्दा दक्षिण क्षेत्रमा बर्षेनी विनास गर्ने गर्छ।

इटहरी वडा नं. ३ बाट उत्पत्ति सुरु भएको टेङ्ग्रालाई पछिल्लो समय चारैतिरबाट अतिक्रमण गरी साँघुरो हुँदा इटहरीका थुप्रै बस्ती उच्च जोखिममा छन्। इटहरी बजार विस्तार भएसँगै जग्गा महँगो भएपछि खोला आसपासका थुप्रैले जग्गा मिच्ने क्रम बढेर साँघुरो हुँदा ठूलो विनासलीला मच्चाउने खतरा छ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ।

इटहरी उपमहानगरपालिकाभित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। २०७८ सालको कार्तिकमा आएको वेमौसमी वर्षका कारण ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्राखोलाको सतहपुरि दिएको थियो। 

त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुबानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुटसम्म जमिनपाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन। तर, त्यस दिन इटहरीका मानव बस्तीमा बाढी प्रवेश गरेको थियो।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस