युवकलाई अपहरण गरी फिरौती माग गर्ने समूहका दुई जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अपहरणमा परेका युवकलाई भने सकुशल मुक्त गराएको छ। अन्य अपहरणकारी फरार भएका छन्।
शनिवार बिहान घुम्न जाने भन्दै रौतहटको परोहा नगरपालिका २ तेजापाकडका गणपत महतोका ३० वर्षीय छोरा हिरामन भन्ने रामकुमार महतोलाई केही मानिसले रौतहटबाट सर्लाही हुँदै भारतीय सीमावर्ती क्षेत्रमा पुर्याएको थियो। रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका खुशीलाल राय यादवका १८ वर्षीय छोरा दिपेश कुमार यादवले महतोलाई बोलाएको र त्यसपछि महतो अपहरणमा परेको प्रहरीको भनाइ छ।
अपहरणकारीले महतोको बुबा गणपत महतोलाई शनिवार राति पौने दश बजेतिर फोन गरी फिरौती मागेको बताएका थिए। अपहरित युवक महतोले पनि आफू अपहरणमा परेको र फिरौती मागिरहेको बताएपछि गणपत महतोले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढा मगरलाई फोन गरी घटनाको जानकारी गराएका थिए।
महतोले बताएको फोन नम्बरको लोकेसन ट्रयाक गरी रातभर प्रहरीले अपहरणमा परेका युवकको खोजी गरेका थिए। रातभर प्रहरीले अपहरणकारी र अपहरित व्यक्तिको खोजी गरे पनि फेला नपरेपछि विभिन्न साधनको प्रयोग गरेर आइतबार बिहान सर्लाहीको सीमावर्ती बलरा नगरपालिकाको भारतीय क्षेत्र बसबिटाकै आसपासबाट अपहरित युवकलाई उद्धार गर्न सफल भएको छ। प्रहरीले अपहरित युवक महतोलाई उद्धार गरेको र अपहरणकारी राजदेवी नगरपालिका ६ महनपुरका राम एकबाल कुर्मीका २१ वर्षीय छोरा राजाबाबु पटेललाई पनि नियन्त्रणमा लिएको छ। यसै गरी अपहरणमा संलग्न रहेको भन्दै अपहरित युवकका बुबाको भनाइ अनुसार माधवनारायण नगरपालिका ६ माधोपुरका दिपेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।
अपहरित युवकलाई सकुशल मुक्त गराउँदै अपहरणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाको विषयमा गहन अनुसन्धान भइरहेको एसपी बुढा मगरको भनाइ छ। घटनामा संलग्न अन्य पाँच छ जनाको समूह फरार रहेको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीको भनाइ छ।