नागरिक नायक–२०८० घोषणा हुँदै
११ वैशाख २०८०
•
२ मिनेट पाठ
नागरिक नायक–२०८० घोषणा हुँदै
नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वर्ष प्रवेशको अवसरमा सोमबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८० घोषणा गर्ने भएको छ।




मिडियाले स्थापनाको दोस्रो वर्षदेखि समाज परिवर्तनका लागि उल्लेखनिय भूमिका निर्वाह गरेका व्यक्ति र संघसंस्थालाई ‘नागरिक नायक’को उपाधिले सम्मान गर्दै आएको हो।  

मिडियाले आफ्नो १४ औँ वार्षिकोत्सव तथा १५ औं बर्ष प्रवेशका अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ती र संघसंस्था गरी ३ जनालाई सम्मान गर्न लागेको हो ।  

नागरिक नायक घोषणा कार्यक्रम साँझ ५ बजेबाट काठमाडौमा सुरु हुँदैछ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुँदै छन्। 

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि संघसंस्था र व्यक्तिहरुले गरिरहेको अथक मेहनत, प्रयास र सफलतालाई प्राथमिकतामा राखेर नायकहरुको पहिचान गर्दै आएको छ। त्यस्ता व्यक्ति र संघसंस्थालाई सम्मान गरेर व्यक्ति, संघसंसथा र समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ नागरिक नायक घोषणा गर्दै आइएको हो।  

समाजमा सक्रिय रहेका तर नचिनिएका कतिपय अनुसार र संघसंस्थाहरुलाई उत्खनन गर्ने र उनीहरुले कोरेका सफलताका कथाहरुलाई उजागर गर्दै समाजलाई उत्प्रेरित गराउने अभियानको रुपमा नागरिक नायक सम्मानलाई लिइएको छ।

समाज, समुदाय, देशका विभिन्न क्षेत्रमा क्रियासिल तथा सक्रिय व्यक्ति र संघसंस्थाहरुबाट छनौट भएका व्यक्तिहरुमध्येबाट तीन जनालाई नागरिक नायकको सम्मान दिइदै आइएको छ।

यसअघि डा. गोविन्द केसी,महाविर पुन,खैरुन निसा,यन्दिरा सापकोटा,डा. सन्दुक रुइत,रामेश्वरप्रसाद खनाल,रामप्रसाद श्रेष्ठ,फुलकुमारी योञ्जन श्रेष्ठ,पासाङ शेर्पा,धुर्मुस सुन्तली, सत्यमोहन जोशी,पुर्ण गौतम,पवन सिंधानिया श्रीजंग शाह,दिनेश तामाङ,विनोद शाही,मुस्कान खातुन,टेकु अस्पताल, रबिन्द्रलाल चौधरी,सत्यनारायण महतो(आलोक),विष्णु गौतम,छिटुप दोर्जि लामा नागरिक नायक भइसकेका छन्।
अर्को समाचार
डिएभी कलेजमा ‘क्रियटर्स च्याम्पियन’
०७ पौष २०८०
•
३ मिनेट पाठ
डिएभी कलेजमा ‘क्रियटर्स च्याम्पियन’
नेपाल रिपब्लिक मिडियाले शुक्रबार आयोजना गरेको ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रममा डिएभी कलेजका विद्यार्थी उत्साहजनक ढंगले सहभागी भएका छन्। मिडियाले विद्यार्थीलाई देश बनाउने सोचको विकास गर्न भन्दै ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको हो।




मिडियाले पछिल्लो समय युवाबाट देश बनाउने आइडिया लिने उद्देश्यसहित ‘म नागरिक म बनाउँछु नेपाल’ नारासहित सुरुवात गरेको अभियानमा विभिन्न कलेजका विद्यार्थी सरिक हुँदै आइरहेका छन्।

शुक्रबार डिएभी कलेजमा आयोजित कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले देश बनाउन सबै व्यक्तिले आआफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए।

‘देश बनाउनका लागि सबै नेपाल क्रिकेट टिमको क्याप्टेन नै बन्नुपर्छ भन्ने छैन। सबैले आआफ्नो ठाउँबाट देश बनाउनका लागि सक्रिय भएर लाग्नुपर्छ,’ उनले भने, ‘सबैले सकारात्मक सोचसहित अघि बढ्न सकेको खण्डमा मात्रै देशलाई सोचेअनुसारको बनाउन सकिन्छ।’

उनले एउटा व्यक्ति वा क्षेत्रबाट नभई सबै क्षेत्रबाट हातेमालो गरेर अघि बढे मात्रै मुलुक बनाउन सकिने बताउँदै उनले भने, ‘मैले देशका लागि एक दशकभन्दा धेरै समय क्रिकेट खेललाई सुम्पिएँ। दुई वर्षअघि मात्रै खेलाडीका रूपमा मैले सन्यास लिएँ। तर, म अहिले क्रिकेट खेलाडी नरहे पनि क्रिकेट व्यवस्थापकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छु।’

ज्योति ग्रुप तथा स्याकार ट्रेडिङ कम्पनीका निर्देशक सौरभ ज्योतिले युवा देशका भविष्य मात्रै नभएर वर्तमान पनि भएकाले उनीहरू नेतृत्वमा पुग्नुपर्ने बताए। ‘युवाहरू देशको भविष्य मात्रै होइनन्, उनीहरूले वर्तमान र भविष्यको नेतृत्व गर्ने क्षमता पनि राख्छन्। हामीले उपयुक्त वातावरण तयार पार्ने काम गर्नुपर्ने बेला भइसकेको छ।’

निर्देशक ज्योतिले कतिपयले अहिले नेपालमा केही नभएको भन्दै आइरहे पनि सो कुरा वास्तविक नभएको बताए।

‘अहिले पनि कसैकसैले नेपालमा केही नभएजस्तो गरिरहेका छन्। तर, विगत २० वर्षअघि र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ,’ उनले भने, ‘अहिले नेपालको पूर्वाधार, शिक्षा र अन्य क्षेत्रमा धेरै नै परिवर्तन आइसकेको छ।’ निर्देशक ज्योतिले नेपालमा उद्यमशीलताको भने अपेक्षाकृत विकास हुन नसकेको बताए।

नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीले पछिल्लो समय नेपालका युवाहरू बिदेसिने प्रवृत्ति बढिरहेकाले स्वदेशमा शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताइन्।

‘नेपालको युवा पुस्ता विदेश गएर मात्रै देशको समस्या हल हुने होइन,’ उनले भनिन्, ‘नेपालमा पनि विभिन्न खालका समस्या र अवसर छन्। तिनलाई सही ढंगले उपयोग गरेर अघि बढ्न आवश्यक भइसकेको छ।’

मिडियाले यसअघि ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम विराटनगर, बुटबल र काठमाडौंका एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, थेम्स, युनिग्लोब लगायतका कलेजमा कार्यक्रम गरिसकेको छ।मिडियाका अनुसार उत्कृष्ट भिडियो बनाउनेलाई नगद तीन लाख रूपैयाँसम्मको पुरस्कार व्यवस्थापन गरेको जनाएको छ। मिडियाका अनुसार देश कसरी बनाउने भन्ने विचारसहितको भिडियो पठाउँदा १६ देखि २६ वर्षमुनिका युवा तथा विद्यार्थी सहभागी हुन सक्नेछन्।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस