रिपब्लिक मिडियाको एनआरएम स्टारबाट ४ जना पुरस्कृत
११ वैशाख २०८०
•
१ मिनेट पाठ
रिपब्लिक मिडियाको एनआरएम स्टारबाट ४ जना पुरस्कृत
नेपाल रिपब्लिक मिडियाले एनआरएम स्टारका ४ जनालाई पुरस्कृत गरेको छ। 




मिडियाले आफ्नो १४ औँ वार्षिकोत्सव तथा १५ औं वर्ष प्रवेशका अवसरमा ४ जनालाई एनआरएम स्टारका रुपमा पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेहरुमा नागरिक दैनिकका राजनीतिक ब्युरोका संयोजक बालकृष्ण अधिकारी,राजनीतिक संवाददाता भाषा शर्मा,गण्डकी प्रदेश संयोजक सन्तोष पोखरेल र मार्केटिङ विभागका प्रतिक उपाध्याय रहेका छन्। 
अर्को समाचार
घलान, प्रजापति र देसाई २०८० का नागरिक नायक
१२ वैशाख २०८०
•
९ मिनेट पाठ
घलान, प्रजापति र देसाई २०८० का नागरिक नायक
नागरिक नायकत्रय लक्ष्मी घलान, सुनीलकुमार प्रजापति र मोन्टी देसाईसँग नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवाली। तस्बिर: नागरिक
नेपाल रिपब्लिक मिडिया प्रालिले सोमबार स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ। सोमबार काठमाडौंस्थित सोल्टी होटेलको मेघ मल्हार हलमा १५औं वर्षगाँठका अवसरमा आयोजित ‘नागरिक नायक २०८०’ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो।




समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। सोही समारोहमा नेपाल रिपब्लिक मिडियाले हरेक वर्षजस्तै यस वर्ष पनि वर्षगाँठका अवसरमा ‘नागरिक नायक’ सम्मान तीनजनालाई प्रदान गरेको छ।

सोमबार काठमाडौंस्थित सोल्टी होटेलको मेघ मल्हार हलमा १५औं वर्षगाँठका अवसरमा आयोजित ‘नागरिक नायक २०८०’ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
सम्मानित हुनेमा लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकार क्षेत्रमा काम गरिरहेको संस्था मितिनी नेपाल संस्थाकी संस्थापक लक्ष्मी घलान, भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई परेका छन्।

पुरस्कृत हुने लक्ष्मी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छिन्। लक्ष्मीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम र वकालत गर्दै आएकी छन्।

मकवानपुरको हेटौंडामा बुवा मानबहादुर घलान र आमा कमलाका जेठो सन्तानका रूपमा जन्मँदा लक्ष्मी महिलाका रूपमा जन्मिएकी थिइन्। उमेर बढ्दै जाँदा उनी पुरुषसँग आकर्षित हुनुको साटो महिलासँग नै आकर्षित हुने र सोहीअनुसार व्यवहार गर्न थालिन्। जुन कुरा परिवार र समाजले थाहा पाउँदै जाँदा उनले अपमान र तिरस्कार बेहोर्नुपरेको थियो।

पुरस्कृत हुने लक्ष्मी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छिन्। लक्ष्मीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि काम र वकालत गर्दै आएकी छन्।
यसै क्रममा लक्ष्मी एकजना महिला मीरा बज्राचार्यसँग नजिकिइन् र प्रेम सम्बन्धमा परिन्। त्यो कुरा परिवार र समाजले स्विकार्ने अवस्था थिएन। सोही विषयलाई लिएर दुई परिवारबीच विवाद चल्न थाल्यो। परिवारको दिक्दारी खप्न नसकेर मीराले विषसमेत सेवन गरेकी थिइन्। यद्यपि बिस्तारै सन्चो भयो।

त्यसपछि पनि परिवारमा तनाव बढ्दै गएपछि दुवैजना भागेर काठमाडौं आए। अहिले उनीहरू सम्बन्धमा बसेको २४ वर्ष भइसकेको छ। काठमाडौंमा पनि दुःखैदुःखमा दिन कटाउँदै गर्दा ब्लु डाइमन्ड सोसाइटीको सम्पर्कमा पुगेपछि उनीहरूले नेपालमा पहिलोपटक खुलेर समलिंगी जोडीका रूपमा पहिचान पाएका थिए।

त्यसै क्रममा नेपाली समुदायमा आफूजस्ता अरू पनि छन् भन्ने थाहा पाएपछि सन् २००४ मा लक्ष्मीले मितिनी सपोर्ट ग्रुप नामक संस्था खोलेर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकहितका लागि अभियान चलाउन थालेकी थिइन्। सन् २००६ मा मितिनी नेपाल स्थापना गरिन्। त्यसयता उनले अभियानलाई अझै द्रुत बनाइन्।

अहिले यो संस्थाले सातैवटा प्रदेशमा काम गर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रको समलिंगी महिला, द्वयलिंगी महिला र ट्रान्स जेन्डर (पारालिंगी) को क्षेत्रमा सो संस्थाले काम गर्दै आएको छ। मितिनी नेपालले यही क्षेत्रका नागरिकको हकहितका लागि नीतिगत रूपमा काम गर्छ, त्यस्तै शिक्षाको क्षेत्रमा काम गर्छ। अवसर नपाएका समुदायका व्यक्तिका लागि लड्ने संस्था मितिनी नेपाल बन्न पुगेको छ।

लक्ष्मीको यही संघर्षका आधारमा नेपाल रिपब्लिक मिडियाले उनलाई यसपटक नागरिक नायक २०८० ले सम्मानित गरेको हो। समारोहमा उनलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल रिपब्लिक मिडिया प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले नागरिक नायकका रूपमा सम्मान गरेका थिए।

त्यसै क्रममा नेपाली समुदायमा आफूजस्ता अरू पनि छन् भन्ने थाहा पाएपछि सन् २००४ मा लक्ष्मीले मितिनी सपोर्ट ग्रुप नामक संस्था खोलेर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकहितका लागि अभियान चलाउन थालेकी थिइन्।
सम्मान गर्नुअघि समारोहमै पूर्वसचिव तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले घलानसँग अन्तरसंवाद गरेका थिए। संवाद सुरू गर्नुपूर्व पोखरेलले आफूले २० वर्षअगाडि नै घलानलाई भेटेको बताउँदै त्यतिबेलाकी घलान र अहिलेकी घलानमा आकाशपातालको फरक पाइएको सुनाएका थिए। यस्तै लक्ष्मीले लैंगिक तथा यौनिक अल्पसंख्यकहरू अझै पनि राज्य र समाजबाट अपहेलित भइरहनुपरेको र राज्यसँग अझै पनि पहिचानका लागि संघर्षरत रहेको बताएकी थिइन्।

त्यसैगरी नागरिक नायकका रूपमा सम्मानित भएका भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। प्रजापतिले नगर प्रमुखका रूपमा पाँच वर्ष र त्यसपछि थप एक वर्ष काम गर्दा भक्तपुरजस्तो सानो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणको क्षेत्रमा नमुना काम भएका छन्।

संघीयताको मर्मअनुसार काम गर्दै उनले सीमित स्रोतसाधनका बाबुजद स्थानीय नागरिकसँग सहकार्य गर्दै विकास गर्न सकिन्छ भन्ने नमुना स्थापित गर्न उनी सफल भएका छन्। यसकारण नेपाल रिपब्लिक मिडियाले उनलाई नागरिक नायकका रूपमा सम्मानित गरेको हो।

प्रजापतिले नगर प्रमुखका रूपमा पाँच वर्ष र त्यसपछि थप एक वर्ष काम गर्दा भक्तपुरजस्तो सानो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणको क्षेत्रमा नमुना काम भएका छन्।
सम्मानित हुनुअघि नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलसँगको अन्तरसंवादमा नगर प्रमुख प्रजापतिले प्राप्त स्रोतसाधनलाई जनताका बीचमा लगेर पारदर्शी रूपमा काम गरेको बताएका थिए। समारोहमा मेयर प्रजापतिलाई एमालेका सांसद रघुजी पन्त र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले सम्मान गरेका थिए।

यस्तै नागरिक नायक २०८० का रूपमा सम्मानित भएका नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाई भारतीय नागरिक हुन्। नागरिक नायकबाट सम्मानित हुने उनी पहिलो विदेशी नागरिकसमेत बनेका छन्। तीन महिनाअघि देसाई पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका रूपमा नियुक्त भएर आउँदा नेपाली क्रिकेटको अवस्था नाजुक थियो।

लगातार हार, आन्तरिक विवाद, स्पट फिक्सिङ लगायत समस्याबाट गुज्रिरहेको नेपाली क्रिकेट चार वर्षअघि प्राप्त भएको ‘ओडिआई’ नै गुमाउने अवस्थामा पुगिसकेको थियो। ठिक त्यहीबेला नेपाली क्रिकेटको भाग्यरेखा एकाएक ‘चेन्ज’ भयो। लगातार हारिरहेको क्रिकेट टिमले लगातार जित्न थाल्यो। यसैक्रममा आइसिसी विश्वकप क्रिकेट डिभिजन टुअन्तर्गतका अन्तिम १२ मध्येका ११ खेल जित्दै नेपालले ओडिआई स्टाटस मात्र जोगाएन, सिधै विश्वकपको ग्लोबल क्वालिफायरमा जान पायो। यसलाई धेरैले ‘मोन्टी म्याजिक’ भन्ने गरेका छन्।

देसाईको आगमनपछि नेपाली क्रिकेट टिममा ऊर्जा, हौसला र खुसीसमेत फर्किएको छ। स्वयं उनी आफैंले ‘ह्याप्पी ड्रेसिङ रुम’ नामक फर्मुला लागु गरेर खेलाडीलाई एकताबद्ध गराएका छन्। त्यसैको फलस्वरूप नेपाली क्रिकेट टोली एकाएक परिवर्तन भएको स्वयं खेलाडीहरूले नै बताउने गरेका छन्। यही कर्म गरेका कारण नेपाल रिपब्लिक मिडियाले उनलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ। समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपाल रिपब्लिक मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले संयुक्त रूपमा उनलाई सम्मानित गरेका छन्।

लगातार हार, आन्तरिक विवाद, स्पट फिक्सिङ लगायत समस्याबाट गुज्रिरहेको नेपाली क्रिकेट चार वर्षअघि प्राप्त भएको ‘ओडिआई’ नै गुमाउने अवस्थामा पुगिसकेको थियो।
सम्मानित हुनुअघि सहजकर्ता सुरज गिरीसँगको अन्तरसंवादमा देसाईले नेपालले ब्याटिङमा पनि राम्रो गरिरहेको बताए।

यस्तै सन्दीप लामिछाने, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीको प्रदर्शनले आफूलाई प्रभावित पारेको उल्लेख गर्दै उनले रोहित पौडेलले उत्कृष्ट कप्तानी गरिरहेको बताए। ह्याप्पी ड्रेसिङ रुमको सूत्रबारे सोधिएको प्रश्नमा उनले भने, ‘नकारात्मक कुरालाई हटाएर हरेक खेलाडीको व्यक्तिगत व्यवहारलाई ख्याल गर्ने र समस्याको समाधान निकाल्ने, शारीरिक मात्र नभई खेलाडीको मानसिक स्वास्थ्यका बारेमा समेत मैले बुझेर काम गरेको छु।’

नेपालमा क्रिकेटका अत्यधिक क्रेज रहेको बताउँदै देसाईले क्रिकेट विकासका लागि संरचनागत विकास पनि जरुरी रहेको बताए।

चार जना ‘एनआरएम स्टार’बाट पुरस्कृत

नेपाल रिपब्लिक मिडियाले ‘एनआरएम स्टार’का रूपमा चारजना पत्रकार र कर्मचारीलाई पुरस्कृत गरेको छ। २०७९ मा सर्वोत्कृष्ट काम गर्ने चारजनालाई मिडियाको १५औं वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा नागरिक दैनिकका राजनीतिक ब्युरो प्रमुख बालकृष्ण अधिकारी, राजनीतिक ब्युरो संवाददाता भाषा शर्मा, नागरिक दैनिककै गण्डकी प्रदेश संयोजक सन्तोष पोखरेल र मार्केटिङ विभागका प्रतीक उपाध्याय रहेका छन्।

नेपाल रिपब्लिक मिडियाले ‘एनआरएम स्टार’का रूपमा चारजना पत्रकार र कर्मचारीलाई पुरस्कृत गरेको छ।
‘गेम चेन्जर’ लोकार्पण

समारोहका बीचमा नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष प्रकाशन गर्दै आइएको अंग्रेजी संस्करणको म्यागजिन ‘गेम चेन्जर’को पनि लोकार्पण गरिएको छ। गेम चेन्जरको यो छैटौं संस्करण हो। प्रधानमन्त्री पुष्पकमल दाहाल, मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले संयुक्त रूपमा म्यागेजिनको लोकार्पण गरेका हुन्। यो म्यागजिनमा आर्थिक विकासका मुद्दाहरू समेटिएका छन्। नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष यस म्यागजिन प्रकाशन गर्ने गरेको छ।

अब पब्लिक कम्पनी

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ। नेपाल रिपब्लिक मिडियाको १५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडियाले सम्बन्धित निकायबाट पब्लिक सेयरमा जाने अनुमतिपत्र प्राप्त भएको जानकारी दिएकी हुन्। ‘हामीले पब्लिक सेयरमा अनुमति पाएका छौं,’ नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको नागरिक नायक २०८० को घोषणा कार्यक्रममा उनले भनिन्, ‘यो संस्था अब केही दिनमा हाम्रो मात्र होइन हजुरहरूको सबैको हुनेछ। तपाईंहरूले पनि यसको स्वामित्व लिन पाउनुहुनेछ।’

धितोपत्र बोर्डले सेयर निष्कासनका लागि अनुमति दिइसकेको उनले जानकारी दिइन्। यससँगै नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनीमा जाने पहिलो सञ्चार गृह हुने भएको छ।

समारोहमा नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले पत्रकारितामार्फत मुलुकको विकास र समृद्धिमा नेपाल रिपब्लिक मिडियाले खेल्दै आएको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजाने बताइन्।

धितोपत्र बोर्डले सेयर निष्कासनका लागि अनुमति दिइसकेको उनले जानकारी दिइन्। यससँगै नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनीमा जाने पहिलो सञ्चार गृह हुने भएको छ।
‘नेपाल रिपब्लिक मिडियाले विगतमा गर्दै आएका असल अभ्यास र कामहरूलाई निरन्तरता दिँदै आगामी दिनहरूमा अगाडि बढ्छौं,’ उनले भनिन्, ‘साथै पत्रकारितामार्फत मुलुकले लिएको लक्ष्यअनुसार काम गर्दै विकास र समृद्धिमा आवश्यक भूमिका निर्वाह गर्छौं।’

वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत प्रतिनिधिसभा सदस्यहरू, विशिष्ट सेवामा कार्यरत कर्मचारी, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ पत्रकार तथा सञ्चार उद्यमीहरूको बाक्लो उपस्थिति थियो।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस