दुई तिहाइ युवा, समृद्धिका अगुवा
१२ वैशाख २०८०
•
७ मिनेट पाठ
दुई तिहाइ युवा, समृद्धिका अगुवा
संयुक्त राष्ट्र संघका अनुसार २२ नोभेम्बर २०२२ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको थियो। जनस्वास्थ्य तथा पोषणमा सुधार, व्यक्तिगत सरसफाइ, औषधी उपचारका कारण तथा विश्वका केही देशमा अझै पनि प्रजनन दर उच्च रहेकाले यो स्तरमा विश्वको जनसंख्या बढेको हो।




चाखलाग्दो विषय के छ भने विश्वको जनसख्या ७ अर्बबाट ८ अर्बमा उक्लन १२ वर्ष लागेको थियो भने ८ अर्बबाट ९ अर्ब पुग्न झन्डै १५ वर्ष लाग्ने देखिएको छ। यसको मूल कारण विश्वको समग्र जनसंख्या वृद्धिदरमा ह्रास आउनु हो।

विश्वव्यापी रुझान अनुरूप नै गत वर्षको कार्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर नेपालमा गरिएको १२ औं जनगणनाको नतिजाले २०६८ देखि २०७८ सम्म प्रतिवर्ष जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घटेको देखाएको छ। विगत ८० वर्षमा पहिलोपटक नेपालको जनसंख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतभन्दा कम हुन पुगेको छ। २०३८ सालमा जनसंख्या वृद्धिदर सबैभन्दा धेरै २.६२ रहेकोमा २०५८ मा आइपुग्दा यो दर २.२५ र  २०६८ मा १.३५ मा झरेको थियो। यसरी विश्वका अन्य देशहरूमा झैं नेपालमा लगातार जनसंख्या घट्दो क्रममा रहेको छ।

जनसंख्याको घट्दो क्रम मात्र होइन, यसको संरचनातग स्वरूपमा समेत फेरबदल देखिएको छ। गत वर्षकोे मंसिर ९ लाई जनसंख्या गणना गरिएको दिन मान्दा उक्त दिन नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ र यो जनसंख्यामध्ये १५ देखि ६० वर्षको उमेर समूहको जनसंख्या झन्डै ६२ प्रतिशत रहेको देखिएको छ। 

यसैगरी जनगणनाले १० वर्ष वा सोभन्दा बढी उमेरका अर्थात् आर्थिक रूपले सक्रिय जनसंख्याको हिस्सा ६५.५ प्रतिशत रहेको देखाएको छ। १० वर्ष देखि ६५ वर्षसम्मको उमेर समूहलाई आर्थिक रूपमा सक्रिय जनसंख्या मानिने प्रचलनअनुसार दुई तिहाइ जनसंख्या सक्रिय उमेर समूहमा रहनुले आर्थिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको छ। सुखी नेपाली र समृद्ध नेपालको सपना हासिल गर्न यो जनसाख्यिक समूहको महत्त्वपूर्ण भूमिका हुन्छ। सँगसँगै जनसांख्यिक लाभको यो ऐेतिहासिक अवसरलाई नेपालले कसरी सदुपयोग र आत्मसात गर्छ भन्ने विषय अत्यन्त  महत्त्वपूर्ण बनेको छ।

मौकामा चौका

पछिल्लो जनगणना अनुसार विगत १ दशकमा १५ वर्षमुनिका बालबालिकाको जनसंख्या यसअघिको तुलनामा घटेको छ भने ६० वर्षमाथिको समूहको जनसंख्या ह्वात्तै बढेको छ। यो प्रवृत्तिका कारण आगामी केही वर्षमा जनसंख्याका आधारभूत संरचनामा फेरबदल हुने र केही वर्षमा जनसांख्यिक लाभको उपलब्ध अवसर गुम्न सक्ने देखिएको छ। सरदार आयु बढ्दै  जाँदा र प्रजनन दर घट्दै जाँदा केही वर्षमै नेपालको जनसंख्याको अधिकांश हिस्सामा बुढापाकाको  वर्चस्व हुने विज्ञ मान्दछन्।  

२०३१ सालताका नेपाली महिलाको सरदर प्रजनर दर ५.७ रहेकोमा यो २०७८ मा आइपुग्दा घटेर २ मा झरेको छ। यसैगरी पछिल्ला केही दशकहरूमा लगातार सानो परिवार सुखी परिवार भनेर निर्माण गरिएको भाष्य, सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएको परिवार नियोजनका प्रयास, महिला सशक्तीकरणका कारण प्रजननमा उनीहरूको बढ्दो अधिकार, शिक्षा र चेतनाको स्तरमा आएको बढोत्तरी, बालबालिकाको लालनपालन तथा पठनपाठनमा आकासिँदो खर्चलगायतका कारणले जनसंख्यामा वृद्धिमा संकुचन आएको छ।

केही वर्षअघि राष्ट्रिय योजना आयोग र युनिसेफले ‘नेपालमा जनसांख्यिक परिवर्तन: प्रवृत्ति र नीतिगत प्रभाव’ नामक अध्ययन गरेका थिए। त्यो अध्ययननले नेपालमा जनसांख्यिक लाभको अवसर आजभन्दा झन्डै २५ वर्षअघि अर्थात् सन् १९९८ मा सुरु भएको र  सन् २०४७ को हाराहारीमा विद्यमान अवसरको अन्त हुने प्रक्षेपण गरिएको थियो। यसैगरी सो अध्ययनले सन् २०२८ ताका अर्थात् आगामी ६ वर्षपछि जनसांख्यिक संरचनाअनुसार नेपाली समाज ढल्कँदो उमेरको समाज (एजिङ सोसाइटी) मा र आगामी ३७ वर्षपछि अर्थात् सन् २०५४ मा नेपाल वृद्ध समाज (एज्ड सोसाइटी) मा रूपान्तरित हुने निष्कर्ष सो प्रतिवेदनको थियो । सामान्यतया ६५ वर्षमाथिको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशतभन्दा बढी भएमा त्यो समाजलाई ढल्कँदो उमेरमा समाज र यो प्रतिशत १४ पुगेमा वृद्ध समाज मान्ने गरिन्छ।

पछिल्लो जनगणनाले २०६८ सालदेखि २०७८सालसम्मको अवधिमा प्रतिवर्ष १५ वर्षमुनिका बालबालिकाको संख्या १.३ प्रतिशतका दरले गिरावट आएको देखाएको छ। अर्काे तर्फ ६० वर्षमाथिको उमेर समूहमा प्रतिवर्ष ३.२ प्रतिशतले बढेको देखिएको छ। यसरी नेपालमा बालबालिका संख्या घट्दै र प्रौढहरूको संख्या बढ्दै जाँदा हाल रहेको जनसांख्यिक लाभको अवस्था आगामी साढे २ दशकमा अन्त हुने विज्ञ ठान्छन्।

‘जनसांख्यिक लाभ सधैं रहिरहने विषय होइन। खास कालखण्डमा यस्तो अवसर सिर्जना हुने भएकाले अवसरको भरपुर फाइदा लिन आवश्यक छ,’ राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल भन्छन्। ‘यो जनसांख्यिक लाभले आर्थिक तथा सामाजिक विकासको सद्गुण चक्र सिर्जना गर्छ र जीवनस्तर सुधार्न र समृद्धिको ढोका खोल्न सहयोग गर्छ,’ उनी थप्छन्। 
जनसंख्याविद्, अर्थशास्त्री तथा योजनाविद्का अनुसार यो अवसरले श्रम आपूर्ति, बचतमा वृद्धि तथा मानव पुँजी विकासका सकारात्मक प्रभाव पर्छ।

त्रिभुवन विश्व विद्यालयका जनसंख्या विषयमा प्राध्यापक डा. योगेन्द्र गुरुङ यो अवसरको उच्चतम फाइदा लिन राष्ट्रले मानव संसाधनको विकासमा लगानी गर्न आवश्यक रहेको ठान्छन्।

‘यो जनसंख्या शिक्षित हुनुपर्छ, सिपयुक्त र स्वस्थ हुनुपर्छ। त्यसो भएमा मात्र उनीहरूले दिगो जीविकोपार्जनको बाटो पहिल्याउन सक्छन्,’ उनी भन्छन्।
प्राध्यापक गुरुङले भनेझैं शिक्षाको क्षेत्रमा ठुलो लगानी गरेर एसियन टाइगर्स भनेर चिनिने पूर्वी एसियाका कतिपय देशले सन् १९६५ देखि १९९० सम्म जनसांख्यिक लाभको फाइदा लिएर चामत्कारिक आर्थिक वृद्धि हासिल गरेका थिए। यही अवधिमा यी राष्ट्रले अवलम्बन गरेको व्यापारिक उदारीकरण पनि यी राष्ट्रको समृद्धिको कारक बनेको थियो।

‘हामी दक्षिण–पूर्वी एसियाका राष्ट्रको अनुभवबाट सिक्न आवश्यक छ,’ प्राध्यापक गुरुङ भन्छन्, ‘समग्र राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सुधार गर्न सकेमा मात्र उमेर संरचनामा देखिएको विद्यमान फेरबदलको फाइदा लिन सकिन्छ।’
केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने नेपालका युवालाई सेवा क्षेत्र तथा कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने ठान्छन्।

‘उत्तरी र दक्षिणी छिमेकी राष्ट्रको तुलनामा हाम्रो औद्योगिक क्षमता छैन। उनीहरूले गर्ने ठुलो स्तरको उत्पादनसँग प्रतिस्पर्धा गर्ने नेपालको तुलनात्मक क्षमता कम छ,’ लामिछाने भन्छन्, ‘हामीले युवालाई उद्यमी बनाउन सक्नुपर्छ। अहिले हाम्रा कृषियोग्य भूमि बाँझा छन्। त्यसैले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गरिनुपर्छ।’ नेपालमा युवाहरूको ठुलो संख्या कामको खोजीमा विदेश पलायन हुने गरेको चर्चा गर्दै उनी भन्छन्, ‘स्वदेशमा अवसर सिर्जना नहुँदा नेपालको जनसांख्यिक लाभको फाइदा अन्य देशले लिइरहेका छन्।’
नेपाललाई जनसांख्यिक लाभ रहँदारहँदै पनि भौगोलिक हिसाबले जनसांख्यिक वितरण असमान बन्दै जानु अर्काे चुनौती बनेको छ। पछिल्ला जनगणनाले तराईको जनसंख्या लगातार बढ्दो र पहाडी तथा हिमाली क्षेत्रको जनसंख्या लगातार घट्दो क्रममा देखिएको छ। २०७८ को जनगणनाअनुसार हाल तराईमा जनसंख्याको ५३.६१ प्रतिशत, पहाडमा ४०.३१ प्रतिशत र  हिमाली क्षेत्रमा ६.०८ प्रतिशतले बसोबास गर्ने देखिएको छ। दश वर्षअघि अर्थात् २०६८ मा तराईमा ५०.२७ प्रतिशत, पहाडमा ४३.०१ प्रतिशत र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत जनसंख्याको बसोबास थियो। त्यसअघि अर्थात् २०५८ सालको जनगणना अनुसार तराईमा ४८.४० प्रतिशत, पहाडमा ४४.३० प्रतिशत र हिमालमा ७.३० प्रतिशत जनसंख्याको बसोबास थियो।

जिल्लागत हिसाबमा नेपालका ७७ जिल्लामध्ये ३४ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक देखिनु चिन्ताको विषय बनेको छ। आधारभूत सेवा सुविधा तथा अवसरहरूको अभावमा बसाइँसराइको तीव्रताका कारण जनसंख्याको चाप तराई र सहरी क्षेत्रमा अत्यधिक रहेको जनगणनाको प्रतिवेदनले औंल्याएको चर्चा गर्दै प्राध्यापक गुरुङ जनसंख्याको पुनर्वितरणमा नेपालले जोड दिनुपर्ने ठान्छन्।

‘ऋणात्मक जनसंख्या वृद्धिदर भएका जिल्ला र क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य भौतिक पूर्वाधार विकासमा जोड दिन सके यो जनसांख्यिक असन्तुलनलाई सम्बोधन गर्न सकिन्छ,’ उनी भन्छन्।
अर्थशास्त्री तथा योजना आयोगका पूर्व अध्यक्ष डा. पोखरेल नेपालले तत्काल  शिक्षा  र स्वास्थ्य क्षेत्रमा लगाउन बढाउन, सुशासनको प्रत्याभूति गर्न र युवा रोजगारी सिर्जनामार्फत आर्थिक विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन आवश्यक ठान्छन्। ‘जनसांख्यिक लाभको विद्यमान अवसर गुमाउने छुट हामीसँग छैन,’ उनी भन्छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस