सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ
१६ वैशाख २०८०
•
२ मिनेट पाठ
सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएका छन्।




मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले  आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उनले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताए।

देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दारिता हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताए।

विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव अधिकारका रुपमा स्थापित बनेको बताए। सबै नागरिककोमा अधिकांश सूचना पु¥याउनै नसकिएको चर्चा गर्दै उनले भने,  ‘आयोगमा नौ हजारभन्दा बढी पुनरावेदन परेको छ, अहिलेसम्म ३३ जनालाई कारबाही गरिसक्यौँ। सकेसम्म आयोगले कसैलाई सूचना नदिएकै आधारमा कारबाही गर्न नपरोस् भन्ने हो, त्यसका लागि कानुनले देऊ भनेका सूचना सहजरुपमा दिनुस्।’

नगरपालिकाले कार्यालयको सबै निर्णयको अभिलेखीकरण राख्ने, दैनिक आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने, तीन तीन महिनामा सबै सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग्न आउनेको पनि कमी हुने उनको  भनाइ थियो।

कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले लामो समयको आन्दोलनपछि आएको सूचनाको हकसम्बन्धी कानुनको सबैले प्रयोग गर्नुपर्ने औँल्याए।

सूचनाको हक आफैँमा स्थानीय तहदेखि सबै सार्वजनिक निकायलाई अनुगमन गर्ने कार्य पनि हो भन्दै उनले यसले प्रत्येक नागरिकलाई प्रश्न सोध्ने अधिकार रहेको बताए। कार्यक्रममा सामुदायिक सारथीका प्रमुख ताराबहादुर भण्डारीले सूचनाको हक कार्यान्वयन र यसको आवश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विश्वमा रहेको यसको अभ्यास र नेपालमा सूचनाको हकको प्रयोगका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी केशव सिलवाल लगायतले सूचनाको हकको कार्यान्वयनले सार्वजनिक निकायको पनि जिम्मेवारी बढेको बताए।  
अर्को समाचार
बस्ती विकासमा आफैँ जुटे राधेराधेवासी, सडक विस्तारका लागि घरघरका पर्खाल भत्काउँदै
१७ वैशाख २०८१
•
३ मिनेट पाठ
बस्ती विकासमा आफैँ जुटे राधेराधेवासी, सडक विस्तारका लागि घरघरका पर्खाल भत्काउँदै
टोलवासीले चाहे के गर्न सकिन्न र ? भन्ने नमुना प्रस्तुत गर्दै आफ्नो बस्ती विकासमा जुटेका राधेराधेवासीले सडकको चौडाइ विस्तारका लागि घरघरका पर्खाल भत्काउने अभियान सुरु गरेका छन्।




मध्यपुरथिमि नगरपालिका‐९ राधेराधे बस्तीवासीले १३ फिटे भित्री सडकलाई २० फिटे फराकिलो बनाउन आफ्ना घर, कम्पाउण्डका पर्खाल आफैँ भत्काउन थालेका हुन्।

मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका दुई सय ५० घरका बासिन्दाको भेलाले २०७३ असारमा दर्ता गरी सामुदायिक भवनसमेत निर्माण गरी सञ्चालन गर्दै आएको ‘श्यामाश्यामा निकोशेरा समाज’ को नेतृत्वमा सडक फराकिलो पार्ने अभियान सुरु गरेको हो।

समाजका अध्यक्ष जनार्दन नेपालले सानो सडकले दोहोरो यातायात सञ्चालनमा सहज बनाउन, दमकल, एम्बुलेन्स जस्ता साधन प्रवेशमा सहज गराउन समाजको छलफल र निर्णयानुसार बस्तीभित्रका सबै घरमा पुग्ने सडक २० फिट फराकिलो बनाउने सहमति अनुसार घर कम्पाउण्डका पर्खाल भत्काउन सुरु गरिएको बताए। 

सुरुमा रामप्रसाद शाहले पर्खाल भत्काउन थालेपछि सिर्जना रोक्का, सुशीला शिवाकोटी हुँदै अभियान चालु छ। उनले भने, ‘हाम्रो बस्ती विकासमा समाज र सिङ्गो बस्ती हेस्टेमा हैँसे गर्दै लागिरहेको छ, हाम्रो यस बस्तीको सामाजिक, आर्थिक, भौतिक पूर्वाधार, शैक्षिक, खेलकुद, खानेपानी जस्ता पूर्वाधारको विकासमा जुटिरहेका छौँ, अहिले सडक चौडा गर्ने सहमति अनुसार सबैले आफ्नो कम्पाउण्ड भत्काउन सुरु गरेका छौँ, अब सबैको घरमा २० फुटे सडक पु¥याउनेछौँ।’

उनले अहिलेसम्म करिब २० वटा घरधनीले आफैँ कम्पाउण्ड भत्काइसकेको जानकारी दिँदै उहाँले समाजका पदाधिकारीको घरबाट भत्काउनु सुरु गरेको र करिब ९० घरको पर्खाल भत्काएपछि अभियान पूरा गर्दै सीमाङ्कन गरिने बताए।

विभिन्न सरकारी निकायबाट गत आर्थिक वर्षमा २० लाख र चालु आर्थिक वर्षमा ६० लाख बजेट ल्याउन सफल भएको भन्दै उनले पर्खाल भत्काउने कार्य सम्पन्न गरेर सबै सडक कालोपत्र गर्न योजना अगाडि बढाएको बताए। समाजका उपाध्यक्ष दुर्गाप्रसाद निरौला अध्यक्षलगायत आफ्नो र पदाधिकारीले गत शनिबार बिहानदेखि नै कम्पाउण्ड भत्काउन थालेको जानकारी दिँदै अहिलेसम्म कतै अवरोध नभई थप पर्खाल भत्काउने कार्य जारी रहेको बताए।

पर्खाल भत्काइसकेपछि वडाध्यक्षलगायतको रोहबरमा सीमाङ्कन गरी २० फिटे सडक कायम गरिने जानकारी दिँदै अध्यक्ष नेपालले कहीँकतै छिटफुट रुपमा पर्खाल भत्काउन अटेर गरे वडा कार्यालयको सहजीकरणमा भत्काइने जानकारी दिए। मध्यपुरथिमि नगरपालिका‐९ का वडाअध्यक्ष सानुकाजी राजबाहकले राधेराधेवासीले सडकको महत्व बुझेर आफैँ सडक फराकिलो बनाउन कम्पाउण्ड भत्काएर उदाहरणीय कार्य गरेको भन्दै यहाँको एकताबाट अरुले पनि पाठ सिक्नुपर्ने बताए।

पर्खाल भत्काउन सडक सीमाङ्कनमा अधिकांश ठाउँमा विवाद र लफडा हुने भएपनि यहाँ भने स्थानीयवासी नै विकासका लागि जुर्मुराएको भन्दै यस्तो उदाहरणीय कार्य गरेपछि नगरपालिका र वडाले पनि विकासका बजेट थप गर्न सहज हुने उनको भनाइ छ। राधेराधे निकोसेरा क्षेत्रमा वडा कार्यालयले सात करोडको बजेटमा काम गरेकोसमेत उनले बताए।

वडाध्यक्ष राजबाहकले भने, ‘मध्यपुरथिमि नगरपालिकाकै उपयुक्त नयाँं बस्तीको रुपमा विकास भएको राधेराधे क्षेत्र अहिले भक्तपुरको ठमेल भनेर चिनिन थालेको छ, यो गौरवको कुरा हो, यो ठाउँंलाई भक्तपुरकै नमुना बस्ती बनाउने, र भक्तपुरको बिजिनेश हबको रुपमा विकास गर्ने लक्ष्य रहेको छ, विकासमा कहीँ कतै अवरोध आए वडा कार्यालय अगाडि उभिएर सहजीकरण गर्नेछ।’

आफ्नै घरको कम्पाउण्ड पर्खाल भत्काउँंदै गरेकी स्थानीय गीता निरौलाले सबैले फराकिलो बाटोको आवश्यकता महसुस गरी सिङ्गो बस्तीको सहमति अनुसार आफनो कम्पाउण्ड भत्काएको बताइन्। तेह्र फिटको सडकलाई सडकको दायाँबायाँका घरको कम्पाउण्ड पर्खाल भत्काएर दुबैतर्फ तीन फिटभित्र सारेर २० फिटको फराकिलो सडक बनाउने र अर्को नयाँं कम्पाउण्ड लगाउने गरी पर्खाल भत्काउन थालेको उनले सुनाइन्।

वडाध्यक्ष राजबाहकसहित वडा सदस्यलगायतको टोलीले त्यसक्षेत्रमा भइरहेको पर्खाल भत्काउने अभियानको प्रत्यक्ष अवलोकन गरे।पूर्वमा भक्तपुर नगरपालिकाको सीमानाको हनुमन्ते खोला, पश्चिममा राधेराधे कमेरोटार बस्ती, भाटभटेनी सुपर मार्केट, उत्तरमा निकोसेरा सडक र दक्षिणमा अरनिको राजमार्गको चार किल्लाभित्र रहेको यो बस्तीमा आइपरेको कुनै पनि समस्या र विकासका काममा समाजले छलफल गरी समस्या समाधानमा टोलवासीनै सक्रिय रहने गरेका छन्। रासस
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस