बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
१७ वैशाख २०८०
•
४ मिनेट पाठ
बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै
फाईल तस्विर <div><br></div>
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ।विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ।




बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो। वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ। तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ। बनेपालीका लागि यो जात्रा महान् पर्व दशैँजस्तै लाग्ने गर्दछ।

हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन्। जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन्। पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार ९खड्ग०सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन्। जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ।

बूढापाकाले टोल–टोलमा बसी भजन गाउँछन्। सडक, गल्लीमा भीड हुन्छ। ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताउँछन। उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन्।

जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन)बिहान सबेरै मत पूजा ९चिराग यात्रा० गरिन्छ। तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ। बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पुर्‍याउने प्रचलन छ।

यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन्। खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्‍याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउँछन।उनका अनुसार जात्राको सुरुदेखि नै ठाउँ–ठाउँमा बलि दिइन्छ। खटलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो। यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ।

बनेपा नगरपालिकाले बर्सेनि जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ। चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन्। बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन्। यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकूमा जम्मा भई जलेश्वर महादेव ९जसिगा०सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ। जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ। बाँकी बोकाको मासु ‘कलङ्दान’ गरिँदै आइन्छ।

कलङ्दान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ। चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो।

किंवदन्तीअनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथनअनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए। त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू ९देवता० भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए। चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे।

चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन्। त्यसपछि उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ।
अर्को समाचार
भक्तपुरको चण्डेश्वरी जात्रा सकियो
२२ वैशाख २०८०
•
३ मिनेट पाठ
भक्तपुरको चण्डेश्वरी जात्रा सकियो
भक्तपुरको चासुखेलमा शुक्रबार भव्य रुपमा चण्डेश्वरीको जात्रा भएको छ। प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन भक्तपुर नगरको टिबुक्छें चासुखेलस्थित चण्डेश्वरी मन्दिर अगाडि यो जात्रा हुने परम्परा छ।




बैशाख शुक्ल पुर्णिमा र त्यसको अघिल्लो दिन गरी दुईदिन यहाँं धुमधामसँग जात्रा मनाइन्छ। त्यसअनुसार विहीबार राति सुरु भएको थियो। जात्रा शुक्रबार दिनभर धुमधामकासाथ मनाइएको थियो । चासुखेलस्थित चण्डेश्वरी देवीको तीनतल्ले मन्दिर वरपर जात्रा सञ्चालन हुन्छ।

जात्राको क्रममा शुक्रबारबार विहानदेखि चण्डेश्वरी मन्दिरमा मेला लागेको थियो। त्यसक्रममा त्यहाँं बलीसहित पुजाआजा गरिएको थियो। त्यससमय छोरीबेटी बुहारीले उनको भाकल अनुसार फरिया चण्डेश्वरी देवीमा चढाउने परम्परा छ।

जात्राको क्रममा साँझपख चण्डेश्वरी देवीलाई खटमा विराजमान गर्नु अगावै रित्तो खटको जात्रा गर्ने चलन छ। त्यसपछि देवीलाई खटमा विराजमान गराई बाजागाजाका साथ ठूलो लावालश्करसहितको जात्रा भयो। जात्रा चण्डेश्वरी उकालो हुदै टिबुक्छे, साकोठाबाट पुगेको थियो।

सरकारी पुजा सकेपछि चण्डेश्वरी देवी पुनः सोही बाटो फिर्ता भई टिबुक्छे टोल पुग्ने प्रचलन छ। तत्पश्चाात चण्डेश्वरी देवीको खट सुकुलढोका, गोल्मढी, इनाचो हुदै तचपाल टोल नपुग्दै आउने चौवाटोमा रोकिने परम्परा छ। यस क्रममा खटलाई नबोकी भुईमा घिसार्दै जात्रा गर्ने परम्परा छ। जुन नेपालको कुनै पनि ठाउँमा भएको नदेखिएको बताइन्छ।

त्यसपछि खटलाई पुनः बोकी गोल्मढी, याता, गलसा पुखु हुदै क्वाछे ओरालोसम्म जात्रा गरिन्छ। पुनः खट फकाई चण्डेश्वरी मन्दिर परिसरको डबली पु¥याएपछि खटबाट मूर्ति निकाली पुजा हुन्छ। मुर्तिलाई पेटीमा विराजमान गराई भक्तजनबाट पूजा गरिन्छ। यही साँझ चण्डेश्वरी देवीको फूलप्रसाद पु¥याएपछि मात्र बनेपाको चण्डेश्वरीको जात्रा सुरु हुने परम्परा छ। चण्डेश्वरीको यो जात्रा स्थानीयहरु देशकै ठूलो चाँंडपर्व दसैं, तिहार, नयाँं वर्ष भन्दा वढी धूमधामका साथ मनाउँंछन्।

यस क्रममा छोरी ज्वाईलाई पनि भोज बोलाएर उनीहरु भोज खाने गर्छन्, जुन परम्परा दशै, नयाँं वर्षमा मात्रै हुन्छ।  

यस अनुसार विहीबार साँंझ चण्डेश्वरीको मूर्ति द्यःछे (देवताघर) बाट निकालिएको थियो। पुजाआजाका साथ सिंगारिएको खटमा आरोहण गराइएको थियो। जात्राको क्रममा टिप्वा (निगालोको मुठ्ठा) बालेको थियो। यस दिनको जात्रा विशेष गरी मन्दिर अगाडिको उकालो अर्थात चासु ख्यःउकालोसम्म हुन्छ।

जात्राको क्रममा ठाउँठाउँमा सिलाचा छवयेके भनी आगो धुनी बालिएको थियो। जात्रा सकेपछि चण्डेश्वरीको मूर्तिलाई मन्दिर परिसरमा राखी विभिन्न गुथीबाट गुथीपुजा गरी टोलबासीवीच भोजभतेर गरिएको थियो।

जात्राको शुरुवात कसले कहिलेदेखि गरेको हो कुनै विस्तृत अध्ययन भएको नपाइएको इतिहासविद् ओम धौभडेल बताउँंछन्। मन्दिरसँग सम्बन्धित केही ठोस प्रमाणमा नेपाल सम्बत ८४८ जेष्ठ कृष्ण त्रयोदशीको दिन तत्कालिन भक्तपुरका राजा रणजीत मल्लको समयमा टिबुक्छे टोलका पञ्च समुदाय मिली मन्दिरमा सुनको छाना छाएको उल्लेख छ। त्यस्तै नेपाल सम्बत ८६५ मा चण्डेश्वरी देवी समिप पार्टी बनाएको अर्काे एउटा प्रमाण मौजुद छ। यसबाट भक्तपुरको चण्डेश्वरी देवीको मन्दिरको स्थापना एवम जात्रा रणजीत मल्लको समयमा मात्र भएको हो कि भन्ने अनुमान गर्न सकिने इतिहासविद धौभडेल बताउँंछन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस