धादिङमा पनि बस दुर्घटना, एकको मृत्यु-
चाँदनी हमाल, चितवन,चैत २६- चितवनको दारेचोकमा आज बिहान ट्रक त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु सात जना घाइते भएका छन्। यसैगरी धादिङको धाक्रेमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
दारेचोकमा बिहान तीन बजे भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृत्यु हुनेमा कपिलवस्तु गजेहडा घर भएकी अन्दाजी ३५ वर्र्षीया महिला कैलाशी पत्थरकट्टी रहेकी छिन्। उनको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो।
घटनास्थलमा मृत्यु भएका ४ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन।
उनीहरुमध्ये ट्रकका चालक र सहचालक तथा २ जना बालक रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये कपिलवस्तु गजेहडाकी २५ वर्षकी अनारकली पत्थरकट्टी ,५५ की सुराती पत्थरकट्टी,१० वर्षकी सम्झना पत्थरकट्टी र ८ वर्षका राजन पत्थरकट्टीको भरतपुर अस्पतालमा उपचार भैरहेको छ। अन्य तीनजनाको भने नाम खुल्न सकेको छैन।
काठमाडौँबाट पश्चिम जान आउँदै गरेको लु १ ख ५०५८ नम्वरको ट्रक चितवनको दारेचोक गाविस २ चुम्लिगंटारबाट २ सय मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त ट्रक सडकमाथि निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ।