रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्भरशक्तिमा ह्रास
१७ वैशाख २०८०
•
३ मिनेट पाठ
रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्भरशक्तिमा ह्रास
कपिलवस्तुको यशोधरा गाउँपालिका ३ वसन्तपुरका गाउँलेद्वारा बनाइएको गुइँठा सुकाउन राखिएको अवस्था।
रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको माटोको उर्भराशक्तिमा ह्रास आएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो। जिल्लाका बिभिन्न स्थानमा पटक पटक माटो परीक्षण गर्दा यस्तो देखिएको हो। कपिलवस्तुको माटोमा क्षारीयपन बढी रहेकोले माटोको उर्भरशक्ति कमजोर बनेको कृषि ज्ञान केन्द्रका प्रमुख राघवेन्द्र चौबले बताए। नाइट्रोजन ,फस्फोरस र पोटासको मात्रा समेत माटोमा कम देखिएकाले यसले उत्पादनमा ह्रास आउँदै गएको उनले बताए। 




जिल्लामा युरिया, डी.ए.पी. लगायतका रासायनिक मलको अत्याधिक प्रयोग गर्ने गरिएको छ। रासायनिक मल मनपरी ढंगले प्रयोग गरिएकाले माटोमा रहने बिभिन्न तत्त्वहरूमा गम्भीर असर परेको कृषि प्राविधिकहरूको भनाई छ। प्राङ्गारिक मलको साटो अहिले रासायनिक मललाई कृषकहरूले अंगालेकाले माटोको सन्तुलनमा नकारात्मक असर भएको कृषि प्राविधिकहरू बताउँछन्। बिक्रेताहरूले रासायनिक मललाई किराना सामान झै बजारमा बिक्रीका लागि राख्ने गरेकाले समेत मलमा रहेको तत्त्वहरू खेर जाने गरेको छ। बोरामा प्याकिङ गरी राखिएका त्यस्ता मललाई बिक्रेताले खुला रुपमा बिक्री गरिरहेकाले मलमा रहेको बिभिन्न तत्त्वहरू खेर गइरहेको हो। त्यस्ता मललाई कृषकले आफ्नो खेतमा प्रयोग गरेकोले समेत माटोको उर्वर शक्तिमा खासै वृद्धि हुन नसकेको कृषि प्राविधिक शिवपुजन गुप्ता बताउँछन्। 

कृषि ज्ञान केन्द्र अनुसार यहाँको कूल खेतीयोग्य ८३ हजार जमिनमा बलौटे,दोमट र चिम्टाईलो माटो रहेको छ। यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाइन्छ। यस्तो अवस्थामा झनै हचुवाको भरमा रासायनिक मल खेतमा प्रयोग गरिदा माटोमा रहेका ती तत्त्वहरूको सन्तुलन बिग्रिएर भूमीको उत्पादकत्व क्षमता कमजोर हुने प्राविधिकहरू बत्ताउँछन्। ‘ प्राङ्गारिक मलको साटो रासायनिक मलको बढदो प्रयोगले यहाँको भूमि असन्तुलित भएको छ  ’  कृषि कार्यालयका चौबले ‘ कृषि प्राविधिकहरूको परामर्श बेगर  कृषकहरूले रासायनिक मलको प्रयोग गर्दा माटोमा नकारात्मक असर परेको छ। उनले खेतमा कृषि चुन तथा प्राङगारिक मल प्रयोगमा जोड दिए। 

प्राङ्गारिक मलको प्रमुख श्रोत गुइँठा बनाउन मै प्रयोग

उता जिल्लाका ८५ प्रतिशत कृषकले प्राङगारिक मलको प्रमुख स्रोतको रुपमा रहेको गाईबस्तुको गोबरको गुइँठा बनाउने गरेका छन्। ती गुइँठालाई यहाँका कृषकहरूले खाना पकाउने ऊर्जाको रुपमा प्रयोग गर्ने गरेकाले माटोलाई चाहिने आवश्यक तत्त्व परिपूर्ति हुन नसकी भूमीको उर्वरा शक्ति क्षीण बनेको बताईएको छ। गाईबस्तुको मलमूत्रमा माटोलाई चाहिने बिभिन्न १६ तत्त्व नै रहने भए पनि गोबरको गुइँठा बनाइने तथा परम्परागत तरिकाबाट बनाइएका प्राङ्गारिक खेतमा हालिनाले समेत माटो स्तरमा खासै सुधार आउन सकेको छैन। 

यहाँ वस्तुको मल मूत्र बनाइने मललाई घाम र पानीबाट नबचाई खुला ठाँउमा राख्ने चलन छ। जस्ले गर्दा सो मलमूत्रमा रहेका तत्त्वहरू उडेर,चुहिएर तथा बगेर खेर जाने गरेका छन्। त्यो मल माटोमा हालिदा खासै उपलब्धि नहुने कृषि प्राविधिकहरूले बताए। त्यस्तै खेतबारीमा रहेको झारपात र ठुटालाई आगो लगाई हटाउने चलनले समेत माटोको उर्वराशक्ति घट्दै गएको छ। १ वर्षमा एक जोर गाईबस्तुको मलमूत्रबाट ५८ किलो नाइट्रोजन उत्पादन गर्न सकिने प्राविधिकहरू बताउँछन्। तर सो मलमूत्रको खाल्टो बनाएर उचित व्यवस्थापन नगरिँदा त्यस्मा रहेका ९० प्रतिशत तत्त्वहरू चुहावट भई खेर जाने गरेको उनीहरु बताउँछन् शिक्षा र जनचेतना अभावका कारण कृषकहरूले गाईबस्तुको मलमूत्रबाट लाभ लिन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबले बताए। ‘

प्राङगारिक मल बनाउन कृषकहरूले रुची देखाउदैनन, उनीहरु बजारमा पाइने रासायनिक मलमा पूर्ण आश्रित बनेका छन्  ’ उनले भने ‘ त्यसैले यहाँको माटोको स्थितिमा सुधार आएको छैन्। ’ उनका अनुसार माटोको स्थिति सुधारका लागि अहिले देखि नै ध्यान नदिए आगामी १० वर्ष भित्र कृषि उपजको उत्पादनमा ५० प्रतिशत भन्दा बढी कमी आउने छ। 
अर्को समाचार
इन्धनका लागि ‘गुइँठा’
०४ वैशाख २०७९
•
३ मिनेट पाठ
इन्धनका लागि ‘गुइँठा’
जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन्। गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो।




गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन्। प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन्।

आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन्। जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगका गृहिणीको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने काम देखिएको हो।

'के गर्नु पकाएर खानु परिहाल्छ,' धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिनुभएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो भन्छिन्, 'अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु।'

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ। योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ। त्यसो त स्वास्थ्यकर्मी ‘गुइठा’ मा पकाइएको खाना स्वस्थ्यकर हुने बताउँछन्।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा गोबरका ‘चिपरी’ वा ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउँछन्। यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’, ‘गुइँठा’ र ‘गोरहा’ पथार्ने (गोबरको ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन्।

घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ। यसरी दुई-तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई-तीन दिन लगाएर ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ पाथ्ने गरिन्छ।

सामान्यतया गोबरलाई चाक्लो पारेर घरका भित्ता–भित्तामा पथारिनेलाई ‘चिपरी’, भित्रपट्टि मसिना झिक्रा हालेर लामो डोलो बनाइने साना आकारका लाई ‘गुइँठा’ र भित्रपट्टि पराल हालेर पथारिने ठूला आकारका लाई ‘गोरहा’ भनिन्छ। यद्यपि सगोलमाभन्दा यसलाई ‘गुइँठा’ नै भनिन्छ। यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ।

यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकतानुसार खाना पकाउन प्रयोग गरिन्छ। खासगरी वन क्षेत्र टाढा भएका र घरको अर्थावस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ।

मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा–जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन्। 'खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ,' महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वा पर्साका ७० वर्षीय किसान दीपलालसिंह थारू भन्छन्, 'खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ।'

अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन्। सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ छ। रासस
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस