नागरिकताको माग गर्दै युवाहरू आन्दोलित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रिले अनशन बसेर युवाहरू आन्दोलित भएका हुन्।
बारम्बार नागरिकता दिन माग गरेपनि सरकारले सुनुवाई नगरेको भन्दै युवाहरूले आन्दोलनमा उत्रिन बाध्य भएको गुनासो गरेका छन्। विराटनगर ५ का चन्दत कामतले ३४ वर्षको पुगिसक्दा पनि नागरिकता पाउन नसकेको गुनासो गरे। बारम्बार नागरिकता दिन माग गरे पनि सुनुवाई नभएको उनले बताए।
नागरिकताको समस्या समाधान नगरे थप आन्दोलन चर्काउने उनिहरूको चेतावनी छ। संघीय संसदको अधिवेशन अन्त्य भएका कारण आइतबार देखि आन्दोलन स्थगित गरे पनि अब, अन्तिम चरणको आन्दोलनको तयारीमा रहेको उनिहरूले बताएका छन्।
उनिहरूले नागरिकता विधेयक पारित गर्नुपर्ने, अंगिकृत नागरिकका सन्तानलाई सहज रुपमा नागरिकता दिनुपर्ने लगायतका माग राखेका छन्। लगातार तीन दिन सम्म जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रिले अनशन बसेर आइतबार मोटरसाईकल र्याली पछि आन्दोलन अन्त्य गर्ने संघर्ष समितिले जनाएको छ।
नागरिकता सम्बन्धि विधेयक यस अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको भए पनि तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण नगरेपछि अलपत्र परेको छ। नागरिकता विधेयक पुनः अघि बढाउन माग गर्दै संसदको बर्खे अधिवेशन सुरूभएसँगै पुनः आन्दोलन थाल्ने नागरिकता संघर्ष समिति विराटनगरले जानकारी दिएको छ।

‘बारम्बार माग गर्दा पनि सुनुवाइ नभएपछि शान्तिपूर्ण आन्दोलन सुरू गरेका हौं।’मोरङ सुन्दरहरैंचा ८ का विश्व ठाकुरले पनि नागरिकता नहुँदा समस्यामा परेको बताए। नागरिकता नहुँदा जागिर खानसमेत नपाएको उनले गुनासो गरे। उनले भने ‘नागरिकता नभएकै कारण जागिर खान, बैंक खाता खोल्नसमेत समस्या भएको छ।’ मोरङमा मात्रै नागरिकता नभएर १३ हजार ८० जना युवाहरूले समस्या भोगिरहेका छन्। बाबु –आमा नेपालको नागरिक भएर पनि आफूहरू भने अनागरिक भएर बस्नुपरेको उनिहरूले बताए। युवाहरूले संघर्ष समिति नै गठन गरेर नागरिकताका लागि आन्दोलन सुरू गरेको जनाएका छन्।