सिक्रीका लागि हत्या !
१८ वैशाख २०८०
•
४ मिनेट पाठ
सिक्रीका लागि हत्या !
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई सार्वजनिक गरेको छ। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी निरु हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो।




हत्यामा विश्वकर्मा एक्लैको संलग्नता रहेको ब्युरोको दाबी छ। लुटपाटको उद्देश्यले हत्या गरेको देखिन आएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। अनुसन्धानका क्रममा सिसिटिभी क्यामेराको फुटेज पछ्याउँदै जाँदा अभियुक्त विश्वकर्मासम्म पुग्न सफलता मिलेको प्रहरीले जनाएको छ। विश्वकर्मालाई शनिबार राति १० बजे झापा पुगी नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए। आचार्यका अनुसार विश्वकर्माले आफूले हत्या गरेको स्विकारेका छन्।

यस्तो थियो घटना  

सरस्वतीनगरमा ‘निरु किचेन एन्ड गिफ्ट स्वभिनर सप’ सञ्चालन गर्दै आएकी पाण्डे यही वैशाख ७ गते दिउँसो आफ्नै पसलमा मृत फेला परेकी थिइन्। शरीरभरि छुरा रोपेर उनको हत्या भएको थियो। निरुकै पसलमा रहेको सिसिटिभी क्यामेरा काम नलाग्ने अवस्थामा रहेका कारण तत्काल प्रहरी घटनाको कुनै निष्कर्षमा पुग्न सकेन। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निरु हत्यामा अनुसन्धान अघि बढाएका थिए।  

घटना भएको सात दिनसम्म पनि अपराधी पत्ता लगाउन नसकेपछि प्रहरीको चर्को आलोचना हुन थालेको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले १५ गते ब्युरो प्रमुखसमेत रहेकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्यीय अनुसन्धान टोली बनायो। अनुसन्धान टोलीमा प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखलाई पनि राखियो। अनुसन्धान गर्दै जाँदा टोली विश्वकर्मासम्म पुगेको जनाएको छ। ब्युरोका अनुसार विश्वकर्मा केही समय अगाडिसम्म ठमेलको रात्रिकालीन क्लबमा ‘बाउन्सर’का रूपमा कार्यरत थिए।  

निरुको हत्या भएको दिन वैशाख ७ गते आसपास विश्वकर्मा झापाबाट आएर भक्तपुरको लोकन्थलीमा साथीको कोठामा बसेको ब्युरोको अनुसन्धानले देखाएको छ। त्यो दिन बिहान १०/११ बजेतिर उनी लोकन्थलीबाट चाबहिलस्थित केएल टावरसम्म पुगेका थिए। केही समय चाबहिलतिर टहलिएका उनी दिउँसो २ बजेतिर निरुको पसलमा छिरेको प्रहरीले जनाएको छ। ‘निरु पाण्डे आचार्यको पसल हुँदै जाने क्रममा उनलाई पसलमा एक्लै देखेको र घाँटीमा लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले पसलमा पसेको देखिन्छ,’ब्युरोका एसएसपी आचार्यले भने, ‘विनोद विश्वकर्माले पसलमा छिर्दा भाँडा किन्ने बहाना बनाएको देखिन्छ। भाँडाकुँडा हेरेर २ बजेर ३३ मिनेटमा उनी एटिएमबाट पैसा झिकेर ल्याउँछु भनेर पसलबाट बाहिरिएका थिए।’ त्यतिबेला पसलमा निरुका बच्चाहरू भएकाले विश्वकर्मा निस्किएको हुन सक्ने प्रहरीले जनायो। त्यसपछि २ बजेर ४४ मिनेटमा विश्वकर्मा फेरि पसल छिरेको एसएसपी आचार्यले बताए। उनले भने, ‘त्यसपछि फेरि भाँडा हेर्ने निहुँमा निरुको मुख थुनेर ढलाएको र त्यही पसलमा रहेको छुरी प्रयोग गरी शरीरका विभिन्न ठाउँमा प्रहार गरेको देखिन्छ।’ हत्यापछि निरुले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको अन्दाजी १२/१३ सय नगद रूपैयाँ निकालेर विश्वकर्मा त्यहाँबाट निस्किएको ब्युरोको दाबी छ।  

प्रहरी अनुसन्धानअनुसार पसलबाट निस्किएर विश्वकर्मा भित्रि बाटोबाट रफ्तार फुटसल हुँदै पुनः निरुकै पसलअगाडिको बाटो हुदै गोपीकृष्ण हलनिर आएर टेम्पो चढी चाबहिल चोकमा झरेका थिए। चाबहिल चोकबाट मोटरसाइकल चढेर जडीबुटी पुगेका उनले त्यहाँ पसलमा फ्रुटी किनेर खाएका थिए। त्यसपछि उनी लोकन्थलीस्थित साथीको कोठामा पुगेका थिए। हत्याको उद्देश्य लुटपाट मात्रै रहेको पाइएको ब्युरोले जनाएको छ। ‘अन्य कुनै उद्देश्य देखिएको छैन। लुट्ने उद्देश्यले नै हत्या भएको देखिन्छ,’एसएसपी आचार्यले भने, ‘घटनामा अझै पनि अनुसन्धान भइरहेको छ। अन्य थप केही भए खुल्दै जाला।’ घटनाभन्दा अघि निरु र विश्वकर्माबीच कुनै चिनजान भएको नदेखिएको प्रहरीले जनायो।  

विश्वकर्माले लुटेर लगेको भनिएको निरुको सिक्री बेचिसकेको ब्युरोले जनाएको छ। वैशाख १२ गते तारकेश्वर नगरपालिका–१०, हिलेटोलस्थित पाथिभरा सुनचाँदी पसल पुगेर उनले ५५ हजारमा सिक्री बेचेको एसएसपी आचार्यले बताए। उक्त सिक्री प्रहरीले बरामद गरेको छ। प्रहरीले लोकन्थलीस्थित विश्वकर्माका साथीको कोठाबाट उनले बोकेको झोला, सर्ट र जुत्तासमेत बरामद गरेको छ। ती सामानमा रगतजस्तो पदार्थ सुकेको देखिएको प्रहरीले जनायो। सिक्री बेचेको दोस्रो दिन वैशाख १३ गते विश्वकर्मा बनेपा–बर्दिबास हुँदै झापा गएको प्रहरी अनुसन्धानले देखाएको छ।
अर्को समाचार
५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या
१० कार्तिक २०८०
•
१ मिनेट पाठ
५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि आज एक युवकको हत्या भएको छ।




जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका हुन्।

हिजो राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा रु ५० मा एउटा सिक्री किनेका थिए।सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए। तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरु भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ।

दीपक र अमित दुवै जना पिपरा गापा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए। मामाघर बस्दै आएका  बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो।

स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो।हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरुको कपडा पनि प्रहरीले फेला पारेको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस