कोशी प्रदेशमा श्रम डेक्स राखिने
१८ वैशाख २०८०
•
२ मिनेट पाठ
कोशी प्रदेशमा श्रम डेक्स राखिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिकको सूचिकरणका लागि प्रदेश र स्थानिय तहमा श्रम डेक्सको स्थापना गर्ने बताएका छन्। १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ(जिफण्ड) कोशी प्रदेशले विराटनगर आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कानुन बनाएर प्रदेश स्तरमा र स्थानिय तहहरूमा श्रमिकको सूचिकरणका लागि श्रम डेक्स स्थापना गर्ने बताएका हुन्।




कोशी प्रदेशका कुन स्थानिय तहमा कतिजना कुन, कुन सिप भएका  श्रमिकहरू कार्यरत छन् भन्ने समेत जानकारी नभइरहेको बेला प्रदेश सरकारले कानुन बनाएरचाँडै  प्रदेश र स्थानिय तहमा श्रम डेक्स राख्ने व्यवस्था गर्न मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे। ‘आवश्यक कानुन निर्माण गरेर चाँडै प्रदेश र स्थानिय तहमा श्रम डेक्स राख्ने व्यवस्था गर्छौं’ कार्कीले भने,‘कोशी प्रदेशको श्रम हेर्ने मन्त्रालय र १३७ वटै पालिकामा श्रम डेक्सको स्थापना गरिने छ।’

यसरी राखिने श्रम डेक्समा श्रमिकहरू सूचिकृत हुने भएकाले प्रदेशमा कुन –कुन क्षेत्रका कति श्रमिकहरू काम गरिरहेका छन् भन्ने तथ्याँक निश्कने छ। यहि तथ्याँकका आधारमा प्रदेश सरकारले श्रम सम्बन्धी नीतिहरूसमेत तय गर्ने छ। मुख्य मन्त्री कार्कीले प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेर श्रमिकलाई अधिकार प्रदान गर्न प्रतिबद्ध रहेको पनि बताए। योगदानमा आधारित समाजिक सुरक्षा कोष स्थापना गरिएको भएपनि अझै लागू नभएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणको विषयमा केहि असन्तुष्टिहरू देखिएको बताए। नामको विषयमा असन्तुष्टि राख्न पाइने, शान्तिपूर्ण आन्दोलन र विरोध पनि गर्न पाइने स्पष्ट पारे। तर, आन्दोलनलाई हिंसात्मक बनाउने नहुने धारणा राखे। कार्कीले  चित्त नबुझेको विषयमा शान्तिपूर्ण आन्दोलन गर्न आन्दोलनरत पक्षलाई आग्रह गरे।  
अर्को समाचार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने
११ असार २०८०
•
१ मिनेट पाठ
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते विश्वासको मत लिने भएका छन्।




आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको कोशी प्रदेश सरकारका प्रबक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

सिटौलाका अनुसार आइतबार साँझ मन्त्रीपरिषद्ले प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णयबारे प्रदेश सरकारले सोमबार विहान प्रदेश प्रमुखलाई जानकारी गराएको छ।

‘असार १४ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय बारे प्रदेश प्रमुखलाई आज विहान जानकारी गराएका छौं ’ मन्त्री सिटौलाले भने।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन्। अल्पमतमा परेका उनले अध्यादेश मार्फत जेठ ३२ गते प्रदेशको बजेट ल्याएका थिए। कोशी प्रदेशसभाका ९३ जना सांसद मध्ये सत्ता पक्षमा हाल एमालेका ४० र राप्रपाका ६ जना  गरी ४६ जना सांसद मात्रै छन्। बहुमतका लागि प्रदेशसभामा ४७ जना सांसद आबश्यक पर्दछ। विपक्षी गठबन्धनमा भने सभामुख सहित ४७ जना सांसद छन्। जसमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३ , नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना छन्।  
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस