दक्षिण कोरियामा पिएचडीको अध्ययनलाई बीचमै ब्रेक लगाउँदै कृष्णकुमार सिंह अनाथालयको सेवामा हाजिर हुन रौतहट आइपुगेका छन्।
दक्षिण कोरियाको डङगक विश्वविद्यालयमा पिएचडी पढ्दै गरेका उनी सुख सयलको जीवन छाडेर रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयको सेवामा समर्पित हुन आइपुगेका हुन्।
सुविधा सम्पन्न जागिर छाडेर अनाथालयमा सेवा गर्न आइपुगेका उनले अनाथालयलाई आफ्नो आवश्यकता भएको महशुस हुँदा सेवामा हाजिर हुन आइपुगेको बताउँछन्।
करिब चालिस वर्षीय सिंह दक्षिण कोरियाको राजधानी सिउलमा रहेको सिउल नेसनल विश्वविद्यालयबाट मानव शास्त्रमा एमए पूरा गरेपछि भारतीय दर्शन विषयमा दक्षिण कोरियाकै डङगक विश्वविद्यालयमा पिएचडी गरिरहेको अवस्थामा अनाथालयको विशेष जिम्मेवारी सम्हाल्नु परेकाले पढाइ त्याग गरी अनाथालय सम्हाल्न आइपुगेको सुनाउँछन्।
वि.सं. २०५५ मा अनाथालयका बालबालिकाको रेखदेख गर्न बाराको सिमराबाट अनाथालयमा पुगेका थिए सिंह। अनाथालयले भने खाने, बस्ने र पढ्न पाउने सुविधा प्रदान गरेको थियो। सिंहले अनाथालयमा बसेर नै प्रथम श्रेणीबाट एसएलसी उत्तीर्ण गरेका हुन।
साहित्य, सङ्गीत र अध्यात्ममा रुचि भएका सिंहले बनारस विश्वविद्यालय काशीबाट सङ्गीत/तबला विषयमा स्नातक गरेका छन्। यसै गरी वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन्। अवसर पाएर दक्षिण कोरिया पुगेका सिंह त्यहाँ बुद्ध दर्शनमा स्नातक गरेपछि स्नातकोत्तर र पिएचडीसम्मको अध्ययनको यात्रा तय गरेका हुन। हाल आफ्नो पढाइलाई ब्रेक लगाउँदै सिंह पुनः अनाथालय नै आइपुगेका छन्।
अध्ययनको लागि भारत र दक्षिण कोरिए गएपछि केही वर्ष अरूले नै अनाथालयको रेखदेखको जिम्मा लिएका थिए तर अनाथालय संस्थापक वंशीराम जयसवालको वृद्धावस्थाको कारण विशेष परिस्थिति सिर्जना भएपछि अनाथालय संचालन र रेखदेखको सम्पूर्ण जिम्मेवारी सम्हाल्न आइपुगेको उनी सुनाउँछन्।
रौतहटको गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयको संचालक समितिमा सिंह अध्यक्ष पदमा चयन भएका छन्। अध्यक्ष पद सम्हालेपछि सिंहले आफ्नो जीवनको सर्वोपरि प्राथमिकता अनाथालय रहेको सुनाए।
लगातार बाह्र वर्षसम्म सुविधा सम्पन्न दक्षिण कोरियामा रही मान सम्मानपूर्ण जीवनयापन गरेका युवक अब अनाथ बालबालिकाको बिचमा रहेर सेवा गर्ने प्रण गर्नु आफैँमा निकै ठुलो महत्त्वपूर्ण त्याग भएको गरुडाका साहित्यकार किशुनदयाल श्रीकृष्ण बताउँछन्।
अरूले दिएको दान दातव्यमाथि निर्भर रहेको अनाथालयका बालबालिका बिरामी पर्दा स्थानीय अनामिका अस्पताल प्रालिले निःशुल्क प्राथमिक उपचार गर्दै आएको छ।
जन्म दिवस, विवाहका वार्षिकोत्सव तथा चाडपर्वको अवसरमा कतिपय मनकारी मानिसहरूले अनाथालयमा पुगेर खाद्यान्न र केही रकम दिँदै आएका छन्। कोही कोही त अनाथालयमा भोजन बनाउन लगाई आफू पनि तिनै अनाथ बालबालिकासित बसेर भोजन गर्ने गरेका छन्। अनाथ बालबालिकालाई सहयोग गरेर तिनीहरूसँग आशीर्वाद लिने गरेका पनि छन्। केही सङ्घसंस्थाले आफ्नो वार्षिकोत्सव पनि अनाथालयमा मनाउने गरेका छन् वा त्यस अवसरमा बालबालिका र अनाथालयलाई केही प्रदान गर्ने गरेका छन्।
कतैबाट केही नआउँदा र अनाथालयमा केही पनि नहुँदा अनाथ बालबालिकाको लागि कतैबाट मागेर वा उधारो लिएर भए पनि बालबालिकाको भरण पोषण गर्ने जिम्मेवारी अध्यक्षकै भएको हुनाले अनाथालयको संचालक निस्वार्थ मानिस हुनु जरुरी भएको संस्थापक वंशीराम जयसवालको भनाइ छ। यस्तो योग्यता देखेर नै सम्भवतः सिंहलाई अनाथालयको उत्तराधिकारी घोषणा गरेका छन्। अनाथालय पुगेर संचालकको जिम्मेवारी सम्हाल्दै गर्दा आफूलाई अलग्गै किसिमको अनुभूति भएको सिंह बताउँछन्।
साहित्यका विभिन्न विधामा कलम चलाउने सिंह अनाथालयलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउँछन्। अनाथालयका बालबालिकाको भरण पोषणसँग सम्बन्धित गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यका लागि अनाथालयमा पुगेर एक चोटि राम्ररी बुझेर सहयोगका लागि सबैसित आग्रह पनि गर्दछन्। सहृदयीलाई सिंह अनाथालय भ्रमणका लागि आमन्त्रण पनि गर्दछन्।

सिंह भन्छन् – 'अनाथालय सेवा मेरो लागि जीवनको महायज्ञ हो र सबैको सहयोग प्राप्त गर्न महायज्ञमा होमिएको छु।'दक्षिण कोरियामा करिब अढाई लाख रुपैयाँको मासिक तलब, गाडीको सुविधाका साथै क्वार्टर सुविधा प्राप्त गरेर पूर्ण रूपमा स्थापित भइसकेको अवस्थामा सबै त्याग गरी अनाथालयको विशेष आग्रहमा अनाथालय आइपुगेका सिंहले परिस्थितिले दिएको विशेष जिम्मेवारी मान्दछन्।