राष्ट्रपति रामचन्द्र पौडेलले मिटर ब्याज छानबिनका लागि अध्यादेश जारी गरेकै दिन आयोगका अध्यक्ष सहितको टोलीले सर्लाही पुगेर सम्बन्धित पक्षसँग छलफल गरेको छ।
राष्ट्रपति पौडेलले बुधवार अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगसम्बन्धी अध्यादेश जारी गरेका थिए र बुधवार नै आयोगका अध्यक्ष गौरी बहादुर कार्की, सदस्य उत्तम राज सुवेदीसहितको टोली जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर मिटर ब्याज पीडित र मिटर ब्याज साहुका साथै अन्य पक्षको पनि सहभागितामा छलफलमा जुटेको हो।
गत आइतबार मधेश प्रदेशको राजधानी जनकरपुरधाममा आयोगको कार्यालय स्थापना भएको थियो। कार्यालय स्थापना भएपछि खासै सक्रिय नदेखिएको आयोग बुधवार अध्यादेश जारी भएसँगै सक्रिय भएको छ।
बुधवार आयोगको टोलीले मिटर ब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग सर्लाहीको मलंगवामा छलफल गरी प्रारम्भिक अवस्था बुझेको छ।
छलफलमा अनुचित लेनदेन अर्थात् मिटर ब्याज उजुरी दर्ता र पछ्र्यौट गर्न सहायता कक्षलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, सरकारले निवेदन दिन तोकेको मिति वैशाख ३१ गतेभित्र पीडितको उजुरी दर्ता गराउने र सोको पछ्र्यौट गरी पीडितलाई सहयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
आयोगले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी उजुरी दिन मिटर ब्याज पीडितसँग आह्वान नै गरेको छ।
मुख्य तह सर्लाहीका मिटर ब्याज पीडितहरूले नै काठमाडौँमा आन्दोलन गरिरहेका थिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पीडितहरूलाई तोकिएको मितिभित्र रीतपूर्वक निवेदन दर्ता गराउन आग्रह गरेका छन्।आयोग गठन हुनुभन्दा पहिले सरकारबाट केही समयअघि उजुरी माग हुँदा मिटर ब्याज साहुविरुद्ध सर्लाहीमा ६८० भन्दा बढी उजुरी परेका थियो। यसअघि दर्ता भएका उजुरीका सम्बन्धमा पनि बुधवारको छलफलमा समीक्षा भएको बताइएको छ। अहिले कानुन निर्माण भएपछि कानुन अनुसार रीतपूर्वकको निवेदन तोकिएको मितिभित्र आएमा कारबाही गर्न सजिलो हुने प्रजिअ यादवको भनाइ छ।