हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु भएको छ।
जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका वर्ष ४० का तारासिंह सार्की, वर्ष ३६ का पुन्न सार्की र वर्ष ३६ का वीर बोहोराको मृत्यु भएको जुम्लाको पातारासि गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।
उनका अनुसार मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका-२ च्यार्खु भन्ने ठाउँमा लेकको हिम पहिरोमा परि यार्सा सङ्कलनका लागि गएका १४ जनाको टोली मध्ये तीन जनाको मृत्यु भएको हो। अन्य घाइते रहेका छन्।
यस्तै दुई जना सकुशल रहेको भन्ने खबर प्राप्त भएको उनले जनाइन्।
उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय , प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उनको भनाई छ। सबै क्षेत्र बाट उद्धारको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ।