काठमाडौं- सबै घरको संरचना एउटै छ। उस्तै रंगरोगनले झनै चिटिक्क। दुईदेखि नौ सय वर्गमिटर क्षेत्रफलमा फैलिएका पुरातात्विक नेपाली शैली झल्काउँछन् घरले। एकतले घरमा चाहिँ जस्ता, धुरी भएका सिमेन्टका छाना। साढे चारतले एउटा, तीन, दुई र एकतले गरी ३० वटा घर झुरुप्प छन्।
दलान, कम्पाउन्डदेखि लिएर खुला जग्गासमेत छ घरमा। बाटो र बत्तीको सुविधा पनि। वरिपरि हरियाली र शान्त वातावरण। उत्तरतर्फ मनमोहक हिमशृंखला।
झट्ट हेर्दा विदेशको सुविधासम्पन्न बस्ती वा रिसोर्ट जस्ता लाग्छन् ती घर। तर यो न कुनै बस्ती हो न त होटल नै। यो त जेपी प्रतिष्ठानद्वारा निर्मित मैत्री सेवा आश्रम अर्थात् नेपालकै पहिलो सुविधासम्पन्न ज्येष्ठ नागरिकग्राम हो। काठमाडौंको उत्तरपूर्वी क्षेत्र शंखरपुर नगरपालिका लप्सेफेदीमा निर्माण गरिएको सेवाआश्रमका प्रत्येक घरलाई देवीदेवता र व्यक्तिको नामसहित 'कुटी’ नामांकन गरिएको छ।
मंगलबार एक समारोहबीच साढे चारतले मुख्य कुटीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै आश्रम सञ्चालनमा आएको जेपी प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले जानकारी दिए। कुटी सामान्य, विशिष्ट र अति विशिष्ट गरी तीन समूहमा विभाजित छन्। सामान्य कुटीमा आवास, बैठक कक्ष र भान्छासहित शौचालयको व्यवस्था छ। विशिष्ट र अति विशिष्टमा आवास, बैठककक्ष, भान्छा, अट्याच र सामान्य शौचालय छन्।
पाँच सय रोपनीमा फैलिएको आश्रममा पहिलो चरणमा एक सय रोपनीमा ३० वटा कुटी निर्माण गरी सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।
अध्यक्ष दाहालका अनुसार नेपाली सेना कल्याणकारी कोषको दुई करोड ५८ लाख ५० हजार सहयोगमा १० वटा, सरकारको निजी सार्वजनिक साझेदारीअन्तर्गत ११ करोड एक लाख सहयोगमा नौ वटा र विभिन्न दाताको सहयोगमा बाँकी कुटी निर्माण गरिएको हो। सबै कुटी निर्माणमा करिब १८ करोड खर्च भएको छ।
परियोजनाले पूर्णता पाउँदा ज्येष्ठ नागरिकका लागि करिब पाँच सय घर बन्ने प्रतिष्ठानले जनाएको छ। ‘३० वटा घर परियोजनाको डेमोमात्रै होे,’ अध्यक्ष दाहालले भने, ‘आश्रमको गुरुयोजना पूर्ण रूपमा कार्यान्वयनमा आउँदा यस क्षेत्रमा आश्रममा बस्ने ज्येष्ठ नागरिकका लागि बुढ्यौली खाना, बुढ्यौली उपचार केन्›, मन्दिर, आध्यात्मिक केन्›, पुस्तकालय, अनुसन्धान केन्› रहनेछन्।’
आश्रममा स्वदेशी तथा विदेशी ६० वर्ष नाघेका व्यक्तिले निःशुल्क र सशुल्क बस्न पाउनेछन्। प्रतिष्ठानले ज्येष्ठ नागरिक छनोटको कार्यविधि विभिन्न तहमा विभाजन गरेको छ। अपांग, अशक्तलाई निःशुल्क छ।
सिंगो कुटीको ११ हजार, एउटा कोठाको सात हजार र एक बेड मात्र प्रयोग गर्न चाहनेका लागि ३५ सय लिइने प्रतिष्ठानले जनाएको छ। यो शुल्कमा आवास, भोजन र स्वास्थ्य सेवा उपलब्ध हुनेछ। कुटीमा एक सय जनामध्ये २५ जनाले निःशुल्क सेवा पाउनेछन्। ज्येष्ठ नागरिक छनोट भने पहिलो आउनेलाई प्राथमिकता राखिनेछ।
००
सेनाको कुटी उद्घाट्न
नेपाली सेना कल्याणकारी कोषको सहयोगमा प्रतिष्ठानले निर्माण गरेका १० कुटीको बुधबार उद्घाटन भएको छ। प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले कुटी उद्घाटन गरेका हुन्। कोषले सेनाबाट निवृत्त व्यक्तिका लागि पेन्सनको निश्चित रकम लिएर बस्न दिने उद्देश्यले कुटी निर्माण गरेको हो। प्रतिष्ठानले गरेको पवित्र र सुन्दरकार्यमा हातेमालो गर्न पाउँदा खुसी लागेको सेनापति क्षेत्रीले बताए।
००
महायज्ञ सुरु
प्रतिष्ठानले कुटी उद्घाटनसँगै माता पिता भक्ति पुजन ज्ञान महायज्ञ सञ्चालन गरेको छ। आश्रमस्थलमा मंगलबार सुरु भएको महायज्ञ ११ गतेसम्म सञ्चालन हुनेछ।