काठमाडौं-बारीमा दाउराको ठूलो चाङ बल्दै थियो। घरीघरी भगवान्को जयजयकार र निरन्तर मंगल धुनको झन्कारले चिसो रातलाई चिरिरहेझैं लाग्थ्यो। सेता धोती र कमिज लगाएका पुरुष बल्दै गरेको दाउराको चाङ झोंस्दै थिए। घरीघरी पूजारीको इसारामा अनेक हाउभाउ गर्थे । केहीबेरमा नजिकैको मन्दिरमा पूजाआजा गरी उनीहरू निस्किँदासम्म दाउराको ठूलो चाङ भर्भराउँदो भुंग्रोमा परिणत भइसकेको भयो।
मन्दिरबाट नाच्दै काम्दै निस्किएका उनीहरु एकाएक आगोको भुंग्रो खुट्टाले भत्काउँदै नाच्न थाले। कोही भुंग्रोमाथि दौडिन थाले । थुप्रोबाट भुंग्रा उछिट्टिएर यत्रतत्र छरिन थालेपछि हेर्नेको भीड चलमलाउन थाल्यो। नांगो पैतालाले आगोमाथि मानिस हिँडेको हेरेका कतिको डरले सासको गति रोकियो, कतिका आँखा आश्चर्यले चम्किला भए । भुंग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। आगोको भुंग्रो पूर्णरुपमा निभेर कोइला नबनेसम्म उनीहरू नाचिरहे।
धेरैको जिज्ञासा थियो– यसरी भुंग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? पछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै संकेत नदेखिँदा भने उनीहरू चकित भए ।
आठ डांग्रे अर्थात् कुलपुजारी
शरीरमा कुल देवताको बास भएको मानिसलाई भक्तपुर अनन्तलिंगेश्वर– १० सिरुटारका राउतहरु डांग्रे भन्छन्।
सिरुटारका राउतहरुका डांग्रे ८५ वर्षीय रत्नबहादुर राउत (शिवराम) सोमबार राति आगोमाथि नाचे । ०१३ सालमा आगोको भुंग्रोमा यसरी नै नाचेर उनले डांग्रेको जिम्मेवारी लिएका थिए ।
त्यसको ६० वर्षपछि उनी दोस्रोपटक भुंग्रोमाथि नाचे । यसपटक भने उनी आफ्नो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पन नयाँ डांग्रेसँगै नाचेका हुन् ।
शरीरमा राउत क्षेत्रीहरूको कुल देवताको बास रहँदै आएकाले शिवरामले राउतहरूको कुलपूजा गर्दै आएका थिए । अब भने उनी डांग्रेको जिम्मेवारीबाट मुक्त भएका छन् ।
‘कुलमा भएको एक मात्र डांग्रे वृद्ध भएका कारण नयाँ डांग्रेलाई जिम्मेवारी सुम्पिएको हो,’ सिरुटारका रामशरण राउतले भने, ‘कुलपूजालगायत सबै पूजा गर्न उहाँलाई गाह्रो हुन थालेको थियो । नयाँ पुस्तालाई जिम्मेवारी दिन पाउँदा उहाँ पनि खुसी हुनुहुन्छ ।’
नयाँ डांग्रेमा हरिशरण राउत, निर्मल राउत, दीपेश राउत, शुकदेव राउत, दीपेन्द्र राउत, उत्तम राउत, निरञ्जन राउत र निरज राउत रहेका छन् ।
राउत क्षेत्रीको तीनवटै कुलदेवता सहिक्षेत्रपाल, बिन्दवासिनी र बाह्रभन्जा उनको शरीरमा रहँदै आएको रामशरणले बताए । ‘अहिलेसम्म उनको शरीरमा रहेको तीन कुल देवता अब आठ भिन्दाभिन्दै नयाँ डांग्रेको शरीरमा रहन्छ,’ उनले भने । सहिक्षेत्रपाल तीनजना, विन्दवासिनी दुई र बाह्रभन्जा तीनको शरीरमा बास गर्ने उनले बताए ।
खली खाने
दशौं भारी दाउराको भुंग्रोमाथि नाचेर आठ राउत युवाले डांग्रेको भूमिका ग्रहण गरे । नयाँ डांग्रे भुंग्रोमा नाच्ने प्रक्रियालाई ‘खली खाने’ भनिन्छ । कुलपूजामा धुपौरेको भूमिका निर्वाह गर्ने दीपक राउतले भने, ‘आगोको खलामा नाच्ने भएकाले यसलाई खली खाने भनिएको हुनुपर्छ ।’
उनका अनुसार डांग्रे हुन कठिन तान्त्रिक परीक्षण पूरा गर्नुपर्ने प्रचलन छ । ‘खली खानु डांग्रे हुने प्रक्रियाको अन्तिम परीक्षण हो । अब उनीहरू पक्का डांग्रे भएका छन्,’ उनले भने ।
खली खुवाउन बालिने आगो पनि तान्त्रिक विधिबाट जगाइने भएकाले आगोमा छुँदा पनि नपोल्ने उनले बताए । काम्दै र मन्त्र फलाक्दै डांग्रे आगोको भर्भराउँदो भुंग्रोमाथि नाच्छन् । नाच्दै सबै भुंग्रो निभाउनुपर्ने परम्परा छ ।
सिरुटारका राउतले नयाँ डांग्रेको नियुक्तिका बेला पितृको आत्मको मोक्षका लागि समेत खली खाने प्रचलन छ । यसपालि सिरुटारको राउत कुलमा ६० वर्षपछि खली खाने कार्यक्रम गरिएको हो । उनीहरूले लामो समयपछि नयाँ डांग्रे पाएका छन् ।
डांग्रेका लागि कठिन परीक्षा
खली खाने डांग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन् । ‘जोसुकै पनि डांग्रे हुने होइन । छनोटका लागि धामीले पूजा गर्दा जसको शरीरमा कुलदेवता चढ्छ, उनीहरू मात्र डांग्रे भएर खली खान योग्य हुन्छन्,’ दीपक राउतले भने ।
तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसको जिउमा कुलदेवता चढ्ने उनले बताए । कुलदेवता शरीरमा आएपछि उनीहरूलाई पटकपटक विभिन्न विधिबाट परीक्षण गरिन्छ । ती परीक्षण सफल रुपमा पार भएपछि अन्तिममा मात्रै खली खुवाएर डांग्रे बनाइन्छ ।
खली खुवाउन आगोमा पस्नुअघि र खली खाइसकेपछि पनि कुलदेवताको मन्दिरमा पूजा गरिन्छ । नयाँ डांग्रेले खली खाएपछि केही दिनभित्रै उनीहरूबाट कुलपूजा समेत गराउने चलन रहेको लक्ष्मण राउतले बताए । डांग्रे भएको व्यक्तिले कुलमा हुने सबै पूजाको नेतृत्व गर्ने चलन छ ।