चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ
०२ जेष्ठ २०८०
•
५ मिनेट पाठ
चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ
चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ। ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन्।




धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको चारखोला (चारनाथ खोला) पनि अहिले त्यस्तै काकाकूल छ।

जब वर्षायाम सुरु हुन्छ, तब अरु खहरेजस्तै यो खोला पनि चुपचाप रहन्न्। त्यसपछि यहाँ पानीसँगै आँसु पनि बग्छन्। हरेक वर्षातमा आसपासका बस्तीको उठिबास, जनधनको क्षति, सयौँ बिघा जमिन कटान र डुबानलगायतका घटनाहरु सुनिन्छन्।

“अहिले सुनसान रहेको यो खोला यस्तै रहन्न, बर्सातमा यसले राक्षसी रुप देखाउँछ र बस्ती उठिबास लाउँछ”, गाउँपालिका–३ भरतपुरका राजेन्द्र दासले भने, “बाढीले हरेक वर्ष विपद् निम्त्याउँछ, धनजनको क्षति, खेतीयोग्य जमिन कटान र डुबान हुन्छ। पानी मात्रै होइन हरेक बर्सातमा हाम्रा आँसु बग्छन्।”
चारखोलाको वरिपरि श्रीरामपुर, भरतपुर र जुडी गरी तीन बस्ती छन्। यी तीनै बस्तीमा करिब एक हजार तीन सय परिवारको बसोबास छ। आजभन्दा १५/२० वर्षपहिले खोला पूर्वी भागतिर बगिरहेको थियो। अहिले धार परिवर्तन गरी यिनै गाउँ अर्थात् पश्चिमतर्फ फर्किएको छ भने खोला सोझिएको भँगालोको मुखैमा श्रीरामपुर र भरतपुर छ।

“दश/पन्ध्र वर्षमा ५० बिघाभन्दा बढी नम्बरी जग्गा बगर बनेको छ। पहिले त खेती मात्रै बगायो, अहिले त बस्तीसमेत डुबानमा परिरहेको छ। तत्काल केही नगर्ने हो भने यी बस्तीहरु नै सखाप हुनेछन्”, उनले गुनासो गरे।
अहिले चुरेबाट आएको गेग्र्यानले चारखोला खेती र वस्ती रहेको जमिनभन्दा पनि उचोँ छ। दुई फिटभन्दा बढी पानी आएमा दायरा नाघ्ने अवस्था छ। स्थानीय मोतिलाल दासले खोलाको स्वरुप हेर्दा वर्षायाम नलाग्दै निन्द्रा लाग्न छोडिसकेको बताए।

“तीन बस्तीको पाँच सय बिघा जमिन र गाउँतिर पानी जाने अवस्था छ छ। यो देखेर वर्षात सुरु नहुँदै निन्द्रा लाग्न छोडिसक्यो। हरेक वर्ष बालबच्चाहरुको बिचल्ली हुन्छ, झन् यो वर्ष त भयावह हुने देखिएको छ”, उनले भने।
उनले स्थानीय जनताले श्रमदान गरी अस्थायी तटबन्ध लगाउँदा र स्थानीय सरकार तथा अरू निकायले हरेक वर्ष केही न केही गर्दा पनि खहरे रोक्न नसकिएको दुखेसो पोखे।

नागेश्वर दासले दशकौँदेखि स्थानीयको आग्रह अनुसार १०/२० लाखको काम भइरहे पनि त्यसले बर्षातको पहिलो धक्का पनि थेग्न नसकेको उल्लेख गरे।

“खोलामा रहेको पुलको केही माथि राजदेवी मन्दिर रहेको स्थानमा पानीको उकासा हुन्छ। त्यहाँबाट तीव्र गतिमा आएको पानी तीन बस्ती हुँदै सबैलासम्म पुग्छ”, उनले भने, “यो समस्या प्रत्येक चुनावमा नेताका अजेन्डा बन्छन् तर काम भने हुँदैन।”
नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोडभन्दा बढी खर्चेर तारजाली ढुङ्गा लगाएको छ तर यसले पनि धेरै राहत दिन सकेको छैन। “उत्तम विकल्प भनेको नदीलाई डोर्‍याएर बीच भागमा लिनु नै हो तर यसमा कसैको ध्यान गएको छैन”, नागेश्वरले गुनासो गरे।

भरतपुरतर्फ सोझिँदै गरेको खोलाको मुखैमा सानो जग्गा देखाउँदै स्थानीय भरत साहले दुई वर्षअघि परिवारको २७ कट्ठा जमिन खोलाले खाएको पीडा सुनाए। “चारनाथको कटानले एकै रातमा एक÷डेढ बिघा सखाप गर्छ। दुई वर्षअघि मात्रै मेरो दाइको २२ कट्ठा र मेरो पाँच कट्ठा जमिन कटान ग¥यो। यो बगरमा भरतपुर, उम्राटोल, लवपुरीमा बस्नेतहरुको पनि जग्गा छ”, साहले भने।

वडा नं ३ का अध्यक्ष उद्गार यादवले ठूलो क्षति सन्निकट रहेकाले खेत र बस्तीभन्दा अग्लो रहेको नदी बीचको भाग हटाएर चारपाँच मिटर गहिरो बनाउनुपर्ने उल्लेख गरे।

नगर उपप्रमुख तुलसाकुमारी पाण्डेले स्थानीयको मागअनुसार अग्लो भएको खोलालाई गहिरो बनाएर बीचबाट डोर्‍याउन सकेमा मात्रै समस्याको दीर्घकालीन समाधान हुने भएकाले आफूहरु त्यसका लागि छलफलमा रहेको बताइन्।

“जिल्ला समन्वय समिति, जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख तथा प्रतिनिधिले पटकपटक यहाँको स्थलगत निरीक्षण गर्नुभएको छ”, पाण्डेले भनिन्, “उहाँहरुसँगको छलफलले निष्कर्ष पाएमा वर्षा लाग्नुअघि नै खोलालाई बीचबाट बगाउने गरी नगरपालिकाकाले काम गर्छ। हामी अनुमतिको पर्खाइमा छौँ।”
नगरप्रमुख जितनारायण यादवले पनि खोला श्रीरामपुर, भरतपुर, जुडीतर्फ सोझिएकाले यसलाई बीच भागबाट बग्ने स्थिति नबनाएमा तीन गाउँसहित रघुनाथपुर, सबैलालगायत ठाउँको ठूलो भूभागमा क्षति पुग्नेतर्फ सचेत रहँदै रोकथामको उपाय खोज्न जरुरी रहेको बताए।

उनले राजमार्गमा भएको पुलको १५ पिल्लरमध्ये पश्चिमतर्फका सबै पिल्लर ‘ब्लक’ भएर चार पिल्लरबाट मात्रै पानी बगिरहेकाले त्यसलाई बीचबाट खोल्ने र पानीको बाटो बनाउने विषयमा छलफल चलिरहेको बताए।

“हाम्रो दायित्व जोखिम अवस्थामा रहेका बस्तीहरुलाई जोगाउने हो  भरतपुरतर्फ एक करोडको लागतमा बाँध निर्माण भइरहेको छ र श्रीरामपुरका लागि २५ लाख छुट्याएका छौँ तर नदीको अग्लो भाग होचो नबनाएमा यो लगानी पनि बालुवामा पानी हालेजस्तै हुनेवाला छ”, नगरप्रमुख यादले भने, “त्यसैले जिल्ला समन्वय समिति र सरोकारवाला निकायबाट खोला बीचमा डोर्‍याउने अनुमतिको पर्खाइमा छौँ। बर्खायाम सुरु हुनुभन्दा पहिले नै यो काम गर्ने हाम्रो योजना छ।”
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले तीनपटक स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिइसकेकाले अब समस्याको निकास दिने विषयमा अन्तिम निर्णय गरिने बताए।

उनले यसपालि नदी सोझ्याउने काम नगरिएमा बस्ती, खेतीयोग्य जमिन तसहनहस हुनाका साथै ‘लाइफलाइन’का रुपमा रहेको पूर्व–पश्चिम राजमार्गको चारखोलामाथिको पुल भासिएर बन्द हुने जोखिम बताए ।

“जोखिमको आङ्कलन त गरिसकेका छौँ। भयावह अवस्था आउन नदिन के गर्ने भन्ने विषयमा तीनपटक अनुगमन र पटक–पटक छलफल भइसकेको छ। अब नदीलाई सोझ्याउनुको विकल्प छैन”, उनले भने, “जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअसँग छलफल भइरहेको छ। विपद् आउनुभन्दा पहिले नै निकास दिनुपर्ने हाम्रो दायित्व हो। त्यसतर्फ हामी केन्द्रित भएका छौँ।”
स्थानीय जयराजकिशोर दासले लाखौँ रकममा टेन्डर लाग्ने खोलाको आम्दानीले नै खोला व्यवस्थापन गरी मानवीय बस्तीलाई जोगाउन सकिने भएकाले समयमै निर्णय गर्न आग्रह गरे।

“खोलाको बालुवा जति महत्वपूर्ण छ, त्योभन्दा लाखौँ गुणा महत्वपूर्ण मानव बस्ती छन्। खोलामा यो भयो र त्यो भएन भनेर ठेक्काका कुरा मात्रै सुनिन्छन् तर हामी नागरिकलाई कसरी बचाउने भन्ने विषयमा गम्भीरतापूर्वक बहस भएको छैन” उनले भने। उनले खोलालाई दोहन गर्दै आम्दानीतर्फ नहेरी मानव बस्तीलाई केन्द्रमा राखी वर्षा सुरु हुनु अगावै ठोस निर्णय गरी कार्यान्वयन गर्न माग गरेका छन्।
अर्को समाचार
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
५५ मिनेट अघि
•
१ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
काठमाडौं। जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरेको छ।




जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माणलाई केन्द्रमा राखेर महानगरपालिकाले आइतबार एक सातादेखि सञ्चालन भइरहेको काठमाडौं जलवायु कार्य सप्ताहको समापनका अवसरमा उक्त घोषणा सार्वजनिक गरेको हो।

मंसिर ७ देखि १३ गतेसम्म आयोजित सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले घोषणा जारी गरिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन्।

घोषणामा जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता आवश्यक रहेको औँल्याइएको छ।

जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्दै विकसित राष्ट्रको जिम्मेवारी तथा विकासशील राष्ट्र र जोखिममा रहेका समुदायका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

घोषणापत्रले सात क्षेत्रमा प्रतिबद्धता जनाएको छ। यी प्रतिविद्धतामा, पहिलो, जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा स्वीकार गर्दै साझा समाधानको प्रयास गर्ने रहेको छ भने दोस्रोमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई नयाँ पुस्ताको सरोकार बनाउने विषय समावेश छ।

यसैगरी, तेस्रोमा  प्रकृतिमैत्री विकास र प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने तथा चौथोमा , काठमाडौं उपत्यकाको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने विषय समावेश छ।

यसैगरी पाँचौँ प्रतिविद्धतामा जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रममा नागरिक तथा समुदायको सहभागिता बढाउने र  छैटौँमा जलवायु न्यायको केन्द्रमा नागरिक र जोखिममा रहेका समुदायलाई राख्ने विषय समावेश छ। सातौँ तथा अन्तीम वुदामा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा समेटिएको छ।

महानगरपालिकाले विद्यालय तहदेखि नै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन र दिगो विकाससम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने जनाएको छ।

बालबालिका, युवा तथा नयाँ पुस्तालाई जलवायु परिवर्तनका असर र समाधानका विषयमा सचेत बनाउँदै निर्णय प्रक्रियामा समेत सक्रिय सहभागी गराउने घोषणा गरिएको छ।

त्यस्तै, विकासका नाममा प्रकृति, नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब घटाउन रैथाने ज्ञान, स्थानीय सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेटिने घोषणामा उल्लेख छ।

काठमाडौं उपत्यकाको भौगोलिक बनावट, वन तथा जलाधार क्षेत्र, परम्परागत पानीका स्रोत र नदी सभ्यतासहितको विशिष्ट पहिचान संरक्षण गर्दै जलवायु उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।

यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, वायु प्रदूषण नियन्त्रण, आकाशे पानी तथा वर्षाको पानी सङ्कलन, रिचार्ज काठमाडौं अभियान, नदी तथा खोलाको पुनर्जीवन र हरित क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ।

हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा बिजुली बसजस्ता विद्युतीय सार्वजनिक यातायातको प्रवद्र्धन पनि घोषणामा समेटिएको छ।

जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रमलाई सम्मेलन र नीतिमा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने महानगरको प्रतिबद्धता छ। सहरी नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई प्राथमिकता दिइनेछ। विपद् आउनुअघि तयारी गर्ने, जोखिम घटाउने र क्षति भएपछि पुनःस्थापना गर्ने क्षमता पनि संस्थागत गरिनेछ।

घोषणाले जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहलाई राखेको छ।

स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना र दिगो खाद्य प्रणालीलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। जलवायु सुरक्षा सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणामा उल्लेख छ।

घोषणा सार्वजनिक गर्दै कार्यवाहक प्रमुख डंगोलले जलवायु सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।

उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्दै काठमाडौंलाई उत्थानशील सहर बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

‘जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात् गर्नेछौँ,’ उनले भनिन्।

जलवायु सप्ताहमा उठेका विषय, छलफल र निष्कर्षलाई कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ।

यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिनेछ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि घोषणामा गरिएको छ।

घोषणापत्रमा प्रतिबद्धता कार्यान्वयन गर्नु साझा दायित्व भएको उल्लेख गर्दै बहुक्षेत्रीय समन्वय, संस्थागत साझेदारी, स्रोत परिचालन र नियमित अनुगमनमार्फत काठमाडौं जलवायु घोषणा, २०८३ कार्यान्वयन गर्ने सङ्कल्प व्यक्त गरिएको छ।
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
यो पनि पढौँ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस