भारतको बढनी स्थित एक फलफुल बोकेको ट्रकमा सोमवार दिउसो १२ बजे तिर लगेको आगो नेपाल स्थित कृष्णनगर नगरपालिकाले दमकले निभाएको छ।
भारतको कस्टम अफिस नजिकै नेपाल तर्फ आउन लागको युपी ४०एटी ०३८७ नम्बरको फलफुल लोड गरेको भारतीय गाडीमा अचानक आगो लागेको थियो। गाडीमा आगो लागेको स्थान नेपाली सिमा देखि ३ सय मिटर दक्षिण तर्फ पर्छ। भारतीय दमकल पुग्न ढिलो भए पछि त्यहा नेपाली दमकल पठाइएको थियो। बनढीसंगै सटेको नेपालको कृष्णनगर नगरपालिकामा दमकल छ।
गाडीमा आगलागी भएको घटना थाहा पाए लगत्तै कृष्णनगर नगरपालिकाका मेयर रजत प्रतामप शाहले अगलागी भएको ठाउमा आगो दमकलले नियन्त्रणमा लिए पनि गाडी भने पुर्णरुपमा नष्ट भएको छ। ढेड घन्टा पछि आगलागी नियन्त्रणमा आएको थियो। ‘भारतीय कष्टम नजिकै फलफुल लोड गरेको गाडीमा आगलागी भएको थाहा पाउने बित्तिकै दमकल पठाए’ उनले भने।
भारतीय क्षेत्रमा लागको आगलागी नियन्त्रण्मा नेपालको दमकल पठाइए पछि यसले त्यस क्षेत्रमा राम्रो सन्देश दिएको पुर्व सांसद अभिषेक प्रताप शाहले बताए। ‘यो अति सराहनीय काम हो, यसले आपसी मित्रता र सहयोगको राम्रो सन्देश दिएको छ’ उनले भने। ‘नेपाल–भारत सम्बन्धको अनुपम उदाहरण, आगो भारतमा लाग्यो निभाउन भारत सरकारले अनुदानमा दिएको नेपालको दमकल पुग्यो’ कृष्णगनरका स्थानीयबासी भन्छन। दमकल पठाउन स्थानीय प्रशासनले समते पहल गरको थियो।