लम्पी स्किनबाट बागमतीमा २६० पशु मरे
०३ जेष्ठ २०८०
•
२ मिनेट पाठ
लम्पी स्किनबाट बागमतीमा २६० पशु मरे
मकवानपुरको मनहरीमा लम्पी रोगी गाई।
पछिल्लो समय पशुमा देखिएको लम्पी स्किन रोगका कारण बागमती प्रदेशमा २६० पशु मरेका छन्। लम्पीको संक्रमणबाट बुधबार सम्ममा २६० गाईहरु मरेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।  




यो रोगबाट प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी मकवानपुर प्रभावित भएको छ। मकवानपुरमा हालसम्म १९७ वटा गाईहरु मरेका छन्। यस्तै सिन्धुलीमा ४७, नुवाकोटमा १०, काठमाडौंमा ४ र काभ्रेमा २ वटा गाई मरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। लम्पीबाट सबैभन्दा बढी प्रभावित मकवानपुरमा ४ हजार ८३५ वटा गाईमा संक्रमण भएको छ। सिन्धुलीमा सबैभन्दा बढी गाईमा संक्रमण पुष्टि भएपनि मृत्यु भने मकवानपुरको तुलनामा कम रहेको छ। सिन्धुलीमा ९ हजार ६३४ वटा गाईमा संक्रमण भएको छ। यहाँ हालसम्म ४७ वटा गाई मरेका छन्।

काठमाडौंमा ८३ वटा, ललितपुरमा ४० वटा, भक्तपुरमा एउटा, रामेछापमा एक हजार ९६५ वटा, काभ्रेमा ४०० वटा, नुवाकोटमा ३०० वटा, सिन्धुपाल्चोकमा ६ वटा, र चितवनमा एक हजार ६० वटा गाईमा लम्पीको संक्रमण पुष्टि भएको अधिकारीले बताए। संक्रामक विषाणुजन्य यस रोगबाट बागमती प्रदेशमा भैँसीमा खासै संक्रमण देखिएको छैन। यस प्रदेशमा अधिकांश गाईमा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ।

कृषि तथा पशु्पन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव शरणकुमार पाण्डेले लम्पी स्कीन रोगको संक्रमण हुँदा गाई भैँसीमा अत्याधिक ज्वरो आउने, पशु झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरुमा गिर्खा आउने र पछि गिर्खाहरु फुटी अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको संक्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा हुने गरेको जानकारी दिए।

हालसम्म लम्पी स्कीन रोग प्रदेशको १३ मध्ये १० जिल्लामा देखिएको उनले बताए। उनका अनुसार धादिङ, दोलखा र रसुवामा लम्पी स्कीनको संक्रमण देखा परेको छैन। यद्यपी रोगको संक्रमणको दर अनुसार पशुको मृत्युदर भने कमै रहेको बताइएको छ। रोगको संक्रमणबाट पशु मुत्युदर करिब ६ प्रतिशत रहेको भएपनि दुहुना पशुहरुको दूध उत्पादनमा भने धेरै नै ह्रास आएको सचिव पाण्डेको भनाइ छ। प्रदेशमा रोगको संक्रमणका कारण ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास आएको छ। प्रदेशमा तीव्र रुपमा फैलिरहेको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गाई भैँसीको स्वास्थ्य संरक्षण गर्न र दूध उत्पादनमा हुने कमीलाई न्युनीकरण गर्न विशेष कार्यक्रहरु सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ। रोग नियन्त्रणका लागि खोप अभियान समेत सञ्चालन भैरहेको छ।  
अर्को समाचार
लम्पी स्किनबाट ताप्लेजुङ र पाँचथरमा साढे ६ सय पशु मरे
१२ साउन २०८०
•
२ मिनेट पाठ
लम्पी स्किनबाट ताप्लेजुङ र पाँचथरमा साढे ६ सय पशु मरे
ताप्लेजुङको फुङलिङमा लम्पि स्किन बिरुद्धको खोप लगाईदैं । तस्बिर: नागरिक
लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार पाँचथरमा ४ सय ४० र ताप्लेजुङमा २ सय ७ गरी अहिले सम्म कूल ६ सय ४७ पशु मरेका हुन्।  




केन्द्रका प्रमुख डाक्टर मनोजकुमार महतोका अनुसार सबैभन्दा बढी गाई–गोरु मरेका छन्। पाँचथरमा मात्रै ४ सय ३७ वटा गाई–गोरु र ३ वटा भैंसी–राँगा मरेका छन्। लम्पी स्किनबाट ताप्लेजुङमा २ सय ६ वटा गाई–गोरु र एउटा भैंसीको मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ। केन्द्रका अनुसार ताप्लेजुङमा सबैभन्दा बढी पशु मिक्वाखोला गाउँपालिकामा मरेका छन्। त्यहाँ १ सय २ वटा गाई–गोरु मरेका छन्।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा भने लम्पी स्किनबाट अहिले सम्म पशुको मृत्यु भएको बिबरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार फुङलिङमा २२ वटा गाई–गोरु,पाथीभरा याङ्वरकमा १२ वटा,मेरिङदेनमा ३ वटा, मैवाखोलामा ३३ वटा, सिरिजङ्गामा २० वटा, आठराई त्रिबेणीमा १० वटा गाई–गोरु र सिदिङ्वामा ४ वटा गाई–गोरु र एउटा भैंसी–राँगा मरेका छन्। यस्तै पाँचथरको हिलिहाङ गाउँपालिकामा ४८ वटा गाई–गोरु र एउटा भैंसी–राँगा,फालेलुङ गाउँपालिकामा ७१ वटा गाई–गोरु, मिक्लाजुङ गाउँपालिकामा ७२ वटा गाई–गोरु र एउटा भैंसी–राँगा, याङ्वरक गाउँपालिकामा ११ वटा गाई–गोरु र एउटा भैंसी–राँगा मरेका केन्द्रले जानकारी दिएको छ।

यस्तै तुम्बेवा गाउँपालिकामा ७६ वटा गाई–गोरु,कुम्मायक गाउँपालिकामा ४५ वटा गाई–गोरु,फाल्गुनन्द गाउँपालिकामा २६ वटा गाई–गोरु र फिदिम नगरपालिकामा ८८ वटा गाई–गोरु मरेका छन्। ताप्लेजुङ र पाँचथरमा गरी ४१ हजार ७ सय २२ वटा पशु प्रभावित भएका छन्। त्यसमध्ये ४१ हजार ६ सय ८ गाई–गोरु र १ सय १४ वटा भैंसी–राँगा रहेको केन्द्रले जानकारी दिएको छ । दुई जिल्लामा अहिले सम्म २८ हजार ६ सय २५ वटा पशुलाई खोप लगाई सकिएको र खोप लगाउने क्रम जारी रहेको समेत केन्द्रले जनाएको छ। केन्द्रले लम्पि स्किन बिरुद्धको औषधि उपचारमा मात्रै हाल सम्म ५३ लाख ७० हजार रुपैयाँ खर्च भईसकेको समेत केन्द्रले जानकारी दिएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस