दलित महिलाको सहभागिता सुनिश्चित गर्न फेडोको माग
०५ जेष्ठ २०८०
•
४ मिनेट पाठ
दलित महिलाको सहभागिता सुनिश्चित गर्न फेडोको माग
फाइल तस्वीर
दलित महिला संघ (फेडो) गण्डकी प्रदेशले दलित महिलाको सहभागिता सुनिश्चित गर्न माग गरेको छ। फेडो गण्डकीको पोखरामा भएको दुई दिने प्रादेशिक सम्मेलनले राज्यका संरचनामा ३३ प्रतिशत महिला सहभागिता गर्दा दलित महिलाको सहभागिता पनि सुनिश्चित गर्नेसहित १८ बुँदे घोषणापत्र जारी गरेको हो।




उसले राजनीतिक दलहरूलाई पनि स्थानीयदेखि केन्द्रीय तहको समितिमा दलित महिलाको समानुपातिक प्रतिनिधित्व अनिवार्य गराउन माग गरेको छ।

फेडो गण्डकीले पटकपटक छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि कार्यान्वयन प्रभावकारी नभएकाले छुवाछुत र भेदभावलाई मानवताविरुद्धको सामाजिक अपराध कायम गरी यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाहीको व्यवस्था गर्न माग गरेको छ। उसले प्रत्येक अदालतमा जातीय छुवाछुत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न, राज्यले पालिकास्तरमा गठन गर्ने भनेर घोषणा गरेको छुवाछुत निगरानी केन्द्र तुरुन्तै गठन गरी प्रभावकारी कामको सुरुआत गर्न माग गरेको छ।

फेडो गण्डकीले समान कामको समान ज्याला सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न, महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी पुरुषसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न तथा धर्म, जात, संस्कार, परम्परा, रीतिरिवाजका नाममा महिलामाथि हुने सबैखालका विभेदको अन्त्य गर्न पनि माग गरेको छ।
फेडो गण्डकीले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको कार्यकालमा दलित सशक्तीकरण विधेयक बन्नुका साथै तत्कालीन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाइसके पनि सो विधेयक प्रदेशको प्रमुख सचिवको टेबुलमा रोकिएको भन्दै सो विधेयक यथाशीघ्र अगाडि बढाएर कार्यान्वयनमा ल्याउन माग गरेको छ। उसले गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् र विषयगत समिति समावेशी बनाएर दलित सहभागिता सुनिश्चित गर्न घुमाउरो पारामा माग गरेको छ।

दलित महिलाको शिक्षा, स्वास्थ्य तथा क्षमता विकासका लागि प्रदेश र स्थानीय तहसम्म दलित उत्तरदायी बजेट विनियोजन प्रणाली लागु गर्न, दलित महिलाको नेतृत्व विकास र नेतृत्वको अवसर सिर्जना र क्षमता विकासकेन्द्रित जनचेतना तथा मनोबल उच्च बनाउने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

त्यस्तै, दलितलाई राज्यले जीविकोपार्जन गर्न पुग्ने भूमि उपलब्ध गराउन तथा भूमिमाथि दलित महिलाको पनि समान स्वामित्व स्थापित गर्न माग गरिएको छ। सरकारी, गैरसरकारी तथा निजीलगायत रोजगारीका सबै क्षेत्रमा दलित महिलाको विशेष अवसरको व्यवस्था गर्न, क्षमता र दक्षता भएका दलित महिलालाई सोहीअनुरूप रोजगारीमा संलग्न गराउन, एक घर एक दलित महिला रोजगारको व्यवस्था गर्न पनि फेडो गण्डकीको माग छ। उसले दलित महिलाले सञ्चालन गरेका साना उद्योग तथा व्यवसायलाई संरक्षण र प्रवर्धन गर्नका लागि राज्यले बिनाधितो बिनाब्याज ऋण उपलब्ध गराउन माग गरेको छ। साथै मध्यम तथा ठूला उद्योग सञ्चालनका लागि सहूलियत ब्याजदरमा ऋणको व्यवस्था गर्दै बजारीकरणमा सहयोग गर्न माग गरिएको छ।

फेडो गण्डकीले समान कामको समान ज्याला सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न, महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी पुरुषसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न तथा धर्म, जात, संस्कार, परम्परा, रीतिरिवाजका नाममा महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्नपनि माग गरेको छ।

दलितलाई राज्यले जीविकोपार्जन गर्न पुग्ने भूमि उपलब्ध गराउन तथा भूमिमाथि दलित महिलाको पनि समान स्वामित्व स्थापित गर्न माग गरिएको छ।
फेडो गण्डकीले शैक्षिक पाठ्यक्रममा भएका लैंगिक तथा जातीय विभेद झल्कने पाठ्यसामग्री खारेज गरी महिला तथा दलितमैत्री पाठ्यक्रम समावेश गर्न, महिला र दलित महिलामाथि हुने सबै प्रकारका हिंसा, घरायसी यातना, यौनशोषण, बेचबिखन, बलात्कार लगायत घटनाका दोषीमाथि कडा कारबाहीको कानुनी व्यवस्था गर्न तथा हरेक पालिकामा पीडितलाई राख्ने सुरक्षित आवास गृहको व्यवस्था तत्काल मिलाउन माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै फेडोकी केन्द्रीय अध्यक्ष कला सुवर्णकारले पहिलेजस्तो प्रत्यक्ष रूपमा विभेद नभए पनि अप्रत्यक्ष रूपमा विभेद र छुवाछुत हुने गरेको बताइन्। उनले दलित जनप्रतिनिधिलाई बोलाएर विभेद गर्नुभन्दा कार्यक्रममै नबोलाउने गरेको गुनासो आएको भन्दै त्यस्तो स्थितिको अन्त्य गर्न राज्य लाग्नुपर्नेमा जोड दिइन्।

फेडोकी संस्थापक दुर्गा सोंवले प्रजातान्त्रिक आन्दोलन, पार्टी र समाजमा योगदान हुँदाहुँदै पनि दलित महिलामाथि विभेद कायम रहेको बताइन्। दलित महिलामाथि सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायत सबै क्षेत्रमा विभेद हुने गरेको उनको भनाइ छ। गण्डकी प्रदेश शिक्षित र सचेत नागरिक भएको प्रदेश भए पनि यहाँ पनि विभेद रहेको बताइन्।

पत्रकार सम्मेलनमा बोल्दै फेडोकी केन्द्रीय अध्यक्ष कला सुवर्णकारले पहिलेजस्तो प्रत्यक्ष रूपमा विभेद नभए पनि अप्रत्यक्ष रूपमा विभेद र छुवाछुत हुने गरेको बताइन्।
उनले भनिन्, ‘शिक्षित र सचेत नागरिक भएको गण्डकीमा कहिले अन्तरजातीय विवाह गरेकै कारणले नवजोडीले मृत्युवरण गर्नुपर्ने, कहिले किरियापुत्री भवन नदिएर विभेद गर्ने, कहिले वडाध्यक्षले वडा सदस्यमाथि विभेद गर्ने अनि कहिले भोजमा गएका दलितले ब्राह्मण भोजन छोएको भन्दै भतेर फाल्ने काम भएको छ। यस्तो समाजमा पनि यस्ता कहालीलाग्दा घटना हुँदा दुःख लाग्छ। यसले हामी सबैको शिर झुकाएको छ, लज्जित बनाएको छ।’

फेडो कास्कीकी सचिव कमला सुनारले पोखरामै कतिपय दलित विद्यार्थीलाई घरबेटीले कोठा भाडामा नदिने गरेको गुनासो गरिन्। उनले यस प्रकारको विभेद अन्त्य गर्न राज्यले नै वातावरण बनाउनुपर्नेमा जोड दिइन्। 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस