प्रदूषणले माघ सकसपूर्ण
२७ फागुन २०७३
•
९ मिनेट पाठ
प्रदूषणले माघ सकसपूर्ण
काठमाडौं- धेरै जाडो हुने महिना हो– माघ। अत्यधिक चिसो सहनुपर्छ माघमा। यसपटकको माघमा भने चिसो मात्रै सहेनन्, उपत्यकावासीले सास फेर्न पनि उत्तिकै सकस व्यहोरे। माघको २९ दिनमध्ये एक दिनबाहेक सबै दिन सकसमै बित्यो उपत्यकावासीको। कारण- उपत्यकाको धुवाँधुलोले भएको प्रदूषण। 




हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड भए पनि उपत्यकाको हावामा भने माघमा २४ सै घन्टा सरदर दोब्बर रह्यो।

अध्ययनले माघ महिनैभरि अत्यधिक प्रदूषण रहेको देखाएको हो। उपत्यकाको हावामा राष्ट्रिय मापदण्डले पार्टीकुलेट म्याटर (पिएम) २.५ का लागि ४० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ। तर, माघमा सरदर २४ सै घन्टा मापदण्डभन्दा दोब्बर प्रदूषित रहेको पाइयो।

आँखाले देख्न सकिने धुलाको कणलाई पिएम १० मा मापन गरिन्छ। पिएम २.५ मा आँखाले देख्न सकिनेभन्दा ४ गुणा साना कण हुन्छन्। वातावरणविद्का अनुसार पिएम २.५ मा कम आकारका धुलाका कण, कार्बन मोनोअक्साइड र नाइट्रोेजन अक्साइड हुन्छन्। यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन्। यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले सासनलीमा संक्रमण भई दीर्घकालीन समस्या निम्तने विज्ञ बताउँछन्।

राष्ट्रिय मापदण्ड पिएम २.५ को ४० र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २५ तोकेको छ। सरकारी मापदण्डलाई आधारमान्दा माघको प्रदूषण २४ सै घन्टा दोब्बर रह्यो भने डब्लुएचओको मापदण्डलाई आधार मान्दा उपत्यकाको प्रदूषण तीनगुणा भन्दा बढी रह्यो। वातावरणबारे स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले उपत्यकाको १२ ठाउँमा प्रदूषण मापन उपकरण राखेर गरेको अनुसन्धनले माघ महिनाको प्रदूषण यस्तो देखाएको हो। ‘सरदर माघ महिनाको २९ सै दिन प्रदूषणको मात्र मापदण्डभन्दा दोब्बर छ अर्थात् पीए २.५ को मात्र ७९ माइक्रोग्राम प्रतिघनमिटर छ,’ वातावरणविद् तथा दृष्टि काठमाडौंका अजय श्रेष्ठले भने, ‘यो सरदर तथ्यांक हो। समय छुट्ट्याएर हेर्ने हो भने माघ महिनाको अधिकांश बिहानमा पिएम २.५ को मात्र दुई सय माइक्रोग्राम प्रतिघनमिटर हारहारीमै पुगेको छ।’ राष्ट्रिय औसतभन्दा प्रदूषण बढी हुनुलाई (हानिकारक अवस्था) सास फेर्नै सकस भएको मानिन्छ।

यसअघि उपत्यकाको वायुको अवस्था र त्यसले स्वास्थ्यमा पार्ने असरबारे निरन्तर अध्ययनपछि स्वास्थ्य अनुसन्धान परिषद्ले वर्षमा २०७ दिन (५७.७ प्रतिशत) प्रदूषणको मात्रा पाएको थियो।

दृष्टि काठमाडौंले पनि गत असारबाट अनुसन्धान थालेकोमा कात्तिकयता पानी परेको एक दुई दिनबाहेक अन्य सबै दिन प्रदूषणको मात्र औसतभन्दा दोब्बर, तेब्बरमात्र नभएर कुनै दिन पाँच गुणासम्म बढी पाएको छ। पाँच गुणासम्म बढी भने प्रायः बिहानको समयमा हुने गरेको दृष्टि काठमाडौंका श्रेष्ठले बताए।

दिउँसो घाम लाग्दा हावामा भएको प्रदूषण उडाएर माथिमाथि लैजाने तर बिहानबेलुका हावा पनि नचल्ने अनि घाम पनि नलाग्ने भएपछि हावामा पिएम २.५ का कण बढी हुने हुँदा बिहानबेलुकाको समयमा बढी प्रदूषण हुने वातावरणविद् बताउँछन्।

वातावरण विभागले पनि पुस र माघ तुलनात्मक रूपमा बढी प्रदूषण हुने महिना मानेको छ। ‘जाडो महिनामा न पानी पर्छ न हावा चल्छ’, विभाग प्रदूषण शाखाका प्रमुख शंकरप्रसाद पौडेलले भने, ‘त्यसैले यी महिनामा तुलनात्मक बढी प्रदूषण हुने गर्दछ।’ यद्यपि पानी परेमा हावामा भएका मसिना कण भिज्न गई जमिनमा बस्ने हुँदा प्रदूषण घट्छ। माघ १५ गते पनि उपत्यकाको प्रदूषण घटेको देखिन्छ। २९ दिनमध्ये एक दिन राष्ट्रिय मापदण्डभित्र देखिएको हो। १४ गतेको दिन उपत्यकामा सामान्य वर्षात् भएको थियो। वर्षात्को कारणले हावामा भएका कणहरू भिजेपछि गह्रौं भई जमिनमा बसेका कारण १५ गतेको हावा स्वच्छ भएको विभागले जनाएको छ। तथ्यांकअनुसार अघिल्लो दिन पिएम २.५ को मात्रा बिहान ८ देखि ९ बजेसम्म १८५ माइक्रोग्राम प्रतिघनमिटर थियो भने माघ १५ गते सोही समयमा प्रदूषणको मात्रा घटेर २२ मा आएको थियो।

र्कायोजना तयार गर्दै विभाग

प्रदूषणको मात्र अत्यधिक भएपछि सरोकारवाला निकायले पनि चासो देखाएका छन्। यद्यपि प्रदूषण नियन्त्रणका लागि भने कसैले पनि केही कार्य थालेका छैनन्। ‘हामीले चासो नदिएको भन्न मिल्दैन’, वातावरण विभाग, प्रदूषण महाशाखाका प्रमुख पौडेलले भने, ‘तत्कालका लागि पानी छर्केर धुलो कम गर्ने काम गरिरहेका छौं। प्रदूषण नियन्त्रणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउँदैछौं।’ यसै आर्थिक वर्षभित्रै विभागले प्रदूषण कम गर्ने कार्ययोजना ल्याइसक्ने पौडेलले बताए। कार्ययोजना कार्यान्वयनमा आएमा आउँदो हिउँदमा प्रदूषणको मात्रा धेरै कमी हुने दाबी उनले गरे।

फोहोर नबाले घट्न सक्छ प्रदूषण

घरवरपरको फोहोर नबाल्ने हो भने पनि प्रदूषण घट्न सक्ने विज्ञहरू बताउँछन्। ‘अहिले कतिपय टोल तथा सडकमा थुप्रिएको फोहोरमा आगो लगाउने प्रचलन छ’, श्रेष्ठले भने, ‘यसैका कारण बिहानीपख प्रदूषणको मात्रा बढी हुने गरेको छ। यस्तो कार्य रोकिने हो भने पनि प्रदूषण घट्न सक्छ।’ विभागले पनि फोहोरजन्य पदार्थ नबाल्न सूचना प्रवाह गर्दै आएको छ। उपत्यकावासीले पनि प्रदूषण नियालेर यस्तो फोहोर तथा कृषिजन्य अवशेष बाल्न छोड्नुपर्ने विभागले जनायो। ‘यस्ता वस्तु बाल्दा आफैंलाई असर गरिरहेको छ भनेर उपत्यकावासीले बुझ्नु जरुरी छ’, विभागका पौडेलले भने। उपत्यकामा यस्तो फोहोर जलाउने कार्य रोक्दा पनि प्रदूषण घट्ने विभागको अनुमान छ।

उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलिन्छ। त्यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुने गरेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस