पर्साबाट प्रहरीले बिल बिजकभन्दा बढी सामान लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ। प्रहरीले बिआर ०५ जिसि ३०१७ नम्बरको भारतीय पिकअप नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार साँझ विभिन्न खुद्रा तथा लत्ताकपडाहरु लोड रहेको मालवाहक पिकअप ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गरेको थियो। सोही क्रममा बिल बिजक शङ्कास्पद देखिएकाले वीरगन्ज–२५ चण्डाल चोकस्थित सडकखण्डबाट उक्त पिकअप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको पिकअप र बरामद सामानको मूल्याङ्कन १७ लाख ३९ हजार ४ सय ४८ रुपैयाँ कायम गरी थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।