प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्रपति भक्तपुरको नवदुर्गा देवगण दर्शनका लागि नवदुर्गा द्योछें (देवता घर) आउने धेरैलाई जानकारी छ। तर यसको विविध पक्षबारे धेरैलाई जानकारी नहुन सक्छ।
नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान बनमालाका अनुसार नवदुर्गा देवताहरु पनि सम्पूर्ण प्राणीहरुको जीवनचक्र जस्तै जन्मने र मृत्यु हुने गर्दछ।
नाच देखाउँंदै देवगण।उनका अनुसार प्रत्येक वर्ष सिथि नखा (यो वर्ष भोलि बिहीबार) बाट नवदुर्गा देवता बिरामी हुने विश्वास छ। त्यही अनुसार बिहीबार हेरचाहमा आउन सर्वसाधारणलाई आह्वान गरिन्छ, उनले भने, त्यसपछि प्रत्येक वर्ष भलभल अष्टमी (यो वर्ष जेठ २८ गते आइतबार) का दिन भक्तपुर नगर परिक्रमा गरी भनपा वडा नं. ९ स्थित ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा नवदुर्गा जले बिज्याकेगु (अग्नि समायोजन) गर्ने गरिन्छ अर्थात् मृत्यु हुने गर्दछ। उनका अनुसार यसरी यस वर्षको नवदुर्गाको जात्रा तथा नाच र जीवन समाप्त हुने गर्दछ।
भनपा ९ स्थित द्योछें अर्थात् देवता घर।नवदुर्गा देवगण जीवित देवी हुन्। मुकुण्डो लगाएर नाचमा यी देवगणहरु सहभागी हुन्छन्। यसरी मृत्युपछि अर्को वर्षका लागि नयाँ अनुहार देवगणका रुपमा आउँछन्। भक्तपुरका नवदुर्गाका यी देवगणहरु भक्तपुरसहित काठमाडौं, ललितपुरका साथै काभ्रको साँंगा, बनेपा, धुलिखेललगायतका ठाउँ ठाउँमा पनि ङालाकेगु जात्रा (नवदुर्गा नाच) को प्रदर्शनका लागि पुग्ने गर्दछन्।
परम्परा अनुसार भक्तपुर दरबार क्षेत्र नजिक इछु टोलमा प्रत्येक वर्षको अन्तिम ङालाकेगु जात्रा (नाच) प्रदर्शन गरिन्छ। यो वर्ष जेठ २५ गते भक्तपुर दरबार क्षेत्रको मूल चोकमा सिंजा नकेगु (अन्तिम भोज) ग्रहण तथा रात्रिकालीन नवदुर्गा नाच प्रदर्शन गरिन्छ। यसपछि यो वर्षको नवदुर्गा जात्रा सम्पन्न हुन्छ।
भक्तपुर नगरपालिका वडा नं. ९, गछेँ टोलमा रहेको श्री नवदुर्गा मन्दिर भक्तपुर नगरको प्रसिद्ध मन्दिर हो। यही द्योछें (देवता) घरमा देवगणहरु बस्ने गर्दछन्। मानव समाजमा आधारित यस नवदुर्गा भवानीको प्रसिद्ध ङालाकेगु जात्रा मल्लकालीनदेखि हालसम्म निरन्तर सञ्चालनमा रहेको बताइन्छ।
हरेक वर्ष आठ महिना मकुण्डोसहितको र चार महिना मकुण्डोबिनाको जात्रा नवदुर्गा भवानीको विभिन्न तिथिमितिहरूमा विभिन्न तान्त्रिक पूजा आजासहित हुन्छ। हरेक वर्ष सिथि चःह्रे तिथि (यो वर्ष पच्छिलो बिहीबार) पश्चात् ऐतिहासिक नवदुर्गा मन्दिरभित्रको चोकमा नवदुर्गाको देवाली पूजा (स्वं छा) हुन्छ।
यस वर्ष जेठ ७ गते आइतबारको दिन उक्त पूजा गरिएको थियो। नेवार समुदायमा हरेक वर्ष परिवारको सुस्वास्थ्य, कुल शान्ति, प्रकृतिसँग सामना गर्ने आधार शक्ति प्राप्ति तथा परिवारको सुखशान्तिका लागि कुल देवतालाई पूजा गर्ने परम्परा रहेको छ। नवदुर्गा मन्दिरमा पनि हरेक वर्ष नवदुर्गाको देवाली पूजा हुने गर्दछ। नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा सुरु हुने जनविश्वास छ। देवगणहरू वर्षभरि आउने विभिन्न चुनौती तथा सामना समाधान होस्, आफूले गरेको कामको सफलता मिलोस्, दिन दशा राम्रो होस्, परिवारको सुस्वास्थ्य तथा शान्तिको कामना गरी देवाली पूजा गर्ने गर्छन्।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...