“नदीको गन्धले बस्न सकिँदैन, अब घर छोडेर कहाँ जाने ? सिर्सिया नदिको पानीले हात खुट्टा पनि धोयो कि चिलाउने घाउ भई स्वास्थ्यमा समस्या भइदिन्छ, गाई बस्तुलाई पानी खुवाउने, नुहाउने कुनै घरायसी काम गर्न सक्दैनौ।”
परवानीपुर ३ महरा टोलकी ५५ वर्षीय गया देवी सिर्सिया नदिको दुर्गन्धले आफूलाई सहनु परेको पिडा सरकारलाई सुनाउन चाहन्छिन् जस कारण उनी विगत ७ दिन देखी काठमाडौं सम्मका पैदल यात्रामा हिडेकि छिन। १ सय ५० घरधुरी रहेको सो बस्ती सिर्सिया नदिको किनारमा छ।
विवाह गरेर आउँदा नदिको पानी सफा र पिउने योग्य थियो तर अहिले उद्योग–कारखानाको फोहोर पानी सोझै नदीमा मिसाउने गर्दा गन्धले बस्न नै नसक्ने अवस्था सिर्जना भएको उनले बताइन्। नदिको पानीमा पस्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।
वीरगन्जको सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनका लागी सुरु गरिएको काठमाडौं सम्मको पदयात्राको बुधबार ७ औं दिन पुरा भएको छ। विभिन्न कठिन परिस्थितिको सामना गर्दै अभियन्ताहरू अहिले नारायणगढ हुँदै मुग्लिङ बजार सम्म पुगेका छन्।
संघिय सरकारलाई दबाब दिने उद्देश्यका साथ पर्सा, बारा, रौतहट, सिरहा महोत्तरी तथा धनुषा लगायतका जिल्लाहरुबाट करिब ३५ जना सामाजिक अभियन्ताको समूह नदीको प्रदूषित पानी लिएर गत बिहीबार पैदल काठमाडौं तर्फ प्रस्थान गरे। तर अहिले १० जना अभियन्ताको स्वास्थ्यमा समस्या आएपछि उनीहरू घर तर्फ फर्केका छन्।
पैदल यात्रामा अहिले १८ जना महिला र ७ जना पुरुष गरी २५ जनाको समूह एकजुट भएर नदिको प्रदूषित पानी काँधमा लिएर हिँडेका छन्। प्रदेश र स्थानीय सरकारबाट केही नभएपछि संघिय सरकारको ध्यानाकर्षण गराउन पैदल अभियानको सुरुवात गरिएको अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले बताए।
अभियानमा हिँडेको ७ दिन बिति सक्दा समेत अहिले सम्म सम्बन्धित निकायको कुनै प्रतिक्रिया नआएको उनले बताए। अभियान सुरु गर्नु अभि वीरगन्ज महानगरका मेयर राजेशमान सिंह सँग भेटेर नदिको प्रदूषणको बारेमा जानकारी गराउँदा आफूहरूको साथ र सहयोग रहेको मौखिक जानकारी दिएको उनी बत्ताउँछन्।
सरकारलाई नदी प्रदूषणको विषयमा कुनै चासो नभएको उनको भनाइ छ। अहिले केन्द्रीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल हुन्। उनको गृह जिल्ला पर्सा रहेता पनि आफ्नै जिल्लाको समस्या प्रति उनी गम्भीर नभएको कुरा दुखद भएको अध्यक्ष यादवको भनाइ छ।
कसरी भयो सिर्सिया नदी दूषित?
करिब २०/२५ वर्ष अघि सम्म सिर्सिया नदिको पानीले यस क्षेत्रका स्थानीयहरु घरायसी कार्य देखी लिएर कृषि कार्य गर्ने गर्थे। सफा सिर्सिया नदीको पानी पिउँथ्यौँ धार्मिक कार्यमा नुहाउँथ्यौ भन्ने कुरा अहिले किंवदन्ती जस्तो लाग्छ। गङ्गा जी को रूप मानेर विवाह भोजका खानामा शुद्धताका लागी यस नदिको जल स्थानीयले प्रयोग गर्थे। तर वीरगन्ज महानगर भएर बग्ने अहिले सिर्सियामा कालो र गन्हाउने पानी बगिरहेको छ।
अहिले सफा सिर्सिया नदिको पानी विषालु भएको पाइन्छ। त्यो पानी गाई वस्तुलाई समेत पिलाउन मिल्दैन। स्थानीय मानिसका अनुसार नदिको पानीमा नुहाए जीउमा घाउ खटिरा निस्कन्छ।
मानिसहरू धार्मिक आस्थाका कारण छठ पर्व बाहेक अन्य कुनै काममा नदिको पानी प्रयोग गरेको पाइँदैन। छठ पर्वमा नदी किनारमा दर्जनौँ छठ घाट बनाइन्छन्। तर, व्रतालुले नदीको पानीमा डुबुल्की मारेर निर्धक्कसँग छठी मइयाको पूजा र सूर्यको आराधना गर्न पाउँदैनन्। नदी छेउका मानिसहरू यसको विषालु पानी देखी डराउँछन्। गाई बस्तुलाई समेत पानी खान दिइदैन्।
नदिमा छोडिएको उद्योगको केमिकलले कहिले काहि यस क्षेत्रका स्थानीयहरु बिरामी समेत पर्ने गरेका छन्। दुर्गन्धले आसपासका मानिसलाई बस्न समेत गा¥हो हुने गरेको छ। छठ घाट व्यवस्थापन समितिका अगुवाहरू छठ व्रतका लागि नदी सफा बनाइदिन आग्रह गर्दै प्रहरी–प्रशासनमा हरेक वर्ष धाउनुपर्ने हुन्छ। हारगुहारपछि उद्योग केही दिन बन्द हुन्छ, नदीमा अलि सफा पानी बग्छ।
नदी किनारसम्म पुगेर स्थानीयले छठ मनाउँछन्। त्यसको केही दिनमा नदी पहिलेकै अवस्थामा फर्कन्छ। जिल्लाको उत्तरी भेगका मानिसहरू नदिको सफा पानीले घरायसी काम धन्दा समेत गर्छन् तर दक्षिणी भेगमा आएपछि उद्योग कारखानाको लापरबाहीले गर्दा नदी दूषित हुन्छ। उद्योग–कारखानाबाट निस्किएको फोहोर पानी प्रशोधन नै नगरी नदीमा मिसाइएको छ। यसरी वर्षौँदेखि नदी प्रदूषण भइरहँदा न नियमनकारी निकायले चासो दिएका छ न त उद्योगहरूलाई जिम्मेवार बन्नुपर्छ भन्ने चेत नै पलाएको छ।
नदिमा उद्योग–कारखानाको मनपरी
वीरगन्ज पथलैया क्षेत्रमा चार दशकयता उद्योग खुल्ने क्रम बढेपछि २०३५ साल यता औद्योगिक प्रदूषणको चपेटामा परेको हो। यस क्षेत्रमा साना, मझौला र ठूला गरी दुई हजार हाराहारीमा उद्योग–कारखाना छन्। कतिपयले खुलेआम त अन्यले नदेखिने गरी भूमिगत नालाबाट सिर्सिया नदीमा फोहोर पानी पठाउँछन्।
नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदिना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर लगायत वीरगन्ज महानगर क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित छन्। पानी प्रदूषित भएका कारण नदीमा जलचरा पाइँदैनन्।
चुरे हुँदै पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको सफा सिर्सया नदिको पानीको मुहान पथलैयाको जगदम्बा उद्योगको अगाडी पुगेपछि दूषित भएको पाइन्छ। जितपुर सिमरा अन्तर्गत रहेका केही उद्योगका कारण अहिले नदी दूषित भएको छ। जितपुरको रातो पुल देखी जनहित उपभोक्ता समिति सम्मको क्षेत्रमा नदिलाई टुकुचा जस्तो बनाइ अतिक्रमण गरिएको छ।
उद्योगहरुले निजी स्वार्थका लागी खोलालाई सानो कुलोको रुपमा परिणत गरिएको छ। जगंलबाट निस्कने पानीको माथिल्लो लेअर अहिले उद्योग–कलकारखानाले गर्दा सुख्खा भएको छ। नदिमा अहिले सफा पानी नभई उद्योगबाट निस्केको फोहोर पानी छ। जगदम्बा उद्योगले नदिको मुहानलाई मिचेर नालामा परिणत गरेको छ। सूर्या नेपालले नदी नै पर्खाल लगाएर मिचेको छ। नदिको बिचमा डिप बोरिङ्ग लगाइएको छ। छाला कारखाना जस्ता औद्योगिक करिडोर अन्तर्गत रहेका नदी आसपासका कलकारखानाले नदिमा दूषित पानी मिसाउने गरेका छन्।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरका छाला, स्टिल, सिमेन्ट, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुन, औषधि उद्योगबाट निस्कने रसायन तथा विकार प्रशोधन नगरी नदीमा हाल्ने गरिएको छ।
छाला उद्योगले लेदो शुद्धीकरण नगरी नदीमा विसर्जन गर्छ। स्थानीयले मृत चौपाया लगायतका फोहोर नदी मै फाल्छन्। कोरोना महामारीका कारण उद्योगधन्दा पूर्ण रूपमा सञ्चालन नहुँदा नदी कम प्रदूषित देखिएको थियो। तर तिन तहको लापरबाहीले गर्दा अहिले नदी अभिभावक विहीन बनेको छ। नदिको संरक्षण कसले गर्ने? भन्ने प्रश्न उठेको छ।

“मेयर जी ले मौखिक समर्थन जनाउनु भएछ, केही दिन अघि संसद्मा सांसद प्रदीप यादव जी ले पनि आवाज उठाउनु भयो तर अहिले सम्म हामी कुन अवस्थामा छौं भन्ने बारेमा कसैले सोध्नु भएको छैन।”वीरगन्ज देखी काठमाडौं सम्मको पैदल यात्रा सहज नभएको उनले बताए। ‘आफूहरूको मागलाई सरकारले गम्भीरताका साथ देखि दिएको भए अहिले सम्म वार्ताको लागी बिच बाटो बाटै बोलाउँथ्यो,’ उनले भने।
सरकारलाई नदी प्रदूषणको विषयमा कुनै चासो नभएको उनको भनाइ छ। अहिले केन्द्रीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल हुन्। उनको गृह जिल्ला पर्सा रहेता पनि आफ्नै जिल्लाको समस्या प्रति उनी गम्भीर नभएको कुरा दुखद भएको अध्यक्ष यादवको भनाइ छ।
“उद्योग मन्त्री जी लाई सबै कुराको यर्थाथ थाहा छ, तर पनि उहाँले चासो नलिनु भनेको दुखद हो, चुनावको बेलामा सबै नेताहरुले सिर्सिया नदिको प्रदूषणको कुरा उठाउँछ, तर अहिले सबै जना मौन बसेका छन्।”मन्त्री रिजालका स्वकीय सचिव राकेश यादवले फेसबुकमा जानकारी भए पनि अहिले सम्म यस विषयमा आधिकारिक जानकारी नआएको बताए। तर अभियन्ताहरू काठमाडौं पुगेपछि मन्त्री रिजालसँग यस विषयमा कुराकानी गर्ने उनले बताए।
“मन्त्री जी को भारत जाने करा चल्दै छ तर डेट भने अहिले फिक्स भएको छैन, उहाँ त्यस समय भारत नगए यस विषयमा बसेर छलफल हुने छ।”यता वीरगन्ज महानगरका मेयर सिंहले भने आफू तन मन धनले अभियन्ताहरुको साथमा रहेको सुनाउँछन्।