चन्द्रपुर नगरपालिकाले अवैध रुपमा दियो चुरे दोहनको अनुमति
१४ जेष्ठ २०८०
•
२ मिनेट पाठ

चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।

चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले आश्रय निर्माण सेवालाई चार सय टिपर गिटी उत्खननको अनुमति प्रदान गरिएको बताए। आश्रय निर्माण सेवाले चाँदी नदी उत्खननको लागि दश लाख रुपैया र बागमतीका लागि रेलवे ठेकेदारले ७५ लाख रुपैया नगरपालिकामा जम्मा गरेको नगर प्रमुख काफ्ले बताउछन्।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालित क्षेत्रमा नै चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएपछि चौतर्फीआलोचना हुन थालेको छ।
नगरपालिकाले अनुमति दिएपछि आश्रय निर्माण सेवाले नदीमा स्काभेटर लगाएर उत्खनन गरिरहेको छ। उत्खनन गरी निर्माण कम्पनीले सन्तपुरमा रहेको क्रसर उद्योगमा भन्डारण गरिरहेको छ।

चुरे क्षेत्रमा उत्खनन गर्नु अवैध रहेको डिभिजन वन कार्यालय चन्द्रनिहापुरले जनाएको छ। वन प्रमुख सुनीलकुमार कर्णले पािलकाले चुरे क्षेत्रमा कुनै व्यक्तिलाई उत्खननको अनुमति दिन नमिल्ने र चन्द्रनिगाहपुर नगरपालिकाले दिएको अनुमति तथा भइरहेको उत्खनन अवैध रहेको बताए। उनले चुरे क्षेत्रमा उत्खनन गर्नु नियम विपरीत भएको बताउँदै चुरे क्षेत्रमा जथाभावी उत्खनन गर्दा ठूलो समस्या निम्तिने चेतावनी पनि दिएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चाँदी नदीमा भइरहेको उत्खनन नियमानुसार भए नभएको हेर्न रौतहट प्रहरी प्रमुखलाई आफूले निर्देशन दिएका बताएका छन्। प्रजिअ मिश्रले उत्खनन नियमानुसार नभए रोक्न भनेको स्पष्ट पारेका छन्।

वन क्षेत्र निरन्तर घटिरहेको रौतहटको उत्तरी क्षेत्रमा बग्ने नदीहरुमा पानीको मात्रा कम हुँदै गएको छ। चुरे क्षेत्रको अत्यधिक दोहन हुँदा चुरे क्षेत्रमा पानीको अभाव हुन थालेको छ। चुरे क्षेत्रको अत्यधिक दोहन हुँदा प्राकृतिक विपत्तिको त्रास पनि बढेको छ।

वन क्षेत्रको दोहन तथा गिटी र बालुवाको अत्यधिक उत्खननले रौतहटको जमिनमा पानीको सतह तल तल सर्दै गएको पाइएको छ। गत असोजदेखि यता खासै पानी नपरेको रौतहटको तल्लो क्षेत्रमा चुरे दोहनको कारण सुख्खाको कारण बालीनालीमा गम्भीर असर परेको देखिएको छ।

रौतहटमा गत २०६७ सालदेखि चुरे संरक्षणको लागि विभिन्न कार्यक्रम संचालनमा आएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई गिज्याउँदै चन्द्रपुर नगरपालिकाले वातावरणीय क्षतिलाई विचार नगरी पैसाकै लागि चुरे क्षेत्र दोहनको अनुमति दिँदा आलोचना सुरु भएको छ।
अर्को समाचार
चन्द्रपुर नगरपालिकाले दियो चुरे दोहनको अनुमति
१४ जेष्ठ २०८०
•
२ मिनेट पाठ
चन्द्रपुर नगरपालिकाले दियो चुरे दोहनको अनुमति
चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।

चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्लेले आश्रय निर्माण सेवालाई चार सय टिपर गिटी उत्खननको अनुमति प्रदान गरिएको बताए। आश्रय निर्माण सेवाले चाँदी नदी उत्खननको लागि दश लाख रुपैया र बागमतीका लागि रेलवे ठेकेदारले ७५ लाख रुपैया नगरपालिकामा जम्मा गरेको नगर प्रमुख काफ्ले बताउछन्।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालित क्षेत्रमा नै चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएपछि चौतर्फी आलोचना हुन थालेको छ।
नगरपालिकाले अनुमति दिएपछि आश्रय निर्माण सेवाले नदीमा स्काभेटर लगाएर उत्खनन गरिरहेको छ। उत्खनन गरी निर्माण कम्पनीले सन्तपुरमा रहेको क्रसर उद्योगमा भन्डारण गरिरहेको छ।

चुरे क्षेत्रमा उत्खनन गर्नु अवैध रहेको डिभिजन वन कार्यालय चन्द्रनिहापुरले जनाएको छ। वन प्रमुख सुनीलकुमार कर्णले पािलकाले चुरे क्षेत्रमा कुनै व्यक्तिलाई उत्खननको अनुमति दिन नमिल्ने र चन्द्रनिगाहपुर नगरपालिकाले दिएको अनुमति तथा भइरहेको उत्खनन अवैध रहेको बताए। उनले चुरे क्षेत्रमा उत्खनन गर्नु नियम विपरीत भएको बताउँदै चुरे क्षेत्रमा जथाभावी उत्खनन गर्दा ठूलो समस्या निम्तिने चेतावनी पनि दिएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चाँदी नदीमा भइरहेको उत्खनन नियमानुसार भए नभएको हेर्न रौतहट प्रहरी प्रमुखलाई आफूले निर्देशन दिएका बताएका छन्। प्रजिअ मिश्रले उत्खनन नियमानुसार नभए रोक्न भनेको स्पष्ट पारेका छन्।

वन क्षेत्र निरन्तर घटिरहेको रौतहटको उत्तरी क्षेत्रमा बग्ने नदीहरुमा पानीको मात्रा कम हुँदै गएको छ। चुरे क्षेत्रको अत्यधिक दोहन हुँदा चुरे क्षेत्रमा पानीको अभाव हुन थालेको छ। चुरे क्षेत्रको अत्यधिक दोहन हुँदा प्राकृतिक विपत्तिको त्रास पनि बढेको छ।

वन क्षेत्रको दोहन तथा गिटी र बालुवाको अत्यधिक उत्खननले रौतहटको जमिनमा पानीको सतह तल तल सर्दै गएको पाइएको छ। गत असोजदेखि यता खासै पानी नपरेको रौतहटको तल्लो क्षेत्रमा चुरे दोहनको कारण सुख्खाको कारण बालीनालीमा गम्भीर असर परेको देखिएको छ।

रौतहटमा गत २०६७ सालदेखि चुरे संरक्षणको लागि विभिन्न कार्यक्रम संचालनमा आएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई गिज्याउँदै चन्द्रपुर नगरपालिकाले वातावरणीय क्षतिलाई विचार नगरी पैसाकै लागि चुरे क्षेत्र दोहनको अनुमति दिँदा आलोचना सुरु भएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस