आकाशमा खतरनाक बादल!
११ चैत्र २०७३
•
५ मिनेट पाठ
आकाशमा खतरनाक बादल!
काठमाडौं- हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्।




तपाईंलाई थाहा छ? कति थरी हुन्छन् आकाशमा बादल? अनि कुन बादल कस्तो प्रभाव पार्ने खालको हुन्छ?

मौसमविद्का अनुसार आकाशमा तीन तहका दसथरी बादल हुन्छन्। 'कुनै बादल मानवका लागि एकदमै जोखिमयुक्त त कुनै कम जोखिमयुक्त हुन्छन्', वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले नागरिकस“ग भने, 'यसपालिको प्रारम्भिक मौसममै खतरनाक बादल सक्रिय भइरहेको देखिन्छ।'

उनका अनुसार अहिले नेपाली आकाशमा 'क्युमोलोनिम्बस' नामक बादल सबैभन्दा सक्रिय हुन्छ जुन मानवका लागि निकै खतरनाक मानिन्छ।

विश्व मौसम संगठनले बिहीबार समापन गरिएको मौसम दिवसको यसपटकको नारा नै 'बादललाई बुझौं' राखेकाले संसारभर बादलका प्रकार, चरित्र र गतिविधिबारे चर्चा भए। यही चर्चास“गै जल तथा मौसम विज्ञान विभागले पनि आमनागरिकलाई बादलबारे बुझाउने प्रयास गर्‍यो।

दिवस समापन कार्यक्रममा बिहीबार बादलबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका युवा अनुसन्धानकर्ता सुमनकुमार भट्टराईले भने, 'बादल धेरै किसिमका छन्। बादल लाग्ने कारण पनि फरक छन् र चरित्र पनि। यति मात्र होइन, वायुमण्डलको तहअनुसार बादल देखिन्छ।'

उनका अनुसार आम नागरिकले बादल छुट्ट्याउन नसके पनि मौसमबारे अध्ययन गरेका विद्यार्थी र विज्ञले केही बादललाई सामान्य रुपमा ठम्याउन सक्छन्। भट्टराई अनुसार बादल तीन तहमा बस्छ। पहिलो जमिनको सतहबाट ६ हजार ५ सय फिट माथिसम्म, दोस्रो ६ हजार ५ सय फिटदेखि ३३ हजार फिटसम्म र तेस्रो १६ हजार ६ सयदेखि ४५ हजार फिटसम्म।

शाक्यले भनेजस्तो दस प्रकारका बादलको नाम शब्दकोशमा पनि छैन। उनका अुनसार तीन तहमध्ये पहिलो तहमा स्टाट्स, स्टाटोक्युमोलस, क्युमोलस, निम्बोस्टाटस, क्मोलोनिम्बस, दोस्रो तहमा अल्टो स्टाट्स, अल्टो क्युमोलस र तेस्रोमा सिरस, सिरोक्युमोलस र सिरोस्टाट्स बादल रहन्छन्।

उनले क्युमोलोनिम्बस (सिबी) बादलले थोरै समयमा धेरै पानी पार्छ। सबैभन्दा धेरै पानी पार्ने बादल यही हो। ६५ सय फिटमाथिबाट बन्ने यो बादल वायुमण्डलको उच्च तहसम्म बस्छ। तलदेखि माथि ठाडो गरी एकदम बाक्लो अवस्थामा बसेको हुन्छ। कपासजस्तो बाक्लो खुजमुज्ज भएर बस्छ। 'मुसलधारे पानी पार्ने बादल यही हो', शाक्यले भने, 'यो बादल लागेको बेला चट्ट्याङ पनि धेरै पर्छ। बाढीको सम्भावना बढी हुन्छ। यसबाट नेपालमा धेरै मानवीय क्षति पनि भइरहेको छ।'

विमानचालकलाई मौसमसम्बन्धी तालिम दिँदै आएका उनले विमान चालकहरु क्युमोलोनिम्बस बादलस“ग धेरै डराउने गरेको बताए। 'यो बादलभित्र विमान पस्यो भने दुर्घटनाको सम्भावना बढी हुन्छ', शाक्यले भने, 'विमान उडाउँदा सिबी क्लाउड आयो भने पाइलटहरु धेरै आत्तिन्छन्। यसले एयर ट्राफिकलाई सधैँ जोखिममा राख्छ।'

युवा अनुसन्धानकर्ता भट्टराई यही बादलका कारण विमान दुर्घटना भएका उदाहरण रहेको बताउँछन्। उनका अनुसार मनसुन सुरु भएपछि दोस्रो तहमा हुने बादल सक्रिय हुन्छन्। 'यस्तो बेला चट्याङ पर्ने र थोरै अवधिमा धेरै वर्षा हँुदैन तर नियमित रुपमा घन्टौंसम्म वर्षा भइरहन्छ। यो वायुमण्डलमा धेरै क्षेत्रफल ओगटेर बसेको हुन्छ', भट्टराईले भने।

उनका अनुसार वायुमण्डलको माथिल्लो तह (तेस्रो) मा हुने बादलले त्यति पानी पार्दैन। जमिनबाट ४५ हजार फिटसम्म हुने यो बादलबाट पर्ने पानी जमिनसम्म थोरै मात्र आइपुग्छ। मौसमविद्का अनुसार यीबाहेकका अन्य बादलको चरित्र र गतिविधि ‰वाट्ट हेरेर छुट्ट्याउन सकिँदैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस