काठमाडौं- भक्तपुरको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने भएका छन्। जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिन आफूले जिब्रो छेड्ने निर्णय गरेको उनले बताए। वागश्रेष्ठ मध्यपुर थिमि नगरपालिका–८ बोडेका बासिन्दा हुन्। ४५ वर्षीय वागश्रेष्ठ कोरिया मैत्री अस्पतालमा एम्बुलेन्स चालक छन्।
गत आठ वर्षदेखि मध्यपुर थिमीका ३८ वर्षका जुजुभाई बाँसश्रेष्ठले जिब्रो छेड्दै आएका थिए। यसपटक उनले श्रीमती र भाउजु बिरामी भएका कारण जिब्रो नछेड्ने घोषणा गरेका थिए।
यसपाली जिब्रो छेड्न लागेका वागश्रेष्ठ एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष समेत हुन्। यसअघि पनि उनले ०६२ देखि ०६५ सम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए। जुजुभाईले जिब्रो नछेड्ने बताएपछि परम्परा हराउने चिन्ता समुदाय र स्थानीय निकायले व्यक्त गरेका कारण आफू फेरि जिब्रो छेड्न तयार भएको वागश्रेष्ठले बताए।
'विभिन्न रोगका कारण विरामी थिएँ। डाक्टरले बाँच्दैन भनेको वर्ष मैले जिब्रो छेडेँ, मेरो रोग निको भया,े' वागश्रेष्ठले भनेे 'अहिले सबै ठीक छ। भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि आठ वर्षपछि जिब्रो छेड्ने निर्णय गरेको हुँ।'
२०६२ मा उनले जिब्रो छेड्नुअघि उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर जिब्रो छेडेर यो परम्परालाई जोगाएका थिए।
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्षमा ४४ हजार रुपैयाँ सहयोग गरेकोमा यसपाली जात्राका लागि रकम बढाएर सहयोग गर्ने नगरपालिकाका कानून अधिकृत केशव सिलवालले बताए।
हरेक वर्ष चैत मसान्तको दिन बोडेको महालक्ष्मी भैरव मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि बैशाख २ गते १२ बजदेखि १ बजेको बीचमा बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ।
जिब्रो छेड्ने १० इञ्च लामो सुइरो नकर्मीले एक महिनाअघि नै बनाएर तेलमा डुबाइराख्छन्। देवीदेवताको पूजा गरी त्यही सुइरोले हजारौं मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा छ। जिब्रो छेडेका व्यक्तिलेे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुमाउँछन्। त्यसपछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबाँया ठोकिन्छ।
छेडिएर भएको जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गर्छन्। जिब्रोको घाउमा महालक्ष्मीको माटो लगाए निको हुने र अन्य औषधि लाउनु नपर्ने विश्वास नेवार समुदायमा छ।