मदिरा व्यवस्थापनका लागि मदिरा कार्डको प्रयोग गर्दै आएको गौमुल गाउँपालिकाले विक्री वितरण र सेवन कार्यमा थप कडाइ गर्ने निर्णय गरेको छ। पालिकाको जानकारी विना नै मदिरा कार्डको प्रयोग नगरी सेवन गर्नेहरुको संख्या बढेको र पारिवारीक समस्या बढ्न थालेपछि थप कडाई गर्न लागिएको हो।
दुर्गम गाउँमा खुलेआम मदिरा विक्री हुने र सेवक कर्ताहरुले मदिरा कार्ड विना नै प्रयोग गर्ने गरेको जनगुनासो बढेपछि मदिरा कार्डको प्रभावकारी प्रयोगका लागि थप कडाइ गर्न लागिएको पालिका उपाध्यक्ष सिता थापाले बताएकी छन्। गाउँपालिकाले गएको पाँच वर्षदेखि नै मदिरा कार्डको प्रयोग गर्दै आएको छ।
मदिरा निषेध नगर्ने र प्रयोग कर्ताले पालिकालाई राजस्व तिरेर मदिरा कार्ड प्रयोग गरेर मात्रै खानु पर्ने सुझाव नीति लिएको छ। मदिरा व्यवस्थापन गर्न सहज पनि हुने र खानेको पनि सूची जानकारीमा रहने भएकोले पालिकाले मदिरा कार्डको नीति लिएको हो।
पालिकाले मदिरा कार्डलाई नै प्रभावकारी बनाउन कार्डको प्रयोग विना खाने र विक्री वितरण गर्ने बारे सूचना दिने सर्वसाधारणलाई पुरस्कार दिने निर्णय गरेको छ। नाम गोप्यमा राखिने गरि गाउँ स्तरबाट जानकारी गराउने जुनसुकै व्यक्तिलाई पनि एक हजार रुपैया पुरस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टले बताएका छन्।
गाउँपालिकाले सर्वसाधारण जनताको स्वास्थ्य तथा आर्थिक हित कायम राख्न र समाजलाई सभ्य, शान्ततथा सकारात्मक बाटोमा लैजान मदिराको नियन्त्रण तथा व्यवस्थापन गर्न २०७५ सालमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको थियो।
गाउँपालिकाको नियम विपरीत मदिरा पिउने, पैठारी गर्ने, घरेलु मदिरा उत्पादन गरेको र कुनै पनि व्यक्तिले तोकिएको भन्दा बढी सेवन गरि समाजमा अनैतिक क्रियाकलाप गरेको खबर सम्बन्धित निकायमा पुर्याउने व्यक्तिलाई गाउँपालिकाले पुरस्कार स्वरुप एक हजार रुपैयाँ दिने घोषणा पनि थप नियन्त्रण र व्यवस्थीत हुने विश्वास गरिएको छ।
खबर गर्ने व्यक्तिको नाम भने गोप्य राखिने भएको छ। भने खबर नजिककैको प्रहरी चौकी र गौमुल गाउँपालिकाको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरि गर्न सकिनेछ। निर्णय प्रति पालिकाका जनप्रतिनिधी, व्यापारी र सरोकारवाला निकायले पनि एकै स्वरमा सहमति जनाएका छन्।
पालिका स्तरीय छलफल पछि वडा र टोल स्तरमा पनि छलफल गरिने र सोही आधारमा अघि बढाउने तयारी गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन्। पालिका स्तरीय बैठक उपाध्यक्ष सिता थापाकै अध्यक्षतामा बसेको हो।
गाउँपालिका बाहिरबाट अवैध घरेलु मदिरा पैठारी गर्ने गरेको जनगुनासो बढेपछि चारैतिरको मुख्य नाकामा चेक पोष्ट राख्ने तयारी गरिएको छ। मदिरा विक्रि वितरण, ओसार पसार र सेवनकर्ताले तोकिएको ढाँचामा गाउँपालिका वा सम्वन्धीत निकायमा निवेदन दिइ सो निकायबाट अनुमति पत्र पाएको अवस्थामा मात्र विक्रि वितरण, ओसार पसार र सेवन गर्न अनुमति दिने गरिएको छ।
बेलुकी ६ बजेको समयदेखि रातीको समयमा कुनै पनि व्यक्तिले मदिरा सेवन गरि अर्को व्यक्ति वा टोलमा असर पुग्ने गरि होहल्ला गर्न बन्देज गरिएको छ। भने गाउँपालिकाले आफ्नो सेवा क्षेत्रमा एकमात्र होलसेल मदिरा पसल र ओसार पसार मदिरा पसलका लागि मात्र अनुमति दिएको छ।
मदिरा होलसेल बिक्रीकर्ता र ओसार पसारकर्ताले थोक विक्रिकर्तालाई विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म विक्री वितरणको समय तोकिएको छ। सेवनकर्तालाई बेलुकी ६ बजेदेखि ९ बजेसम्म अनुमति दिइएको छ।
मदिराको कारोवार गर्ने व्यापारीले आफुले लिएको इजाजत पत्र पसलमा सबैले देख्ने गरि राख्नु पर्नेछ भने मदिराको रेट निर्धारण सहितको सूची टासेर राख्न अनुरोध गरिएको छ। मदिरा कार्ड व्यवस्थापन पछि धेरै सहज भएको र सामाजिक रुपमा शान्ति कायम हुने गरेको स्थानीयले बताउने गरेका छन्।

मदिरा नियन्त्रण तथा व्यवस्थापन नियम लागु गरिएको पाँच वर्षभित्र समाज सकारात्मक दिशामा गएको र गाउँमा हुने झगडा विवादका घटनामा कमी आएकोले थप कडाका लागि प्रोत्साहन नीति पालिकाले लिएको हो।मदिरा सेवन गरि होहल्ला अनैतकि क्रियाकलाप गर्ने र व्यापारीहरुले नियमको पालन नगरी मदिरा जथाभावि विक्रि वितरण गरेको थाहा पाउने जुसूकै व्यक्ति सम्बन्धित निकायमा खबर गरेपछि सो व्यक्तिलाई गाउँपालिकाले पुरस्कार प्रदान गर्ने निर्णयको स्थानीयले स्वागत गरेका छन्।
गाउँपालिकाको नियम विपरीत मदिरा पिउने, पैठारी गर्ने, घरेलु मदिरा उत्पादन गरेको र कुनै पनि व्यक्तिले तोकिएको भन्दा बढी सेवन गरि समाजमा अनैतिक क्रियाकलाप गरेको खबर सम्बन्धित निकायमा पुर्याउने व्यक्तिलाई गाउँपालिकाले पुरस्कार स्वरुप एक हजार रुपैयाँ दिने घोषणा पनि थप नियन्त्रण र व्यवस्थीत हुने विश्वास गरिएको छ।
खबर गर्ने व्यक्तिको नाम भने गोप्य राखिने भएको छ। भने खबर नजिककैको प्रहरी चौकी र गौमुल गाउँपालिकाको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरि गर्न सकिनेछ। निर्णय प्रति पालिकाका जनप्रतिनिधी, व्यापारी र सरोकारवाला निकायले पनि एकै स्वरमा सहमति जनाएका छन्।
पालिका स्तरीय छलफल पछि वडा र टोल स्तरमा पनि छलफल गरिने र सोही आधारमा अघि बढाउने तयारी गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन्। पालिका स्तरीय बैठक उपाध्यक्ष सिता थापाकै अध्यक्षतामा बसेको हो।
कार्ड प्रयोग नगरि सेवन गरेको सूचना पाउने बित्तिकै प्रहरी लगाएर नियन्त्रणमा लिने र कारवाही गर्ने नीति पालिकाले लिएको छ। मदिराको उत्पादन तथा बिक्री वितरणमा कसैले पनि प्लाष्टिकको पोका प्लास्टिकको बोत्तलमा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाईएमा पनि कारवाही गर्ने निर्णय गरिएको छ।सेवनकर्ताले पनि दैनिक रुपमा १८० मिलिटर र वियर परिकारमा एक बोत्तल मात्र सेवन गर्न पाइने नियम बनाएको छ। कार्ड प्रयोग वापत सेवक कर्ताले बार्षिक ५०० नविकरण र कार्ड वाफत ५०० मात्र बुझाउनु पर्छ र अतिथिको हकमा २०० बुझउनु पर्ने गाउँपालिकामा नियम सहीत कार्यान्वयमा रहेको छ।