एम्बुसजस्ता सडक
१८ चैत्र २०७३
•
१० मिनेट पाठ
एम्बुसजस्ता सडक
काठमाडौं- सिंहदरबारको दक्षिण गेटअगाडि बिहीबार बिहान एक हुल मान्छे गन्तव्यतिर लम्किरहेका थिए। यी मान्छे देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आसपास नभएर रोपाइँमा गएर आइरहेको भान हुन्थ्यो। खुट्टा हिलाम्मे थियो भने शरीरका कपडाभरि हिलोका छिटा देखिन्थे। पैदल हिँड्ने मात्र नभएर मोटरसाइकलमा सवारको अवस्था पनि फरक थिएन।

स्वास्थ्य अनुसन्धान परिषद्को अर्काे अध्ययनअनुसार श्वासप्रश्वासजन्य रोगका बिरामी अस्पताल भर्ना हुनुपर्ने दरसमेत पाँच प्रतिशतले बढेको छ।

साताअघि सडकमा धुलाम्मे देखिने राजधानीवासीले अहिले उपत्यकामा परेको चैते झरीका कारण हिलोको ठूलै सकस भोगे। फरक यति हो, ६ महिनाअघि केही सडकमा मात्रै हैरानी हुन्थ्यो भने अहिले कठिनाइ नहुने कुनै सडक नै छैन, राजधानीमा। सिंहदरबार आसपास होस् वा राजधानीको कुनै कुना नै किन नहोस्, सडक विस्तार र मेलम्चीको पाइप बिछ्याउने कार्यले जहाँतहींका सडकमा यात्रा गर्न सास्ती छ ।

सडक विस्तार र पाइप बिछ्याउने कार्य नचलेका सडक पनि हिँड्न लायक छैनन्। सडक विभागले मर्मतमा चासो नदिएपछि यतिबेला राजधानीवासीले सडकमा असाध्यै सास्ती खेपेका छन्। 'राजधानीका सडक एम्बुसजस्ता छन्', चाबहिलकी ललिता गुरुङ भन्छिन्, 'कहाँ कतिखेर के हुने हो थाहै हुँदैन।'

राजधानीका सडकमा जोखिम बढेकै छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक संरचनाका कारण सडक दुर्घटना बढेका छन्। धुवाँधुलो पनि उत्तिकै बढेको छ। धुलो तथा प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोगका बिरामी दुई गुणा बढेका छन्। पाँच वर्षपहिले करिब १५ हजार रहेको बिरामीको संख्या अहिले ३० हजार पुगेको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को अनुसन्धानले देखाएको छ। यो संख्यामा बर्सेनि वृद्धि हुँदै गएको देखिन्छ।

स्वास्थ्य अनुसन्धान परिषद्को अर्काे अध्ययनअनुसार श्वासप्रश्वासजन्य रोगका बिरामी अस्पताल भर्ना हुनुपर्ने दरसमेत पाँच प्रतिशतले बढेको छ। परिषद्का अनुसन्धानकर्ता डा. कृष्ण अर्यालका अनुसार यहाँ बसोबास गर्नेहरू कुनै न कुनै रूपमा धुलोधुवाँबाट प्रभावित छन्।  तर पनि सरोकारवालाले चासो लिएका छैनन्।

यसकारण सकस

राजधानीको सडक भद्रगोल हुनुको प्रमुख कारण काठमाडौं उपत्यका खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिछ्याउनु हो। निर्देशनालयले मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा सडक भत्काएर पाइप बिछ्याउने काम गरिरहेको छ। निर्देशानलयका प्रमुख तिरेस खत्रीका अनुसार सुन्दरीजलयता पानीको थोक वितरण प्रणालीका लागि ६१ किलोमिटर मूल सडक भत्काइएको छ। घरघरमा पानी वितरणका लागि पाइप बिछ्याउन थप ६ सय ७० किलोमिटर भित्री सडकलाई पनि निर्देशनालयले लथालिंग बनाएको छ।

उपत्यकामा २०६८ सालयता तीव्र रूपमा सडक विस्तार कार्य सुरु भएको हो। यो कार्य अहिले चाबहिल–जोरपाटी–साँखु–सुन्दरीजल, त्रिपुरेश्वर–कंलकी–नागढुंगालगायतका मूल सडक र भित्री सडकमा चलिरहेको छ। सडक विस्तार र पाइप ओछ्याउन नपर्ने सडक पनि गतिला  छैनन्। मूल सडक मर्मत गर्ने निकाय सडक विभाग र आठ मिटर साना सडक हेर्ने काठमाडौं महानगरपालिकाले समयमै मर्मत नगर्दा पनि उपत्यकावासीले सडक सकस भोगिरहेका हुन्।

किन भयो धुलो?

पूर्वाधार विकासका लागि सडक विस्तार, पाइप बिछ्याउने कार्य जरुरी भए पनि अहिलेको जस्तो आचक्ली धुलो गराउनु जायज नभएको बताउँछन् पूर्वाधारविद् सूर्यराज आचार्य। ‘राजधानी सहर र कुनै दुर्गम गाउँमा हुने पूर्वाधार विकासको प्रद्धति एउटै छ’, आचार्यले भने, ‘अन्य देशका सहरमा पनि पूर्वाधारका काम हुन्छन्। तर यहाँको जस्तो लथालिंग गरेर होइन। यहाँ विकासका नाममा दुःख दिने काम भएको छ।’

आचार्यका अनुसार सरकारले समन्वय गरेर विकास गर्न सकेमा अहिलेको जस्तो धुलोको मार खेप्नुपर्ने थिएन। धुलो हुनुमा अव्यवस्थित र सुस्त गतिको कार्यशैली मुख्य कारक रहेको आचार्यको भनाइ छ। सर्वसाधारणले जति नै सकस भोगे पनि अव्यवस्थित कार्य गर्ने निकायलाई केही कारबाही हुँदैन। जथाभाबी भत्काउने र निर्माणमा अत्यन्त ढिला गर्नेलाई सरकारले कुनै कारबाही गर्दैन। 'ढिलो काम गर्नेलाई कारबाहीको सट्टा उल्टै समय थप्ने चलन छ', आचार्यले भने, 'यसले गर्दा काम गर्ने निकाय काम नगरी बहाना खोज्न लागेका छन्।'

कहिले बन्ला सडक?

निर्देशनालयले पाइप बिछ्याउने कार्य करिब ८५ प्रतिशत सकेको जनाएको छ। काम सकेमध्ये १५ प्रतिशतमात्रै भागमा कालोपत्रे गरेको छ। ‘भत्काएका मूलसडक चैत मसान्तभित्र कालोपत्रे गरिसक्छौं’, निर्देशनालयका निर्देशक खत्रीले भने, ‘मौसम प्रतिकूल भएका कारण कालोपत्रे हुन सकेको छैन।’ उनका अनुसार आगामी जेठभित्रमा निर्देशनालयले पाइप बिछ्याउन भत्काएका मूल र भित्री सबै सडक कालोपत्रे भइसक्नेछन्।

सडक विभागले भने सडक विस्तार, पाइप बिछ्याउने कारणले गर्दा सडक मर्मत हुने नसकेको जनाएको छ। विभागका अनुसार बाँकी सडक मर्मत कार्य भने नियमित भइरहेको छ।

सडक विस्तार आयोजनाका अनुसार ०६८ यता ४० किलोमिटर सडक विस्तार भइसकेको छ। ‘हामीले ९० किलोमिटर मूल सडक विस्तार लक्ष्य लिएकोमा ४० किलोमिटर सकेका छौं’, विस्तार आयोजनाका प्रमुख दीपक केसीले भने, ‘मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन नसक्दा बाँकी ५० किलोमिटर सडक विस्तार गर्न सकिएको छैन।’ मुआब्जा माग्दै मुद्दा हाल्ने हुँदा अदालतमा गएर सडक विस्तारका मुद्दा थन्किएको केसीले बताए। उनले भने, 'कहिलेसम्म विस्तार सकिन्छ भन्ने मिति किटान गर्न गाह्रो छ।'

त्यसैगरी काठमाडौं महानगरपालिकाले ४० वटा भित्री सडक विस्तारको तयारी गरेको छ। आठ मिटरभन्दा कम चौडाका करिब २३ किलोमिटर सडक विस्तारको तयारी थालेको महानगरपलिकाका सहरी विकास तथा भौतिक पूर्वाधार विभागका प्रमुख डा. उत्तरकुमार रेग्मीले बताए।  महानगरपालिकाले २०६८ सालयता काठमाडौंका भित्री ५७ वटा सडक विस्तार गरिसकेको छ। आवश्यकताअनुसार विस्तार गर्दै लैजाने हुँदा सडक विस्तार कहिले सकिन्छ भनेर मिति किटान गर्न नसकिने रेग्मीले बताए।

सडक विस्तारको नेतृत्व लिएका काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीका अनुसार सानाठूला गरेर करिब तीन सय किलोमिटर सडक विस्तार भइसकेको छ। विस्तारित सबै सडकमा कालोपत्रे भएको छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस