काठमाडौं-आनन्दादी लोकेश्वरको प्रसिद्ध खटजात्रा मंगलबार हुँदैछ। चोभारमा रहेको आनन्दादी लोकेश्वरको मन्दिरमा लोकेश्वरको खटजात्रा हुन्छ।
प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाको दिनदेखि जात्राको प्रक्रिया सुरु हुने भए पनि आज (मंगलबार) खटजात्राको मुख्य दिन हो । बिहान चोभारको लोकेश्वर मन्दिरबाट लोकेश्वरको प्राण प्रतिस्थापन गरिएको कलश नख्खु दोभानमा ल्याइन्छ । नख्खुबाट फेरि चोभारसम्म कलशयात्रा गरेपछि कलशमा रहेको लोकेश्वरको प्राणलाई लोकेश्वरको मूर्तिमा पुनः प्रतिस्थापन गरिन्छ । त्यसपछि लोकेश्वरको दशकर्म गरी खटयात्रा गरिने पर्यटन सूचना केन्द्र कीर्तिपुरका वीरेन्द्र शाक्यले बताए ।
कीर्तिपुरमा प्रचलित किंवदन्तीअनुसार प्राचीनकालमा आनन्दादी लोकेश्वरको मूर्ति नख्खु दोभानमा पानीमा डुबिरहेको अवस्थामा नन्दबाबाको गाइले भेटाएको थियो । गाईले नदी दोभानमा सधैँ दुध चढाएको देखेपछि खोजी गर्दा त्यहाँ आनन्दादी लोकेश्वरको मूर्ति भेटियो । त्यो मूर्तिलाई चोभारबासीले हाल रहेको आनन्दादी मन्दिरमा स्थापित गरेका थिए । शाक्यले भने, ‘त्यसअघि नै त्यो मन्दिरको मूर्ति चोरी भएकाले मन्दिर खाली थियो । नख्खुमा भेटिएको मूर्तिलाई त्यही खाली मन्दिरमा स्थापना गरेको किंवदन्ती छ ।’ किंवदन्तीका अनुसार अहिले पनि चोभारबाट मूर्तिस्वरूप कलश नख्खुमा ल्याइन्छ । कलशसहित आएका चोभारबासीले देउताको मूर्ति खोज्ने कर्मकाण्डीय विधि पुरा गर्छन् । त्यसपछि नख्खु दोभानमा बनाइएको मण्डपमा देवताको स्नान विधि पनि पुरा गरिन्छ । त्यसपछि पानी भरिएको कलश पुनः चोभारको मन्दिरमा लगी कलशबाट लोकेश्वरको प्राण मूर्तिमा प्रतिस्थापन गरिन्छ ।
लोकेश्वरको मूर्तिलाई चैत शुक्ल प्रतिपदाको दिन मन्दिरबाट झिकी नुहाइसकिएको चोभारका सुनिल शाक्यले बताए । लोकेश्वरको मूर्तिलाई नुहाइदिएपछि जात्राको प्रक्रिया सुरु हुन्छ । त्यसपछिको सात दिन मूर्तिमा रंगरोगन गर्ने काम हुन्छ । नेवार जातिभित्रको नेमकुल समुदायले लोकेश्वरको प्रतिमालाई रंगरोगन गर्ने सुनिल शाक्यले बताए ।
चैत शुक्ल अष्टमी अर्थात् मंगलबार श्रृंगार गरी प्राण प्रतिस्थापन गरिएको लोकेश्वरको मूर्तिको दशकर्म गरी खटयात्रा गरिन्छ । दशकर्मअन्तर्गत नेवारी परम्परामा प्रचलित जन्मदेखि मृत्युसम्मको कर्मकाण्ड गरिने पर्यटन सूचना केन्द्र कीर्तिपुरका शाक्यको भनाइ छ । कर्मकाण्डपछि लोकेश्वरको मूर्तिलाई खटमा राखी मन्दिर परिक्रमा गराइन्छ ।
सबै प्रक्रिया पुरा गर्दा रातभरि पनि लाग्ने भएकोले खटयात्रा नवमीको बिहान पनि हुन सक्ने सचिव शाक्यले बताए । खटयात्राका दिन आनन्दादी मन्दिरमा लोकेश्वर दर्शन गर्नेहरुको ठूलो मेला लाग्छ ।
चोभारको आनन्दादी लोकेश्वरलाई रातो मच्छिन्द्रनाथ पनि भनिन्छ । लोकेश्वर बौद्ध र हिन्दू दुवैले पुज्ने देवता हुन् । बौद्ध समुदायले आनन्दादी भन्ने र हिन्दू समुदायले आदिनाथ भन्ने गरिएको सचिव शाक्यको कथन छ । लोकेश्वरको जात्राका दिन मौसम फेरबदल हुने नेवार समुदायको विश्वास रहेको पुरोहित ललितकृष्ण बज्राचार्यले बताए ।
उपत्यकाका चार लोकेश्वरमध्येका एक चोभारको आनन्दादी लोकेश्वर हो । अन्य लोकेश्वरहरु आर्यावर्त लोकेश्वर जनबहाल, पद्मपाणी लोकेश्वर पाटन र सृष्टिकान्ता लोकेश्वर काभ्रेको नालामा रहेका छन् । यीमध्ये चोभारको आनन्दादी लोकेश्वर र नालाको सृष्टिकान्ता लोकेश्वरको खटयात्रा गराइन्छ भने काठमाडौंको आर्यावर्त लोकेश्वर (सेतो मच्छिन्द्रनाथ) र पाटनको पद्मपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ) को रथयात्रा गराइन्छ। चार लोकेश्वरले काष्ठमण्डपको रक्षा गर्ने धार्मिक विश्वास रहेको पुरोहित ललितकृष्ण बज्राचार्यले बताए।