वीरगञ्जमा तिन वर्षदेखी नाबालिक छोरीको पटक पटक बलात्कार गरेको घटना बाहिरीएको छ। वीरगञ्ज महानगरपालिका, ३ छपकैया निवासी १५ वर्षिय नाबालिक छोरीलाई पटक पटक जबरजस्ति करणी गरेको घटना सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा आएको हो।
नाबालिकाकी आमाले श्रीमानले आफ्नी छोरीलाई ११ वर्षको उमेरदेखी नै निरन्तर बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिए पछि अहिले घटना बाहिरीएको हो। बालिकाकी आमाले आफू श्रीमानसंग छुटेर बाहिर बसेको मौका छोपी आफ्नो दोस्रो श्रीमानले ०७७ साल बैशाखदेखी नै छोरीको निरन्तर बलात्कार गरिरहेको उजुरीमा भनीएको छ।
पीडित बालिकाका सौतेला बुवा यहि वैशाखमा वैदेशिक रोजगारीमा गएपछि छोरीले घटनाको बारेमा जानकारी गराएपछि पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।
'पहिलो श्रीमानसंग डिभोर्स भएपछि पीडित बालिकाकी आमाले आफ्ना दुई जना सन्तान लिएर पहिलेदेखी विवाहित पुरुषसंग फेरी दास्रो विवाह गरेकी थिइन,‘ डिएसपी गिरीले भने,‘ केहि समय दोस्रो श्रीमानसंग बसेपछि फेरी दुवैबीच मनमुटाव भयो पछि जेठि छोरीलाई दोस्रो श्रीमानले घरमै राखी पीडितकी आमालाई घरबाट निकालिदिए।'
पीडित नाबालिकाकी आमाले दास्रो विवाह गरेपछि आरोपीतले उनलाई सुरुमा बाराको सिमरामा डेरा गरि राखेको थिए। पछि छपकैया घरमा लिएर आएपछि सौता र श्रीमानसंग अनबन भएपछि उनी जेठी छोरीलाइ छपकैया घरमै छोडी बाहिर डेरा गरि गुजारा गर्न थालिन्। सोहि समयको मौका छोपि सौतेला बुवाले निरन्तर ११ वर्षको उमेरदेखी नाबालिक छोरीको पटक पटक बलत्कार गरिरहेका थिए। पीडित बालिकाकी आमाका अनुसार उनले आफ्नी छोरीलाई लिएर जान चाहे पनि आरोपितले आउन नदिएपछि उनी घर छोडी निस्केकी थिइन्,‘डिएसपी गिरीले भने। अहिले अभियुक्त विदेश गएपछि आमा छोरी सम्पर्कमा आएकोर र घटना बाहिरिएको उनले बताए।
पीडित र अभियुक्त दुवै मुस्लिम समुदायका हुन्। पीडित बालिका अहिले आफ्नी आमाको साथमा रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको बारेमा अनुसन्धान सुरु गरिसकेको र अभियुक्त अहिले बाहिर रहेकाले आवश्यक कानुनी प्रकृयामा लागेको डिएसपी गिरीले बताए। अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा अभियुक्तलाई पक्राउ गर्ने प्रक्रिया अगाडी बढाउने उनले बताए। अहिले पीडित नाबालिककालाई मेडिकल जाचँको लागी पठाइएको पर्सा प्रहरीले जनाएको छ।