‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’
२५ जेष्ठ २०८०
•
३ मिनेट पाठ
‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्। शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा भण्डारी, दुलालसहित ३० जनाविरुद्ध दायर मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेको छ। इजलासमा बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस सुरु भएको छ। प्रतिवादी दुलाल र भण्डारीका निजी वकिलले उनीहरू ठगीमा संलग्न भएको आरोपमा सत्यता नभएको दाबी गर्दै उल्टै पीडित रहेको दलिल पेस गरे।  




‘केशव दुलाललाई कारबाही हुन्छ भने ठगीमा होइन, भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा गर्नुपर्छ,’दुलालको पक्षबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता विश्वास आचार्यले भने, ‘ठगी कार्यमा उनको कुनै संलग्नता छैन।’ यो प्रकरणमा दुलालले कसैसँग रकम नलिएको दाबी गर्दै आचार्यले भने, ‘सन्देश शर्माबाहेक बयानमा कसैले पनि केशव दुलाललाई पोलेका छैनन्। उनले कसैलाई ठगेर रकम लिएको प्रमाण पनि छैन। जाहेरीमा नाममात्रै उल्लेख छ।’ 

यस्तै अधिवक्ता आचार्यले दुलालले कुनै कागज किर्ते नगरेको दाबी गर्दै दबाबका आधारमा सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको बताए। ‘गृह मन्त्रालयका कागजमा कहाँ एक्सेस छ उनलाई ? एक्सेस नै नभएको मानिसले कसरी सरकारी कागजात किर्ते गर्नसक्छ ?’ उनले भने। आचार्यले भुटानी शरणार्थी प्रकरण संगठित अपराध हो भने आपराधिक समूहको नाम र संस्थापक को हो भन्ने अभियोजनपत्रमा नखुलेको दाबी गरे।  

दुलालकै पक्षमा प्रतिरक्षा बहस गर्दै अर्का वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले मिडियाबाजी र अफवाहले मुद्दा निर्देशित हुन नहुने भन्दै अदालतले प्रमाण हेर्नुपर्ने बताए। ‘अभियोग लगाएर मात्रै हुँदैन, प्रमाण पनि पेस गर्न सक्नुपर्छ’, उनले भने, ‘सुन्नलाई रमाइलो भए पनि यो अभियोग प्रमाणित हुन सक्ने अवस्था छैन।’

यस्तै अधिवक्ता विकास भट्टराईले दुलाल पत्नीलाई क्यान्सर भएकाले अमेरिका गएर उपचार गराउन सहज हुने भएकाले नक्कली भुटानी शरणार्थी बनेर उतै जान चाहेको दाबी गरे। यसकारण अमेरिका जान पैसा बुझाएका दुलाल स्वयं पीडित भएको जिकिर भट्टराईले गरे। ‘केशव दुलालले आफूले दिएको रकम फिर्ता माग्दा उल्टो धम्की पाएका छन्। आफै ठगिएको व्यक्तिले संगठित अपराध गरेको कसरी पुष्टि हुन्छ ?’ भट्टराईले प्रश्न गरे।  

यस्तै सानु भण्डारीको पक्षमा प्रतिरक्षा बहस गरेका वकिलहरूले पनि उनी स्वयं पीडित रहेको दाबी गरे। अधिवक्ता विनोद शर्माले करोडौं रकम ठगी गर्ने गिरोहको नाइके भनिएका भण्डारीको आफ्नै घरजग्गा बैंकले लिलाम गर्न लागेको बताए। ‘२८ करोड रूपैयाँ ठग्ने मान्छेले दुईचार करोड त गोजीमा हालेको हुनुपर्ने होइन र ? उसैको घरजग्गा लिलाम हुने अवस्था आउँछ होला ?’ अधिवक्ता शर्माले भने, ‘उनको त आफ्नै घरजग्गा पनि लिलाम हुँदैछ। बैंकको सूचना इजलासमा पेस पनि गरिसकेका छौं।’ उनले जाहेरवाला नै अपराधमा संलग्न रहेको दाबी गरे।  

अधिवक्ता शर्माले यस प्रकरणमा भण्डारीले चारजनासँग मात्रै पैसा लिएको स्वीकार्दै त्यो रकम बैंकिङ कारोबारबाटै फिर्ता गरेको दाबी गरे। यसरी पीडित मान्छेलाई राज्यले फसाउन खोजे आत्महत्या गर्नुपर्ने अवस्था आउने उनले बताए। भण्डारीविरुद्ध जाहेरी दिने अधिकांशलाई स्वयं उनैले नचिनेको दाबी गर्दै अधिवक्ता शर्माले भने, ‘अनुसन्धानका क्रममा पनि सानु भण्डारीले आत्मदाह गर्न बाध्य नपारियोस् भनेका छन्। चिन्दै नचिनेका मान्छेले पैसा खायो भन्दै जाहेरी दिएपछि सानु भण्डारीले आत्मदाह नगरे के गर्छन् त ?’ 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३० मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस