लामो समयदेखि पानी नपरेको र अत्यधिक गर्मी बढेपछि तरकारी खेतीलाई निकै नोक्सान भएको छ। सबैभन्दा बढी खडेरीले केरा खेतीलाई असर पुर्याएको छ।
मुख्य गरी खडेरीले बागमती नदीको बगरमा लगाइएको केरा खेतीलाई क्षति पुर्याएको हो। लगातार वर्षा नभएपछि नदी उकासको जमिनमा लगाइएको केरा तथा तरकारी बालीमा सुख्खा परेका छ।
सर्लाही डुमरियाका कृष्ण यादवले बागमती नदीको उकास जमिनमा लगाएको केरा खेतीमा खडेरीले अकल्पनीय क्षति पुर्याएको छ। अधिकांश केरोको बोट सुकेको तथा सुक्न थालेको देखिन्छ। करिब तिन बिगाहा खेतमा लगाइएको केरा खेतीमा निकै धेरै नोक्सान भइसकेको यादव बताउँछन्।
गत वर्ष लगाएको केराखेती निकै फस्टाएको थियो तर गत कात्तिकदेखि खासै पानी नपरेको तथा एक महिनादेखि अत्यन्तै चर्को घामले जनजीवन अस्तव्यस्त पार्दा बगरको बालुवामा सुन फलाउने सपनालाई घामले डढाएको यादवको भनाइ छ। करिब पचास प्रतिशत केराको बोट सुकिसकेको देखिन्छ।
यसै गरी केरा खेतीमा रौतहटको गढीमाई नगरपालिकाको धन्हारीमा पनि ठूलो क्षति पुगेको छ। बागमती नदीको बगरमा लगाइएको केरा खेतीमा व्यापक क्षति पुगेको आफूले देखेको स्थानीय राम बिलास साहको भनाइ छ।
जिल्लाको बागमती र बकैया नदीको किनारमा व्यापक मात्रामा केराखेती हुँदै आएको छ। बलौटे माटोमा फस्टाउने केराखेतीबाट किसानले राम्रो आम्दानी गर्दै आएको छ। अत्यधिक गर्मी बढेको र लामो समयदेखि पानी नपर्दा बलौटे माटो भएको जमिनमा पानीको मात्रा सुकेको र बालुवा तातो भएर केराको जरो सुक्न थालेपछि केराखेती बर्बाद हुन थालेको किसानहरुको भनाइ छ। लगातारको सुख्खाले सर्लाही र रौतहटका विभिन्न नदी किनारमा लगाइएको केरा खेतीमा व्यापक प्रभाव परेको किसानहरु बताउँछन्।
केरा खेतीमा खडेरीले पुर्याएको क्षति देखेर केराखेती गर्ने किसान निराश भएका छन्।