तातो हावाले जनजीवन प्रभावित
२६ जेष्ठ २०८०
•
२ मिनेट पाठ
तातो हावाले जनजीवन प्रभावित
फाइल तस्बिर
गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका नेपालगन्जलगायतका क्षेत्रमा तातो हावा चल्दै आएको छ।

नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४१ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको छ। नेपालगन्जको तापक्रम बिहीबार ४१ दशमलब ६ डिग्री सेल्सियस पुग्यो। गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन्। गर्मीले दैनिक ज्यालामा छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्। अहिले तातो हावा चलेको जल तथा मौसम विज्ञान कार्यालयका मौसमविद् राजीव झाले बताए। ‘केही दिनदेखि तातो हावा चलेको छ। यो लु होइन,’ उनले भने, ‘अझै केही दिनसम्म यस्तै भयो भने लु चल्न सक्छ।’  

तराईमा गर्मी बढेसँगै तातो हावा चलेको छ। ‘यसले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ, जुन अति नै जोखिमयुक्त हुन्छ,’ कान्ति आरोग्य अस्पतालकी बाल रोग विशेषज्ञ डा. रोमा बोराले भनिन्, ‘यो इमर्जेन्सी कन्डिसन नै हो। यस्तो बेलामा बेहोस भएर मृत्यु नै हुन सक्छ।’ डा. बोराले तातो हावामा बाहिर ननिस्कन आग्रह गरिन्। यस्तो बेला छहारी तथा शीतल ठाउँमा बस्न र पानी धेरै पिउन उनको सुझाव छ। ‘तातो हावाबाट हुन सक्ने जोखिमबारे धेरैलाई जानकारी छैन,’ उनले भनिन्, ‘यस्तो बेला बाहिर निस्कनु घातक हुन्छ।’  

गर्मी बढेसँगै संक्रामक रोगको जोखिम बढ्ने भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ। यस्तो बेलामा सकेसम्म घरबाहिर ननिस्कने र सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै उनले भनिन्, ‘विशेषगरी बालबालिकालाई ध्यान दिनुपर्छ।’ उनीहरूलाई झोलिलो र पोसिलो खानेकुरा दिनुपर्ने उनी बताउँछिन्। गर्मीले पानीका स्रोत सुक्दै जाँदा जनावर तथा चराचुरुंगीलाई पनि समस्या भएको छ। अहिले बाँकेका साना खोला र तालतलैया पानीविहीन छन्। जसले गर्दा गाईवस्तु, जनावर, चराचुरंगीलाई समेत पानी खान समस्या भएको छ। नेपालगन्ज, कोहलपुरलगायतका सहरी क्षेत्र सुनसान भएका छन्। कार्यालयहरूमा पनि सेवाग्राही कम छन्। गर्मीका कारण विद्यालयहरू बन्द गरिएका छन्।

गर्मी र तातो हावाबाट जोगिन सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। बिहीबार सार्वजनिक सूचना निकाल्दै प्रशासनले यस्तो आग्रह गरेको हो। ‘तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्छ,’ सूचनामा लेखिएको छ, ‘तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मीको सम्पर्कमा जान सकिन्छ।’
अर्को समाचार
तराईमा तातो हावाले जनजीवन प्रभावित
११ वैशाख २०७९
•
२ मिनेट पाठ
तराईमा तातो हावाले जनजीवन प्रभावित
बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु-लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु-लाग्ने गरेको हो। दिउँसो तातो लु अर्थात तातो हावा चल्दा यहाँको दैनिकी कष्टकर हुँदै गएको छ। दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।

तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। पश्चिम तराईका जिल्लामध्ये सबैभन्दा बढी तापक्रम भैरहवामा रह्यो। आइतबार यहाँको तापक्रम ४० डिग्री सेल्सियस रह्यो। यो तापक्रम देशका अन्य क्षेत्रभन्दा पनि बढी हो।

त्यस्तै नेपालगन्जको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्यो। यो सिजनमा यहाँ ४० डिग्रीसम्म तापक्रम पुगेको थियो। यसभन्दा अघि नेपालगन्जमा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको रेकर्ड छ। यता सुदूरपश्चिमको राजधानी धनगढीमा तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जनाए।

उनका अनुसार दैनिक तराई तथा पहाडी जिल्लामा तापक्रम बढ्दो छ। नेपालगन्जसहित तराईका केही जिल्लामा तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जनाए। ‘तातो हावा सुरु भइसकेको छ,’ उनले भने, ‘यसलाई लु भनेर घोषणा गरिएको छैन।’

दैनिक चार/पाँच घण्टा तातो हावा चल्यो भने लु भन्न मिल्ने उनको भनाइ छ। उनका अनुसार यहाँ दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा चल्ने गर्छ। पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनु पर्ने उनी बताउँछन्।

‘तातो हावा चल्न सुरु भएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरु बेला घर बाहिर निस्किनू हुँदैन। निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ।’ ‘दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउँछ,’ नेपालगन्जका विक्रम श्रेष्ठले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ।’

गर्मीले पानीका स्रोत सुक्दै जाँदा जनावर तथा चराचुरुंगीलाई पानी खान समस्या भएको छ। अहिले बाँकेका साना खोलाहरु सुख्खा छन् भने सानासाना तालतलैय्या पनि पानीविहीन भएका छन्। जसले गर्दा गाईवस्तु, जनावर, चराचुरंगीलाई पानी खान समस्या भएको छ। बजार क्षेत्रमा छाडा पशु चौपाया पनि पानी खानबाट वञ्चित भएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस