सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन्।
स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निज सहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए।
आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाखको क्षति भएको उनले बताए । स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।