कालिकोटको शुभकालीका गाउँपालिका-६ को गविरा भन्ने ठाउँमा शनिबार राती लु १ च ८४९८ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ।
दुर्घटनामा परि बोलेरो चालक शुभकालीका २ का ३० वर्षीय हर्क बि।क, शुभकालीका ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले ३ का २५ वर्षीय गोपाल सलामी मगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताए।
बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै गाउँपालिका कार्यालय तर्फ आउदै गरेको बोलेरो गाडी राति १२ बजे दुर्घटना भएको वडा नं. ६ का अध्यक्ष दिप बहादुर शाहीले जानकारी दिए।
उद्दारका लागि प्रहरी निरिक्षक यज्ञराज जोशीको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ।