आत्मनिर्भर बन्दै सिरहाका सङ्गठित महिला
२८ जेष्ठ २०८०
•
५ मिनेट पाठ
आत्मनिर्भर बन्दै सिरहाका सङ्गठित महिला
तस्वीर रासस
सिरहाको धनगढीमाई नगरपालिका–११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्यो। यो सिलसिला वर्षौं चल्यो। तर जबदेखि उनले तरकारी खेती सुरु गरिन, त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्था करिब अन्त्य भएको छ।  




‘शान्ति उद्यम महिला समूह’की सदस्य महतोले सोही समूहबाट रु १० हजार ऋण काडेर व्यावसायिक तरकारी खेती सुरु गरेकी थिइन्। त्यसैबाट सजिलै गर्जो टर्दै आएको महतोको भनाइ छ। समूहमा महिनाको रु दुई सय बचत गर्नेमा किसुनदेवी जस्तै अन्य २३ जना महिला सङ्गठित छन्।  
उनीहरुमध्ये कसैले हस्तकला, साना उद्योग त कसैले तरकारी खेती गरेर दैनिक गुजारा टारिरहेका छन्। यसले जिल्लाका महिलालाई आत्मनिर्भर बन्न सघाउ पुगेको स्थानीय वीरेन्द्र ठाकुरले बताए। महिला समूहमा आवद्धमध्ये तीन जनाले चिया÷नास्ता पसल, छ जनाले तरकारी व्यवसाय, दुई जनाले सिलाइबुनाइ, दुई जनाले किराना पसललगायत हाते सीप र कलाको प्रयोग गरी बनाइने बच्चाका खेलौना तथा गुडिया, घर एवम् कार्यालय सजावटका सामग्री बनाउँदै आत्मनिर्भरतर्फ अग्रसर छन्।

‘दश जनाबाट बचत समूह सुरुवात गरेका थियौँ, अहिले २३ जना भएका छौँ”, किसुनदेवीले भनिन्, “महिनामा रु दुई सयका दरले बचत गर्ने गरेका छौँ। करिब तीन लाख बचत पुगिसकेको छ। यसबाट महिनामा एकजना सदस्यलाई रू १० हजारको दरले सस्तो ब्याजदरमा पेसा, व्यवसाय गर्नको लागि ऋण दिने नियम बनाएका छौँ।’

यसरी महिलालाई आत्मनिर्भरतातर्फ अग्रसर हुन लाहानस्थित गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब’ले सहयोग र उत्साहित गरेको हो भने त्यो प्रयासमा ‘एक्सन नेपाल’ले सहयोग गरेको छ।  

‘विभिन्न संस्था तथा स्थानीय निकायबाट आर्थिक सहयोग, सीपमुलक तालिम पाउँदा हामीलाई निकै राहत भएको छ । यसले छरिएर रहेको सानोतिनो पुँजीलाई जम्मा गरी व्यवसायमा लगानी गर्न पनि प्रेरित गरेको छ”, किसुनदेवीले भनिन्।

त्यसैगरी लहान नगरपालिका–१२ की सुप्रेखा सदाय विगत चार वर्षदेखि शीतल महिला समूहमा आबद्ध छिन्। कुल १७ जना सदस्य रहेको सो समूहले पनि सुरुमा रु पचास बचत गथ्र्यो भने अहिले रु एक सय पु¥याइएको छ । क्लबकै सहयोगमा प्राप्त एउटा सिटी सफारी (अटो) बाट एकजना महिला सदस्यलाई रोजगारी दिइएको छ भने नाफाबाट दैनिक रू पाँच सय समूहमा बचत गर्ने गरिएको सुप्रेखाले बताइन्।
त्यस्तै औरही गाउँपालिका–५ की चाँदनी दाससँगै विगत १० वर्षदेखि ‘दिहिबार मुठ्ठी बचत समूह’ मा २५ जना महिला दिदीबहिनीहरु आवद्ध छन्। मासिक रु एक सय बचत गर्ने सो समूहमा अहिले कूल पूँजी रु चार लाख पुगेको छ। सोही रकम परिचालन र अन्य सीपमुलक तालिम लिएर यसमा आवद्ध महिला आत्मनिर्भरता बन्दैछन् ।  

लहानमा यस्ता कैयन समूह छन्। जसमा सम्बद्ध सदस्य सानो पुँजी लगानी गरेर आत्मनिर्भरतर्फ उन्मुख छन्। यो प्रयासमा स्थानीय सरकारले पनि केही सहयोग गरेको भए व्यवसाय विकासमा थप सहज हुने अपेक्षा यहाँका महिलाको छ। शान्ति उद्यम महिला समूहकी सचिव फुलकुमारी महतो भन्छिन, ‘सरकारले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरिदिएको छ। यसमा यहाँका स्थानीय तहले पनि आर्थिक सहयोग गरिदिए हामीलाई ठूलो राहत हुने थियो। थोरै बचतबाट, थोरैले मात्र सहयोग लिने अवस्थाको पनि अन्त्य हुन्थ्यो्।’  

ग्रामीणभेगका आर्थिक रुपमा विपन्न दलित तथा अन्य महिलालाई लक्षित गरेर आयआर्जनमार्फत सशक्तिकरण सहयोग गरिरहेको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्के बताउछन्।

‘महिलाको सीप तथा उद्यमशीलता विकास र महिला सशक्तिकरणको माध्यमबाट आर्थिक रूपमा कमजोर र विपन्न महिलाको जीवनस्तर उकास्न उहाँहरुलार्ई सङ्गठित गरी आयआर्जनमूलक काम गरिरहेका छौँ। यसले उहाँहरुलाई निकै राहत भएको छ’, उनले भन्नुभयो, ‘अब यी महिला समूहलाई सहकारीमा रुपान्तरण गर्ने योजना छ। अहिले सहकारी दर्ता तथा त्यसपछि गर्नुपर्ने काम कर्तव्यको बारेमा उहाँहरुलाई तालिम पनि दिइरहेका छौँ।’  
दलित, विपन्न र उपेक्षित समुदायका महिलाले सानो काम गर्दा पनि ऋणको भारी बोक्नुपर्ने विवशताको अन्त्यका लागि यस अभियानले सघाउ पु¥याइरहेको बताउछन् राजनीतिक विश्लेषक तथा राष्ट्रिय दलितमुक्ति जागरण अभियानकर्ता राजेश विद्रोही।  

‘प्रायः महिलाको स्वामित्वमा निजी सम्पत्ति प्रायः हुँदैन। जसले गर्दा महिलाले हरेक कामका लागि पुरुषहरुमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था छ’, विद्रोही भन्छन, ‘बेरोजगार पुरुष कामका लागि खाडी मुलुकतिर जाने र महिला परम्परागत कृषि तथा घरायसी काममा नै सीमित हुनुपर्ने अवस्था छ तर पूँजीको अभावमा उहाँहरुको ऊर्जा त्यसै खेर गइरहेको बेला यस्ता सानातिना सहयोगले पनि राहत दिन्छ।’ उनले राज्यले नै महिलामुखि नीतिनिर्माण गरी पेसा र व्यवसायसँग जोड्ने योजना तर्जुमाको खाँचो औंलाए।

त्यसैगरी प्रध्यापक डा विजयप्रसाद मिश्र सरकारले अघिसारेका महिलामुखी नीति तथा योजना पनि कागजमै सीमित हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउछन्। ‘ग्रामीण दूरदराजका विपन्न महिला दिदीबहिनीको जीवनस्तर अहिले पनि कहालिलाग्दो छ। गैरसरकारी संस्था राहत र योजना लिएर गाउँगाउँ पुग्दा आफैँले भोट दिएर जिताएको सरकार त्यहाँ पुग्न नसक्नु विडम्बनापूर्ण छ’, प्रा डा मिश्रले भने, ‘सीप र क्षमतामा पहुँच नपुगेका, रोजगारीका अवसरबाट वञ्चित र उपेक्षित महिलाको जीविकोपार्जनका लागि उत्पादनसँग जोड्न  सरकारले नीति तथा कार्यक्रम बनाउन र त्यसको कार्यान्वयन गर्न आवश्यक छ।’

स्थानीय सरकारले पनि लक्षित वर्ग विशेष महिला सशक्तिकरण शीर्षकमा बजेट छुट्याउनुपर्ने व्यवस्था छ। धनगढीमाई नगरपालिका—११ का वडा अध्यक्ष अशोक श्रेष्ठले पिछडिएको क्षेत्र र समुदायका महिलालाई लक्षित गरी विशेष नीति तथा योजना बनाउन आवश्यक रहेको बताए। महिला समूहलाई सामूहिक खेती, माछा, कुखुरा, बाख्रापालन गर्न तथा अन्य कार्य गर्नलाई स्थानीय पालिकाबाट आगामी आर्थिक वर्षको बजेटमा निश्चित रकम छुट्टाउन आफूले पनि पहल गर्ने बताए।
त्यस्तै लहान नगरपालिकाका प्रमुख महेश चौधरीका अनुसार नगरपालिकाको तर्फबाट महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाइ, ब्यूटीपार्लर, ढाका, मोबाइल मर्मतलगायतका तालिम सञ्चालन गरिएको छ।

यसका लागि लक्षित वर्ग अन्तर्गत महिला सशक्तिकरणका लागि नगर कार्यपालिकाले नीति तथा योजना बनाई निश्चित बजेटको व्यवस्था समेत गर्दै आएको छ। आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने योजना रहेको उहाँले जानकारी दिए।  

महिलाहरु आत्मनिर्भर हुँदा आत्मसम्मानमा वृद्धि हुनुका साथै पारिवारिक तथा व्यक्तिगत जीवनस्तरमा समेत सुधार भई सशक्तिकरणमा उल्लेख्य टेवा पुग्ने हुन्छ। त्यसैले स्थानीय तहले महिला लक्षित उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम अगाडि सार्नुपर्नेमा महिला तथा सरोकारवालाहरुको जोड छ।
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
२३ मिनेट अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
यो पनि पढौँ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस