तटबन्धले मनाङकाे ताल गाउँ सुरक्षित
२९ जेष्ठ २०८०
•
४ मिनेट पाठ
तटबन्धले मनाङकाे ताल गाउँ सुरक्षित
तस्बिर: रासस
हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो। वर्षातका कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो।




वर्षात्पछि मर्स्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१ ताल गाउँ बगर बन्यो।

करिब दुई वर्षपछि बगर बनेको ताल गाउँ अहिले सुरक्षित भएको छ। सङ्घीय सरकारले बजेटको व्यवस्था गरी पुनः निर्माण गरेपछि यहाँको बस्ती सुरक्षित भएको हो।

बाढीले क्षति पुगेको माथिल्लो ताल क्षेत्रको कटान नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको गोरखास्थित पालुङटार कुन्डुटार सिँचाइ आयोजनामार्फत गरिएको तटबन्धनले बस्ती सुरक्षित भएको हो। प्राकृतिक तथा ऐतिहासिकरूपमै पाल्म वाल प्रोटेक्सन एण्ड बल्र्डर स्टाकिङ वर्क प्रकारको पर्खाल लगाई ताल गाउँको बस्तीलाई सुरक्षित बनाइएको आयोजनाका प्रमुख दिनेशप्रसाद आचार्यले जानकारी दिए। मर्स्याङ्दी नदीको ढुङ्गा प्रयोग गरी यहाँ लगाइएको पर्खाल परम्परागत देखिन्छन्।

माथिल्लो ताल क्षेत्र कटान नियन्त्रणका लागि पर्खाल लगाउने काम सकिएको र तल्लो ताल क्षेत्र कटानको काम भइरहेको उनले बताए। माथिल्लो र तल्लो ताल क्षेत्र कटान नियन्त्रण गरी दुई भागमा विभाजन गरी तटबन्ध निर्माणको काम भएको र त्यसका लागि कूल एक करोड २५ लाख ४७ हजार चार सय ९४ बजेट विनियोजन भएको थियो। उक्त बजेट विनियोजन भएपछि निर्माणको कामले तीव्रता पाएको हो।

ताल गाउँ
बाढीले क्षति पुगेको एक वर्षपछि मात्रै उक्त क्षेत्रलाई सुरक्षित बनाउन पर्खाल लगाउन सम्झौता भएको थियो। स्थानीयवासीको श्रमदानसहित ५० लाख ३७ हजार दुई सय छमा माथिल्लो ताल क्षेत्र कटान नियन्त्रणका लागि विसं २०७९ फागुन १० मा सम्झौता भएको थियो। सम्पन्न गर्नुपर्ने विसं २०८० जेठ ११ भन्दा आयोजनाले दुई महिनाअघि नै उक्त तटबन्धन निर्माण गरेको हो।

पुनः बाढी पहिरो आउनु पूर्व उक्त क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले काम गर्दा समयभन्दा अगावै सम्पन्न गर्न सफल भएको प्रमुख आचार्यले बताए।

“म एक्लैले काम पूरा गरेको होइन, सामूहिक कार्यले सफल भएका हौँ, स्थानीयवासीको साथ, सहयोग र हाम्रा कर्मचारीको योगदानले नै समयभन्दा अगावै सम्पन्न गरी यस क्षेत्रलाई सुरक्षित बनाएका छौँ” उनले भने। 
तल्लो ताल क्षेत्र बस्ती संरक्षणका लागि तटबन्ध लगाउने कार्य पनि अन्तिम चरणमा पुगेको छ। तल्लो ताल क्षेत्र बस्ती संरक्षणका लागि श्रमदानसहित ७५ लाख १० हजार दुई सय ८८ मा विसं २०७९ चैत २१ गते निर्माण सम्झौता भएको थियो। विसं २०८० असार १५ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा समन्वयमा नदीको जोखिम न्यूनीकरण भएपछि यस क्षेत्रमा बस्ती बस्न थालेको नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङले बताए। जोखिम रहेको नदीको किनारमा तटबन्ध लगाएपछि तालगाउँबासी खुसी र सुरक्षित भएको प्रमुख आचार्यको भनाइ थियो।

तालगाउँवासीलाई स्थानान्तरण गर्न सरकारले पहल गरे पनि स्थानीयवासी अन्यत्र जान नमान्दा यसै क्षेत्रमा बस्ती बसाल्ने वातावरण बनेको हो। केही स्थानीयवासी विस्थापित भए पनि अधिकांश यही बसोबास गरेका छन्। उनीहरुको चाहनाविपरीत सरकारले पनि स्थानान्तरण गर्नुभन्दा सुरक्षित बनाउन तटबन्ध बनाइएको हो।

बालुवामा चाहे जस्तो तटबन्धन बनाउन नसकिने इञ्जिनियरको सल्लाह भए पनि स्थानीयवासी अन्यत्र जान नचाएकाले नदी किनारमै तटबन्धन गरी बस्तीलाई सुरक्षित गरिएकाले स्थानीयवासी निर्धक्क भएर बस्न थालेका छन्।

“बाढीमा परेर मेरो घर पूर्ण क्षति भएको थियो, घरबारविहीन भएका थियौँ, सङ्घ सरकारले रु पाँच लाख, प्रदेश सरकारबाट दुई लाख र स्थानीय सरकारबाट रु एक लाख सहयोग पाएका थियौँ”, स्थानीयवासी सिंह बहादुर गुरुङले भने, “तटबन्धले बस्ती सुरक्षित भएपछि सहयोगमा पाएको रकमले अहिले घर बनाएर बसेका छौँ।”
यस गाउँलाई अन्यत्र स्थानान्तरण गर्न नचाहेको पनि होइन। तर यहाँका बासिन्दा अन्यत्र जान नचाहेकाले जोखिममा रहेको स्थानलाई जोखिम न्यूनीकरण गर्न तटबन्ध गरी सुरक्षित बनाएपछि बसोबास गर्न थालिएको हो।

त्यस्तै बाढीपहिरोबाट क्षति पुगेको मनाङको अन्य स्थानमा पनि पालुङटार कुन्डुटार सिँचाइ आयोजनाले सुरक्षित बनाउन तटबन्धको काम गरिरहेको छ। काठेपुल क्षेत्र बस्ती संरक्षणका लागि आयोजनाले तटबन्ध गर्ने काम गरिरहेको छ। उक्त क्षेत्रलाई सुरक्षित बनाउन विसं २०७९ चैत २१ मा सम्झौता गरी विसं २०८० असार १५ मा तटबन्ध निर्माण गर्ने लक्ष्य लिइएको छ। उक्त क्षेत्रलाई सुरक्षित बनाउन श्रमदानसहित ७५ लाख १० हजार दुई सय ८८ विनियोजन भएको छ।

आयोजनाले तल्लो पिसाङ, चामे, दानाक्यु, थोंचे, धारापानी र खोत्रोमा मर्स्याङ्दी नदीले कटान गरेका क्षेत्रमा ग्याविन पर्खाल लगाउने काम गरिरहेको आयोजना प्रमुख आचार्यले बताए।

उक्त क्षेत्रमा तटबन्ध गर्ने जिम्मा महादेवी खिम्ती नाना जेभीले पाएको छ। विसं २०८० वैशाख ११ मा तटबन्ध निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ वैशाख १३ मा ठेक्का सम्झौता भएको थियो। तर उक्त क्षेत्रमा तटबन्ध निर्माणको समय सकिँदासम्म निर्माण सम्पन्न भएको छैन।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस