शोषणमा इन्टर्न चिकित्सक
०५ वैशाख २०७४
•
७ मिनेट पाठ
शोषणमा इन्टर्न चिकित्सक
काठमाडौं- सरकारले तोकेभन्दा लाखौं बढी शिक्षण शुल्क असुल्ने निजी मेडिकल कलेजले पढाइ पूरा गरेपछि काममा लगाउँदा दिने सुविधामा भने चरम शोषण गर्ने गरेको पाइएको छ। मेडिकल कलेजमा एमबिबिएसअन्तर्गत साढे चार वर्षको अध्ययन पूरा गरेपछि एकवर्षे प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) अवधिमा दिने निर्वाह भत्तामा चरण शोषण हुने गरेको हो।

अधिकांश निजी मेडिकल कलेजले पर्याप्त मेडिकल अफिसर राख्दैनराखी इन्डोर, इमर्जेन्सी सेवा इन्टर्नकै भरमा चलाइरहेका छन्।

सैद्धान्तिक अध्ययन पूरा गरेपछि विद्यार्थीले सम्बन्धित मेडिकल कलेजको शिक्षण अस्पतालमा वरिष्ठको मातहतमा एक वर्षको इन्टर्नसिप गरेपछि मात्रै स्वतन्त्र रुपमा काम गर्न पाउँछन्। त्यसमा पनि भर्नाका समयमा कलेजहरुले निर्वाहभत्ता उपलब्ध गराउने शीर्षकमा तीन लाखसम्म लिने गर्छन्। इन्टर्नसिपको समयमा अध्ययन पनि सँगसँगै हुन्छ। तर, चिकित्सकलाई खानेबस्ने सुविधा होस् भनेर भत्ता दिने अन्तर्राष्ट्रिय प्रचलन छ। एमबिबिएस पास भइसकेको अवस्थामा पनि चिकित्सक इन्टर्नसिपका समयमा कलेजबाटै ठगिने गरेका छन्।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका ६ मेडिकल कलेजका विद्यार्थीले निर्वाह भत्ता न्यायोचित नभएको भन्दै बढाउन माग गरेर डिन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले पारिश्रमिकसहित काम गर्ने समयसमेत स्पष्ट तोक्न माग गरेका छन्। काठमाडौं विश्वविद्यालयअन्तर्गतका १० मेडिकल कलेजले भने औसत १२ हजार निर्वाह भत्ता दिइरहेका छन्।

विद्यार्थीका अनुसार कलेजले इन्टर्न विद्यार्थीलाई साताको १ सय २० घन्टासम्म काम गराउने गरेका छन्। अस्पतालले इन्टर्नलाई लगातार ३२ घन्टासम्म काम लगाउने गरेको भनाइ चिकित्सकको छ। अधिकांश निजी मेडिकल कलेजले मेडिकल अफिसर (एमबिबिएस चिकित्सक) पर्याप्त राख्दैनराखी इन्डोर, इमर्जेन्सी सेवा इन्टर्नकै भरमा चलाइरहेका छन्, जसले गर्दा सेवाको गुणस्तर कम हुने, जोखिम अवस्थाका बिरामीलाई समस्या देखिने र इन्टर्नले समस्याको समयमा वरिष्ठ चिकित्कबाट सल्लाहसमेत लिन नपाउँदा सिकाइसमेत कमजोर हुने गरेको छ।

बढी घन्टा काम लगाउने तर सुविधा भने निकै कम भएको गुनासो विद्यार्थी चिकित्सकको छ। कामप्रतिको सम्मान हुनेगरी पारिश्रमिक खोजेको गण्डकी मेडिकल कलेजका इन्टर्न डाक्टर पुरुषोत्तम अधिकारीले बताए।

विद्यार्थीका अनुसार आइओएमले मातहतको त्रिवि शिक्षण अस्पतालमा कार्यरत इन्टर्न डाक्टरलाई मासिक १५ हजार दिन्छ। केयूअन्तर्गतका मेडिकल कलेजका विद्यार्थीले महिनाको ११ हजार भत्ता र रात्रि ड्युटीको अतिरिक्त १ हजार ५ सय पाउँछन्।

गर्कोस्थित किस्ट मेडिकलमा कार्यरत इन्टर्नले ९ हजार ६ सय, चितवन मेडिकलमा १० हजार, नेसनलमा १० हजार, जानकीमा ८ हजार ५ सय, युनिभर्सलमा ९ हजार ५ सय र गण्डकीमा कार्यरतले ९ हजार ६ सय निर्वाह भत्ता पाउँछन्।

जानकी मेडिकल कलेजका इन्टर्न डाक्टर चित्र गिरीले समस्याबारे त्रिविअन्तर्गतका प्रमुख कलेजका इन्टर्न डाक्टरले हस्ताक्षर संकलन गरी आइओएम डिनलाई बुझाएको जानकारी दिए। ‘कलेजसँग सुविधा पुनरवलोकन गर्न पटकपटक माग गरे पनि सुनुवाइ नभएपछि आइओएम पुग्नुपरेको हो,' युनिभर्सल मेडिकल कलेजका इन्टर्न चिकित्सक सुमन अधिकारीले भने।

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदीशप्रसाद अग्रवालले इन्टर्नहरुले ज्ञापनपत्र बुझाउनासाथ कलेजलाई पत्राचार गरेर जबाफ मागेको बताए। ‘कति घन्टा काम लगाउनुभएको छ र कति पैसा दिने गर्नुभएको छ? लेखेर पठाउने भनी पत्राचार गरेको छु', अग्रवालले भने, ‘यसको सिरियस्ली फलोअप हुन्छ।' उनले एक स्तरको सीप र ज्ञान भएका विद्यार्थीलाई दिनुपर्ने सुविधा न्यायोचित र वैज्ञानिक हुनुपर्ने बताए।

निजी मेडिकल कलेजले महंगो शुल्क उठाए पनि कर्मचारी तथा चिकित्सकलाई शोषण गर्ने गरेको थुपै्र घटना यसअघि नै बाहिर आइसकेका छन्। इन्टर्नसिप गरिरहेका चिकित्सकको सन्दर्भमा पनि युनिभर्सल मेडिकल कलेजमा तीन वर्षअघि र नोवल मेडिकल कलेजमा दुई वर्षअघि आन्दोलन भएको थियो। आन्दोलनपछि केयूमातहतका कलेजमा निर्वाह भत्तामा एकरुपता कायम गरिएको थियो। आइओएमअन्तर्गतका कलेजमा भने आन्दोलन चर्किए पनि सञ्चालकले प्रलोभन र त्रास देखाएर तुहाउने गरेको आरोप विद्यार्थीको छ। ‘अहिले पनि इन्टर्नसिप अवधि लम्ब्याइदिने र भएको भत्ता पनि काट्ने धम्की आइरहेको छ,' एक विद्यार्थीले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस