संघीयता कार्यान्वयनसँगै शासन प्रक्रियामा देखिएका द्वन्द्वको अवस्था हटाउन तीनै तहका सरकरहरु बिच स्पष्टता जरुरी रहेको सरोकारवालाहरुले बताएका छन्।
तीन तहका सरकार नै आ–आफ्नो अधिकारप्रति स्पष्ट नहुँदा शासन प्रक्रियामा द्वन्द्वको अवस्था सिर्जना हुने गरेको भन्दै सरोकारवालाहरुले तहगत सरकारबीचको स्पष्टता जरुरी रहेको बताएका हुन।
सामाजिक परिवर्तन केन्द्र नेपालको आयोजना तथा चाँदनी नेपालको सहकार्यमा बुटवलमा भएको संवाद कार्यक्रममा सरोकारवालाहरुले तीनै तहका अधिकार स्पष्ट भई सार्वजनिक सेवा प्रवाहमा सुधार र नागरिकका गुनासाहरू सम्बोधनको वातावरण सिर्जना भए मात्र द्वन्द्व कम हुने बताएका हुन।
सामाजिक परिवर्तन केन्द्रका कार्यकारी निर्देशक डा प्रकाश भट्टराइले संघीयता व्यवहारिक रुपमा कार्यान्वयन हुन नसक्दा द्वन्द्व अवस्था बढेको बताए। संघ, प्रदेश र स्थानीय सरकार बिच आपसी समन्वय नहुँदा विकास निर्माणका सवालमा द्वन्द्व बढ्दै गएको र त्यससम्बन्धी मुद्दाहरू पनि उल्लेख्य देखिएको उनले बताए। नागरिकका गुनासा सम्बोधन हुन नसकेको र जनमैत्री नीति नबन्दा द्वन्द्व अवस्था सिर्जना भइरहेको उनले बताए।
त्यस्तै राजनीतिक द्वन्द्व बढेको र ती द्वन्द्व समाधानको अवस्था ज्यादै न्यून रहेको उनले बताए। भट्टराईका अनुसार शासकीय द्वन्द्वसँग सम्बन्धित ३०१ मुद्दा संवैधानिक इजलाशमा दर्ता भएकोमा जम्मा १८ वटा मुद्दा फैसला भएको छ।
कार्यक्रमममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष बामदेव क्षेत्रीले प्रदेश सरकारले अहिले पनि संविधानले दिएको अधिकार समेत नपाएको बताए। प्रदेश कानुन मस्यौदा समितिका निवर्तमान विज्ञ सदस्य अधिवक्ता महेन्द्र पाण्डेले आफूलाई विकेन्द्रित गर्न खोज्ने मानसिकता तीनै तहका सरकारमा रहेको बताए। प्रदेशका पूर्व मुख्यन्यायधिवक्ता खुमाकान्त पौडेलले संघले कानुन समयमै नबनाउँदा प्रदेशले काम गर्न नपाएको बताए।
कार्यक्रममा केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता श्रद्धा खड्का, कार्यक्रम अधिकृत दिनेश सायमी, नेकपा एमालेका क्षेत्रीय संयोजक बाबुराम पन्थी, नेपाली काँग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरी, बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अर्जुन खत्री, सामुदायिक बन महासंघका केन्द्रीय सदस्य दिनानाथ आर्चाय, जिफन्टका केन्द्रीय सचिव हरि कार्की, गैरसरकारी महासंघका केन्द्रीय सदस्य गोविन्द रेग्मी, फर्निचर व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सावित्रा टण्डन, निर्माण व्यवसायी मन्जु भुसाल लगायतले बोल्दै तीन तहकै सरकार आ–आफ्नो अधिकारप्रति स्पष्ट भई स्पष्ट नीति बनाएर जन गुनासोलाई बेलैमा सम्बोधन गर्नु पर्नेमा जोड दिए।