लामो खडेरीका कारण यहाँका किसान चिन्तित बनेका छन्। असार सुरु भइसक्दा पनि वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेका यहाँका कृषकहरुले पानीको माग गर्दै तौलिहवा स्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ सुरु गरेका छन्।
पम्पीङ सेटबाट सिचाई गरी धानको बीउ छरे पनि चर्को घामले गर्दा ब्याड समेत डढेको छ। धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरु पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन्। सो मन्दिरमा दिनहुँ जसो जिल्लाका विभिन्न स्थानबाट हजार बढी भक्तजनहरु पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार कसौधनले बताए।
शिवको प्यारो महिना साउनमा भक्तजनहरुको लाग्ने भीड मन्दिरमा अहिले नै देखिएको छ। मन्दिरका पुजारी दुर्गेश गोस्वामीले एक साता यता पानीको माग गर्दै विशेषतः थारु महिलाहरु मन्दिरमा आउने गरेको बताए। थारु महिलाहरुले विशेषतः मन्दिर भित्र रहेको शिवलिङमा जल र गाईको दूध चढाएर पूजापाठ गर्ने गरेका छन्।
वर्षाको कामनाका लागि शनिवार गाउँका २ सय ४० बढी महिलाहरुसंग मन्दिरमा पुगेकी बुद्धुभमी नगरपालिका– २ बक्डरीया गाउँकी सुजना थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताईन।
पानी नपर्दा यसरी नै पुस्तौँ देखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूरुको कामना पुरा गर्ने बताईन। पानी नपर्दा मुठी छरेर मानो फलाउने आश लिएर बसेका कृषकहरु चिन्तित बनेका छन्।
जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ७२ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रे जनाएको छ। लामो समयको खडेरीले नदीनाला, पाखेरी, कुलो, नहरमा पानी सुकेकोले समेत कृषकहरु थप मर्कामा परेका छन्।
गत वर्ष जेठ अन्तिमबाट रोपाई सुरु भएको थियो तर यस वर्ष कृषहरुले छिटफुट बाहेक बीउ समेत छर्न पाएका छैनन्। उता जिल्लाको विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा पानीको माग गर्दै अखण्ड कीर्तन समेत सुरु गरिएको छ।
गाउँ गाउँमा भक्तजनहरु जम्मा भई पानीको माग गदै भजन, कीर्तन, पूजापाठ गर्ने गरेका छन्। पूजापाठ, कीर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने, जन प्रतिनिधि र गाउँका ठुलो बडालाई बाँधेर नुहाई दिने समेत चलन छ।

‘प्रायः जसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरु आइरहेका छन्।’जेठ बितिसक्दा पनि पानी नपरे पछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउँका थारु महिलाहरु मन्दिरमा आउने गरेका छन्। ट्याक्टर बस, साइकल मा चढेर कोपवा, हथौसा, बुढ्ढी, गजेहडा, मार्मा बक्डरीया तिलौराकोट, निग्लिहवा लगायत गाविस महिलाहरु मन्दिरमा पूजापाठका लागि आउने गरेका छन्।
शिवको प्यारो महिना साउनमा भक्तजनहरुको लाग्ने भीड मन्दिरमा अहिले नै देखिएको छ। मन्दिरका पुजारी दुर्गेश गोस्वामीले एक साता यता पानीको माग गर्दै विशेषतः थारु महिलाहरु मन्दिरमा आउने गरेको बताए। थारु महिलाहरुले विशेषतः मन्दिर भित्र रहेको शिवलिङमा जल र गाईको दूध चढाएर पूजापाठ गर्ने गरेका छन्।
वर्षाको कामनाका लागि शनिवार गाउँका २ सय ४० बढी महिलाहरुसंग मन्दिरमा पुगेकी बुद्धुभमी नगरपालिका– २ बक्डरीया गाउँकी सुजना थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताईन।
‘जेठ बित्दा समेत पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौ,’ उनले भनिन ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ।’यस्तै २० किलोमिटर यात्रा तय गएर शनिवार मन्दिर पुगेकी बाणगंगा नगरपालिका– ३ गंगालीया गाउँकी मुरिया थारुले आफुहरुको पुकार सुनेर भगवान् शंकरले पानी पार्ने विश्वास व्यक्त गरिन।