डेढ करोड रुपैयाँ बढीको भन्सार छलीको कपडासहित हेटौंडाबाट दुईजना पक्राउ परेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट भन्सार छलीको कपडासहित २ जना पक्राउ परेका हुन्।
सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर ०६ जी ई ५०५३ नम्बरको ट्रकबाट भन्सार छलीको कपडा फेला परेको हो।
पक्राउ पर्नेमा ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ वर्षका रन्जौद सिंह र सहचालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ वर्षका सुधिरकुमार सहनी रहेका छन्। ट्रकबाट भन्सार छलेर ल्याएको ९० बोरा कपडा सहित दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार ट्रकमा चारैतिरबाट प्याजको बोराले छोपेर बिच भागमा कपडा लुकाएर ल्याइएको थियो। प्रहरीले विशेष सूचनाको आधारमा शुक्रबार साँझ करिब ८ बजे उक्त कपडा नियन्त्रणमा लिएको भएपनि आइतबार बिहान मात्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
‘बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले रातोमाटे चेकपोष्टबाट ट्रकलाई नियन्त्रणमा लिएका हौं’, प्रवक्ता कार्कीले भने, ‘ट्रकको पछाडीको भागमा चारैतिरबाट १६८ बोरा प्याजको बोराले छोपेर ल्याएको अवस्थाको भन्सार छलीको कपडा बरामद गरेका हौं।’ प्रहरीका अनुसार ट्रकमा ल्याएको उक्त १६८ बोरा प्याजको प्रतिकिलो ५० का दरले भन्सार काटिएको छ। नियन्त्रणमा लिएको कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपैयाँ रहेको प्रवक्ता कार्कीले बताए।
ट्रकमा एक करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको पाईन्टको कपडा, ३ लाख बराबरको सुटको कपडा, १६ लाख ७६ हजार २५० बराबरको सर्टको कपडा, एकलाख ३ हजार बराबरको सेरवानी कुर्थाको कपडा र ५ लाख २५ हजार ४४७ रुपैयाँ बराबरको कोरा कपडा रहेको कार्कीले जानकारी दिए। उनका अनुसार ट्रकमा रहेको ८४ क्वीन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ रहेको छ। ट्रक, कपडा र मानिसलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। थप अनुसन्धान एवम् कारबाहीका लागि ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ।