पर्सा प्रहरीले उन्नाइस लाख भन्दा बढीको मोबाइल तथा घडीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
विभिन्न ब्राण्डका मोबाइल तथा घडीहरू भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा चोरी पैठारी गरी भन्डारण गरि राखिएकोे विशेष सूचनाको आधारमा शनिबार प्रहरीको टोलीले एक जना भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने वर्ष ३३ को मनोज कुमार पक्राउ गरेको हो।
पक्राउ परेका युवकले वीरगञ्ज महानगरपालिका वडा नं.३२ वदन नगरमा कोठा भाडामा लिएर चोरीका मोबाइल तथा घडी भण्डारण गरेर राखेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।
प्रवक्ता गिरीले पक्राउ परेका युवकको कोठाबाट एपल मोबाईल थान–२, रेडमी ७ थान, ओप्पो ९ थान भिभो १० थान, वन प्लस २, सामसंग १३ थान, रिअल मि २ थान, टेक्नो १० थान, टेक्नो पोभा १ थान, आइटेल १ थान, टेक्नो क्यामन १ थान, पोको १ थान गरी जम्मा–५९ थान मोबाईल र टाइटन घडी–११४ पिस, सोनाटा घडी–५ पिस, हाइल फिगंर १२ पिस, फास्ट ट्रयाक ५४ वटा गरी जम्मा–१ सय ८५ पिस घडी रहेको बताए।
पक्राउ परेका घडी तथा मोबाइलहरू सहित ति युवकलाइ आवश्यक कारवाहीका लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता गिरीले बताए।