बुटवल उपमहानगरपालिकाले नगरमा निर्माण भएको पशु वधशाला संचालनका लागि टेण्डर आब्हान गरेको छ।
बुटवल वडा नं.१० रामनगरमा निर्माण भएको वधशाला संचालनकालागि उपमहानगरले आज (आइतबार) टेण्डर खुलाएको हो। तीस दिनको समय राखेर टेण्डर आव्हान गरएिको छ।
दुई विघा तीन कठ्ठा क्षेत्रफलमा बनेको वधशाला संचालनका लागि तीन बर्ष अघि सम्झौता गरीएको थियो। तर त्यतीबेला विधि र प्रक्रिया पुरा नगरी सम्झौता गरेको पाइएपछि नगरपालिकाले पुनः टेण्डर आब्हान गरेको नगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए।
आगामी आर्थिक बर्षदेखि वधशाला संचालन गर्ने गरी सबै प्रक्रिया पुरा गरी टेण्डर आब्हान गरीएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाइ स्वस्थ मासु उत्पादन र बिक्रि गर्ने शहरको रुपमा स्थापित गर्न पशु वधशाला संचालन गरीने बताए। वधशाला संचालनकालागि नगरसभाबाट पशु वधशाला संचालन र व्यवस्थापन विधेयक २०७९ पारित भइसकेको नगरप्रमुख पाण्डेले जानकारी दिए। जसमा पशु वधशाला संचालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने,बिक्रि केन्द्रसम्म ओसार पसार गर्दा पनि मापदण्ड पुरा भएका साधनको प्रयोग गर्नु पर्ने,मासु बिक्रि गर्न इजाजत पत्र लिनु पर्ने,जस्ता व्यवस्था गरीएको उनले बताए।
करिब २२ करोड लगानीमा निर्माण भएको यो पशुवधशाला दैनिक एक हजार खसीबोका वध गर्न सक्ने क्षमताको छ। वधशाला क्षेत्रमा बाख्राको चरन,होल्डिङ सेन्टर,पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष,वधशालामा खटिनेहरुका लागि प्राथमिक उपचार कक्ष,सुरक्षा कक्ष,फोहोर प्रशोधन केन्द्र,हरियाली उद्यान बगैंचा निर्माण गरीएको छ। वधशालाबाट निस्कने फोहोरलाई प्रशोधन गरेर बायोग्यास निकालिने छ। त्यहाँबाट निस्कने फोहोर पानीलाइ पनि प्रशोधन गरी पुनः प्रयोग गर्न मिल्ने गरी उपयोग गरीने बताइएको छ।