रौतहट प्रहरीले कटुवा पेस्तोलसहित सर्लाहीका दुई जनालाई नियन्त्रणमा लिएको छ।
वीरगंजबाट मलंगवातिर गइरहेका दुई जनालाई प्रहरीले रौतहटको मौलापुरबाट हतियारसहित नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले मौलापुर नगरपालिका ५ स्थित आइटी चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुसमेतलाई चेकजाँच गर्ने क्रममा हतियारसहित दुई जनालाई नियन्त्रण लिएको हो।
चेकजाँच गर्ने क्रममा वीरगंजबाट पूर्व मलंगवा तर्फ जाँदै गरेको युपि ५७ एफ ३२३८ नम्बरको खरानी रंगको हिरो होन्डा स्पलेन्डर मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल एक थान र एक राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ।
हात-हतियारसहित फेला परेका दुवै जना मलंगवाकै रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका-७ का ४५ वर्षीय मोटरसाइकल चालक उमेश राय र सोही मोटरसाइकलमा सवार मलंगवा-२ कै ६५ वर्षीय मोहन रायलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको छ।
अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।