चौतारा नगरले किन्छ किसानका तरकारी
०६ असार २०८०
•
३ मिनेट पाठ
चौतारा नगरले किन्छ किसानका तरकारी
चौतारा बजारमा सञ्चालनमा आएको तरकारी संकलन तथा चिस्यान केन्द्र। किसानका उत्पादन किनेर नगरले यही केन्द्रमार्फत बेचबिखन गर्न थालेको छ। तस्बिर: ध्रुव/नागरिक
तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले उत्पादन बेच्न बजारका घर–पसल धाउनु नपर्ने भएको छ। नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो।




कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले खेतीमा किसानलाई आकर्षित गर्न उनीहरुका उत्पादन आफैँ खरिद गर्न थालेको हो। सदरमुकाम चौताराको मुख्य बजारमा तरकारी संकलन तथा चिस्यान केन्द्र सञ्चालनमा ल्याएर नगरले दुई सातादेखि किसानका उत्पादन खरिद गरिरहेको छ।

संकलित तरकारी यही केन्द्रबाट बिक्री हुने गरेको छ। बजारमा खपत हुन नसकेको तरकारी राजधानी लगेर बेच्ने व्यवस्था नगरपालिकाले मिलाएको छ। बजार खोज्नु पर्ने बाध्यता हटेपछि स्थानीय किसान उत्साहित भएका छन्। यसअघि तरकारी बोकेर बजारका घर–पसल धाउनु पर्ने बाध्यता थियो। त्यति गर्दा पनि सबै तरकारी बिक्री नहुँदा सस्तोमा छोड्नु पर्ने या घरमै फर्काउनु पर्ने अवस्था थियो।

नगर प्रमुख कृष्णप्रसाद सापकोटा कृषिलाई व्यावसायिक बनाउन किसानमा ऊर्जा भर्ने उद्देश्यले उनीहरुको उत्पादनको बजारीकरणको जिम्मेवारी नगरपालिकाले लिएको बताउँछन्।

‘कृषिलाई व्यावसायिकतासँग जोड्न सके मात्र नगरवासीको जीवन उत्थान हुन्छ भन्ने मान्यता नगरले लिएको छ,’ उनले भने। तरकारीमा नगरपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रमुख सापकोटा बताउँछन्।
नगरले किसानका तरकारीजन्य सबै उत्पादन खरिद गरिरहेको छ। अहिले नगरको केन्द्रमा गोलभेँडा, साग, सिमी, काँक्रो, फर्सी, खुर्सानी, करेला, घिरौँला लगायत मौसमी उत्पादन संकलन भइरहेको छ। किसानसँग खरिद गरेको तरकारीको भुक्तानी हरेक १५ दिनमा दिने व्यवस्था नगरले गरेको छ। नगरले किसानको बैँक खातामा सिधै रकम जम्मा गरेर भुक्तानी गर्दै आएको छ। बजारमा चलेको भाउ किसानले पाउने नगरले जनाएको छ।

तरकारी बिक्रीको लागि नगरको संकलन केन्द्रमा आउने किसानको संख्या दिनदिनै बढिरहेको केन्द्र सञ्चालनको जिम्मेवारी पाएका कृष्णबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सिजन भएकाले अहिले धेरै मात्रामा संकलन भइरहेको छ।

‘दिनमै २ सय केजीसम्म गोलभेँडा संकलन हुन्छ। यहाँ खपत हुन नसकेको गोलभेँडा कालीमाटी लगेर बेच्छौँ,’ उनले भने।
अन्यत्र बजार नपाएर किसानले गोलभेँडा फालिरहँदा यहाँका किसानले भने सहजै बजार र मूल्य पाइरहेका छन्। ४० केजीबाट सञ्चालनमा आएको केन्द्रमा अहिले गोलभेँडाबाहेक अन्य तरकारी नै दैनिक १ सय किलोसम्म संकलन भइरहेको छ। नगरको चौतारा गैह्रीगाउँ, कुविण्डे, कल्लेरी, डडुवा लगायत क्षेत्र मौसमी÷बेमौसमी तरकारी उत्पादनको लागि चर्चित छन्।

कुविण्डेको आलु र दूध यहाँको ब्राण्ड नाम हो। त्यस्तै काउली, गोलभेँडा, मुला, साग, खुर्सानी लगायत उत्पादनमा नगर अग्रणी छ। नगरको मौसमी लेकाली निउरो र डल्ले मुलाको स्वाद सेना, प्रहरी, कर्मचारी र उनीहरुको परिवारको जिब्रोमा झुण्डिएको छ। नगरपालिकाले किसानका उत्पादन खरिद गर्न थालेपछि तरकारीको व्यावसायिक खेती बढ्नेमा नगर ढुक्क छ।

नगर प्रमुख सापकोटा आफैँमा किसान हुन्। कुविण्डेका उनी विगतमा उनी आलु खेती गर्थे। २०७९ को स्थानीय निर्वाचनमार्फत उनी नगरपालिकाको नेतृत्वमा आएपछि नगरले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउँदै आएको छ। दोस्रो कार्यकालमा कृषि क्षेत्रको बजेट अझै बढाउने तयारीमा प्रमुख सापकोटा जुटेका छन्।

नगरले कृषि उत्पादनमा कृषकलाई उत्साही बनाउँदै संकलन केन्द्र थप व्यवस्थित बनाउन चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा चिस्यान केन्द्र निर्माण गरिरहेको छ। 

नगरको २ करोड र संघीय सरकारको ५० लाख अनुदानमा निर्माण भइरहेको यो केन्द्रलाई नगरले आफ्नो गौरवको आयोजनाको रुपमा लिएको छ। चिस्यान केन्द्र आगामी माघसम्म सम्पन्न भएर सञ्चालनमा आउने नगरले जनाएको छ। छिट्टै नै नगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेको प्रमुख सापकोटाले जानकारी दिए।
अर्को समाचार
दुर्घटनामा दुईको मृत्यु
३० भदौ २०८०
•
१ मिनेट पाठ
दुर्घटनामा दुईको मृत्यु
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।




अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना८ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए।

ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस