उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोक लगाएको शैक्षिक मेलामा हस्तक्षेप नगर्न महानगरलाई बुधबार अन्तरिम आदेश दिएको छ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरू भएको शैक्षिक मेला बन्द नगर्न आदेश जारी गरेको हो।
गत जेठ ३२ गते काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्देशनमा सहमतिविपरीत माध्यामिक शिक्षा परीक्षा (एसईई) र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै बन्द गराइएको थियो।
सभामुख देवराज घिमिरेले उद्घाटन गरेको दिन नै महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गराएको थियो।