मुख्य भन्सार नाकाहरुमा घरायसी किनमेलकालागि भारतीय बजार पुग्ने सर्वसाधारणबाट एक सयको सामानमा राजश्व असुलिरहँदा रुपन्देहीका सहायक नाकाहरुबाट चोरी/तस्करी बढेको छ।
गत जेठ २२ गते झण्डै ७ लाख मूल्य बराबरको अवैध टायल प्रहरीले लुम्बिनी क्षेत्रबाट बरामद गर्यो। उक्त सामान बोकेको लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडी नाका क्षेत्रका सबै सुरक्षा पार गरेर लुम्बिनी नजिकै आइपुग्दा प्रहरीको नजरमा परेको हो।
सोही दिन साढे ४ लाख मूल्य बराबरको अवैध टायल प्रहरीले भैरहवाको बजार क्षेत्र आवारोडबाट बरामद गर्यो। उक्त सामान भैरहवाकै एक जना व्यापारीको भएको श्रोतको दाबी छ। यो घटनामा भरियाको रुपमा प्रयोग भएको लु १ ह २६४३ नम्बरको अटो रिक्सा र चालकलाई पक्राउ गरिएको छ।
जेठ २३ गते भारतबाट भन्सार छली ल्याइएका ८ लाख ३० हजार बढी मूल्यका ३७ थान मोबाइल बुटवलको राजमार्ग चौराहबाट बेवारिसे बरामद गरियो। रेडमी, सामसुङ, ओपो, भिभो, नोकिया लगायत ९ वटा कम्पनीका ३७ थान मोबाइल भैरहवाबाट काठमाण्डौंकालागि छुटेको बसबाट प्रहरीले बरामद गरेको थियो।
नाकामा सर्वसाधारणलाई एक सय बढी मूल्यका सामानमा भन्सार तिराइरहँदा लाखौं मूल्यका अवैध मोबाइल तस्करले सजिलै बोर्डर कटाएर बुटवल ल्याएपछि बल्ल प्रहरीले समातेको हो। बरामद सामान (मोबाइल) भन्सार चलान गरेपछि मुद्दा सामसुम पारियो। न प्रहरीले तस्कर पत्ता लगाउने कोसिस गर्यो न भन्सारले मुद्दा अगाडी बढायो। अहिले यी दुवै निकाय एकले अर्कोलाई औला तेर्स्याएर पन्छिने प्रयास गर्छन्।
गाडीमा सामान राखिदिने व्यक्तिले सामान लिन आउने व्यक्तिको भनेर दिएको मोबाइल नम्बर गाडीवालाले प्रहरीलाई त्यतीबेलै उपलब्ध गराएका थिए। तर उक्त नम्बरमा सम्पर्क गर्ने प्रयास गरिए पनि पत्ता नलागेको सामान बरामदका क्रममा खटिएका इलाका प्रहरी कार्यालय रामनगर बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बरामद सामान भन्सार चलान गरेपछि अनुसन्धानको अधिकार भन्सारलाई नै रहेको बताए। भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले भने सम्बन्धित निकायले त्यसबारे आफूहरूलाई कुनै जानकारी नगराएको बताए
जेठ २५ गते लुम्बिनीको खुनगाइबाट ४ लाख ३२ हजार मूल्यको अवैध मल बरामद गरियो।
अवैध मल भैरहवा, बुटवल पठाउने तयारी हुँदै गर्दा लेनदेनमा कुरा नमिलेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयको आरोप छ। जेठ पहिलो साता ४ लाख ४० हजारको बेवारिसे चिनी धकधहीबाट बरामद गरियो। जेठ ४ गते साढे २ लाख मूल्यका अवैध चल्ला बरामद गरी प्रहरीले नष्ट गर्यो। केही महिना अघि बुटवलको एक घरमा स्टोर गरिएको लाखौंका अवैध सामान बेवारिसे बरामद भए।
यी प्रतिनिधि घटना हुन। मुख्य नाका बेलहियामादिनभर घरायसी सामान किन्न जाने सर्वसाधारणको झोला खानतलासी गरी पनि वेलहिया आसपास तथा सहायक नाकाबाट रात साँझको समय लाखौंको तस्करी भइरहेको छ।
बेरोजगार युवा, महिला तथा बालबालिकालाई पटके तस्करीमा लगाएर अवैध सामान भैरहवा, बुटवल, नवलपरासी, चितवन, पाल्पा, गुल्मी सम्म सप्लाइ गर्ने क्रम विगत देखि चलिरहेको छ।
भन्सार, सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु भने अवैध सामान बरामदीको तथ्याङ्क देखाएर तस्करी नियन्त्रण भएको दलिल पेस गर्छन्। तर सीमा क्षेत्र तथा मुख्य राजमार्गका सबै सुरक्षा संयन्त्र पार गरेर तस्करीका केही सामानहरु भैरहवा, बुटवल, पाल्पा, नवपरासी, चितवन पुगेपछि बल्ल समातिएका छन्। त्यसरी बरामद भएका सामान पनि अधिकांश बेवारिसे फेला पारिन्छ र तस्करीमा संलग्नलाई सजिलै उम्काइन्छ।
चालु आर्थिक वर्षको ११ महिनामा १८ करोड ४१ लाख बढीका अवैध सामान बरामद भएको भैरहवा भन्सारले जनाएको छ। सबैभन्दा धेरै भन्सारले ७ करोड ५४ लाख ८६ हजार मूल्य बराबरको, नेपाल प्रहरीले ६ करोड ४० लाख २९ हजार मूल्य बराबरको र सशस्त्रले ४ करोड ४५ लाख ८८ हजार मूल्य बराबरको तस्करीका सामान समातेका छन्।
यी मध्ये ८८ प्रतिशत सामान बेवारिसे समातिएका हुन। भन्सारको तथ्याङ्क अनुसार जेठ मसान्त सम्म चोरी पैठारीका ६७७ मुद्दा छन्। ती मध्ये ८० वटा घटनामा मात्रै सामान वारिसे अर्थात् सामानसँगै व्यक्ति पनि पक्राउ परेका छन्। ५९७ घटनामा सामान बेवारिसे फेला पारिएका हुन। सम्बन्धित निकायका प्रमुखहरू तस्करीका सामान धेरै समातेर चोरी पैठारी नियन्त्रण गरेको दाबी गर्छन्।
भन्सार प्रमुख पौडेलले आफूहरूले चोरी पैठारी नियन्त्रणका क्रममा अधिकांश सामान वारिसे बरामद गरी तस्करलाई कारबाहीको दायरामा ल्याएको दाबी गरे। तर भन्सारकै तथ्याङ्कले उनको भनाइलाई पुष्टि गर्दैन।
११ महिनामा भन्सारले १२७ वटा चोरी पैठारीका मुद्दा दर्ता गरेकोमा जम्मा २६ वटा मुद्दामा वारीसे सामान बरामद गरेको थियो। बाँकी १०१ केशमा सामान बेवारिसे समातेको थियो। हुन त तस्करीमा संलग्नलाई नै पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएका एक/आध घटना पनि छन्। तर ती न्यून छन्।
सीमा सुरक्षा सँगै चोरी पैठारी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रले त सितिमिति वारीसे सामान भेट्दैन। सशस्त्रले ११ महिनामा २७४ पटक अवैध सामान बरामद गर्दा जम्मा ६ वटामा वारीसे सामान बरामद गरेको थियो। उसले २६८ वटा केशमा सामान बेवारिसे फेला पार्यो। नेपाल प्रहरीले चोरी पैठारीका कुल २७६ मुद्दा मध्ये २२८ वटा बेवारिसे र ४८ वटा केशमा वारीसे समान बरामद गरेको तथ्याङ्क भन्सारसँग छ। यी घटनालाई केलाउने हो भने व्यक्ति सहित सामान बरामद गरिएको भनिएका केशमा पनि अधिकांशमा गाडी चालक तथा भरिया पक्राउ परेका छन्।
यी घटनाले चोरी पैठारी नियन्त्रणमा सम्बन्धित निकायको लापरबाही सँगै सुरक्षा संयन्त्र, भन्सार कर्मचारी तथा तस्कर बिच मिलेमतोको आशङ्का गर्ने ठाउँ प्रशस्त दिएको अनुसन्धानकै एक जना अधिकारीले बताए। तस्करीको जालोलाई नतोडे सम्म राजश्व चुहावटको समस्या समाधान नहुने ती अधिकारीको ठहर छ। तस्करलाई नाकामै रोक्नु पर्नेमा उनको जोड छ।
भन्सार तथा सुरक्षा कर्मचारीको मिलेमतो विना लाखौंका सामान बोर्डर कटाउन सम्भव नरहेको बताउँछन् बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल। एक/आध घटनामा सामान बोकेका गाडीका चालक, सहयोगी तथा भरियालाई पक्राउ गरेर मुद्दा लगाउने र दुई चार महिना जेल हालेजस्तो गरेर घटना सामसुम पार्ने प्रवृत्तिकै कारण तस्करी नरोकिएको व्यवसायी हमालको ठहर छ।
त्यसो त तस्करीको जालो माथि सम्मै रहेको, राजनीतिक दल तथा नेता र कर्मचारीतन्त्रमा समेत तीनको पहुँच र पकड बलियो भएकाले तस्करीका घटनाको सूक्ष्म अनुसन्धान हुन नसकेको श्रोतको दाबी छ।
सम्बन्धित निकायहरु बिचको आपसी समन्वयमा जोखिम क्षेत्र पहिचान गरी तस्करी नियन्त्रणका उपायहरु अपनाउने, उद्योगी व्यापारीहरुले पनि अवैध सामान खरिद नगरिदिने हो भने तस्करी नियन्त्रण सम्भव रहेको जानकारहरू बताउँछन्।
खुल्ला सीमाका कारण चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको भैरहवा भन्सार प्रमुख पौडेल बताए। ‘सीमित जनशक्तिका बाबजुद जोखिम क्षेत्र पहिचान गरेर गस्ती गरिरहेका छौं। सशस्त्र प्रहरी, नेपाल प्रहरीसँगको समन्वयमा तस्करी नियन्त्रणकालागि अभियान चलाएका छौं’ पौडेलले भने।

‘ती मोबाइल हामीकहाँ बेवारिसे भनेर पठाइयो। सम्बन्धित निकायले मोबाइल नम्बरबारे जानकारी गराएको भए तत्कालै अनुसन्धान थाल्थौं’ प्रमुख भन्सार अधिकृत पौडेलले भने।गत जेठ ३२ गते प्रहरीले ७ लाख ६८ हजार मूल्यको अवैध टायल रोहीणीबाट बरामद गर्यो। सामानसँगै लु १ च ९५१८ नम्बरका गाडी चालक रुपन्देहीकै ओमसतियाका कुलदिप हरिजनलाई नियन्त्रणमा लिएको छ। जेठ ३१ गते प्रहरीले धकधही क्षेत्रबाट साढे ७ लाख मूल्यका अवैध सामान तथा रासायनिक मल सहित एक जना भरियालाई नियन्त्रणमा लिएर भन्सार चलान गरिदियो।