रौतहट प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १० का १९ वर्षीय अर्जुन साह कानु रहेका छन्।
गत असार ३ गते रौतहटको चन्द्रपुर नगरपालिका ९ डुमरिया बजारबाट चोरी भएको ना ४५ प ७५५१ नम्बरको सिबि साइन एसपी कम्पनीको मोटरसाइकललाई सोही दिन प्रहरीले अबेर रात फतुवा विजयपुर नगरपालिका ११ शहिद बजार चोकबाट बरामद गरेको थियो।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका अर्जुनलाई रौतहट जिल्ला अदालत गौरमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी उमशंकर प्रसाद यादवले जानकारी गराएका छन्।